वि.सं. २०७२ को भूकम्पले नेपालका धेरै क्षेत्रमा त्यसबेलासम्म भएको आर्थिक विकासलाई धराशायी गरिदियो । त्यसैलाई मध्यनजर गर्दै हामीले भविष्यका प्रकोपका प्रभावबाट उभ्रिने मानिसहरूको क्षमतालाई सुदृढ पार्नुमा हाम्रा प्रयासहरू केन्द्रित गरेका छौं। हामीले व्यक्ति, परिवार र समुदायहरूलाई भविष्यमा आइपर्न सक्ने उस्तै परिस्थितिहरूको आँकलनको क्षमता विकास गर्न र तयारी गर्न मद्दत गरिरहेका छौं । हामी स्थानीयहरूलाई आफ्ना आजीविका सुरक्षित गर्न र पूर्वाधारहरूको पुनर्निर्माण गर्न यथाशक्य सहयोग गरिरहेका छौं ताकि भविष्यमा आउन सक्ने प्राकृतिक प्रकोपका लागि उनीहरू थप तयार रहन सकुन् ।
यस बाहेक उनीहरूको प्रकोपहरूबाट उभ्रिने र बाह्य आकस्मिकताहरूको सामना गर्ने क्षमतालाई सुदृढ पार्दै परियोजनाहरूको माध्यमबाट सबैभन्दा कमजोर र पिछडिएका समुदायलाई समर्थन गर्ने कुरामा पिनले ध्यान केन्द्रित गरेको छ । हाम्रा साझेदारहरूसँग मिलेर हामीले गोरेटा बाटाहरू र झुलुंगे पुलहरू निर्माण गरेका छौं l साथै हामीले भूकम्प प्रतिरोधात्मक आश्रयहरूको र्निर्माण गर्न र पहिरोको जोखिममा रहेका परिवारहरूको स्वैच्छिक पुनर्वासमा सहयोग गरेका छौं।
विगतका सहायता कार्यक्रमहरू

दिगो समाधान
लाभग्राहीहरूलाई सम्बन्धित नीतिहरूको बारेमा पर्याप्त जानकारी गराइने, परिवारहरूसँग सरकारले तयारगरेका समाधानहरूमा पहुँच सुनिश्चित गर्न आवश्यक कागजातहरू दिलाइने, र स्थानान्तरण कार्यक्रममा नामांकित् हुन र ग्रामीण आवास पुनर्निर्माण अनुदानको लागि आवेदन दिन सहयोग दिलाइने कुरा कन्सोर्टियमले सुनिश्चित गर्नेछ । यो कामको व्यवस्थापन सुरक्षित डाटा व्यवस्थापन प्रणालीमार्फत्गरिनेछ । यसका साथै, स्थानान्तरणन पछि प्रभावितहरूको जीवन सहज बनाउनको लागि हामी विस्थापित र पुनर्स्थापित परिवारहरूको प्रकोपबाट उभ्रिने क्षमता बढाउन प्रयत्नरत रहनेछौं । यो ‘उनकोसुरक्षा’ प्रशिक्षणको माध्यमबाट गरिनेछ, जसले महिलाहरूलाई आफ्ना सुरक्षासम्बन्धित आवश्यकताहरूको सम्बोधन गर्न सहयोग गर्नेछ । यसअन्तर्गत (ज्यादातर महिला सदस्य भएका) सुरक्षा समितिको गठन र यौन र प्रजनन् स्वास्थ्य, लैंगिक र यौन हिंसा, सुरक्षित वैदेशिक रोजगारी,वित्तीय व्यवस्थापन, मनोवैज्ञानिक स्वास्थ्य र सशर्त नगद अनुदानका लागि प्रशिक्षण पर्दछन् ।

हाम्रो घर
पिन र यसका कन्सोर्टियम साझेदारहरूले एउटा समुदायबाट सञ्चालित पुनर्निर्माण कार्यक्रमको प्रस्ताव राखेका छन् जसले सामाजिक तथा प्राविधिक सहायता प्रदान गरी पुनर्निर्माणमा देखिएका पारिवारिक र सामुदायिक स्तरका अवरोधहरूलाई सम्बोधन र न्यूनीकरण गर्नेछ । कार्यक्रमअन्तर्गत दिइने सहयोग निम्न प्रकार हुनेछन् – ईन्जिनियर, निर्माणकर्ता र प्रशिक्षकहरूबाट प्राविधिक परामर्श र रोजगारीमुलक तालिम; कुशल डकर्मी र सिकर्मीहरूको व्यवस्था; दुर्गम क्षेत्रहरूमा निर्माण उपकरण तथा सामग्री र यातायात लागत अनुदान; समुदाय पुनर्निर्माण समुहहरूको माध्यमबाट श्रम आदानप्रदानको सुविधा । पुनर्निर्माणको प्रगति र जनताका आवश्यकता आधारमा लक्षित स्थानहरूको चयन गरिनेछ र राष्ट्रियपुनर्निर्माण प्राधिकरणका निर्देशिकाहरू बमोजिम जोखिमयुक्त परिवारहरूलाई प्राथमिकता दिइनेछ।

भूकम्पबाट विस्थापित भएका घर धुरिका लागि सहयोग
परियोजनाबाट १,५०० व्यक्तिहरू लाभान्वित भए । ती व्यक्तिहरूले कार्यक्रम निर्माणका लागि नगद, प्राविधिक प्रशिक्षण तथा सुक्ष्म नगद अनुदान, र आजीविका पुनरुत्थानका लागि जिन्सी वा जाडोयामको तयारीको लागि सहयोग प्राप्त गरे । विशेषगरी महिलाहरू प्रत्यक्ष लाभान्वित भए। आजीविका पुनरुत्थान सहयोग (नगद अनुदान) पाउनेहरू सबैभन्दा अप्ठ्यारोमा परेका परिवारहरू(विशेषगरी आइडीपी शिविरमा बसेकाहरू र फर्केर आएकाहरू) थिए ।

उन्नत गोरेटो
परियोजनाले दुर्गम हिमाली गाउँहरूका जोखिमपूर्ण इलाकाहरूमा १२५ किलोमिटर भन्दा बढी गोरेटो बाटोहरू, ९वटा फुटब्रिजहरू (पैदल यात्रीका लागि पुल), १५वटा विश्रामस्थालहरू र कम्तिमा ८०० मिटर ह्यान्डरेल पुनःनिर्माण गर्यो जसअन्तर्गत २,००० भन्दा बढी स्थानीयहरूले रोजगारी पाए । स्थानीय समुदायले रोजगारी मार्फत £१० लाख (युके पाउण्ड) भन्दा बढी रकम आर्जन गरे । यस परियोजनाले स्थानीय बासिन्दाहरूलाई अस्थायी रोजगारी प्रदान गर्यो, उनीहरूको स्थानीय अर्थव्यवस्थालाई पुनर्जीवित गर्न मद्दत गर्यो र सम्पूर्ण क्षेत्रको पहुँचमा सुधार ल्यायो। स्थानीयहरू आफ्ना घरको पुनर्निर्माण, जीविकोपार्जन र बालबालिकाको शिक्षामा लगानी गर्न सक्षम भए ।

दीगो समाधानहरूको समर्थन
पिनको सुरक्षा रिमले यौन र प्रजनन स्वास्थ्य, लैंगिक र यौन हिंसा, सुरक्षित वैदेशिक रोजगार, वित्तीय व्यवस्थापन र भावनात्मक सुस्वास्थ्यसम्बन्धी तालिम सञ्चालन गर्यो । तालिमको एक हिस्साको रूपमा समितिले विशेषगरी महिलाहरूसम्बन्धित सुरक्षालाई मध्यनजर गर्दै उनीहरूको समुदायमा रहेका जोखिमहरूको मापन गर्यो । जोखिमहरूको पहिचान भएपछि समितिहरूलाई तिनको समाधानको कार्यान्वयन गर्न साना नगद अनुदानहरू दिइयो ।

चेक रेडियो राहत तथा पुनर्निर्माण कार्यक्रम
चेक रेडियो फाउन्डेशनको आर्थिक सहयोगमा बरुवा गाउँमा नयाँ विद्यालय निर्माण भइरहेको छ। यस गाउँका सबै पाँच विद्यालयहरू भूकम्पमा नष्ट भएका थिए र ती अहिले अस्थायी शिक्षा केन्द्रहरू (टेम्पोरेरी लर्निंग सेन्टर्स/टीएलसी) अन्तर्गत चलिरहेका छन् । यसले समुदायका बालबालिकाले पाउने शिक्षाको गुणस्तरमा नराम्रो प्रभाव पारेको छ । अधिकतर विद्यार्थी पुग्न कठिन ठाउँका अन्य विद्यालयहरूमा जाने गरेका छन् । निर्माणाधीन गणेश बेसिक स्कूलले यस अन्तरलाई कम गर्न मद्दत गर्नेछ । विद्यालयको भवन निर्माणका लागि स्थानीय व्यक्तिहरू परिचालन गरिएको छ । भवन भूकम्प प्रतिरोधी हुनेछ र साथै विद्यालयलाई पर्याप्त कक्षाकोठा र फर्नीचर - डेस्क, बेन्च, काला/सेता बोर्ड, अफिस फर्नीचर र कुर्सीहरू - प्रदान गरिनेछ ।
पिनले प्रत्यक्ष रूपमा स्थानीय सरकारहरू र सामुदायिक समूहहरूसँग पुनर्निर्माणसम्बन्धित कार्यहरू गर्दछ; साथै उनीहरूलाई परेको बेला आवश्यक प्रशिक्षण र प्राविधिक सहयोग प्रदान गर्दछ । यसबाहेक पिनले समुदायहरूलाई प्रकोप जोखिम न्यूनीकरणका लागि प्रशिक्षण दिने गर्दछ र प्राविधिक परामर्श प्रदान गर्दछ । पिनले कृषि, पशुपालन, गलैंचा उत्पादन, र धातुका काम जस्ता विभिन्न पेशाहरू फस्टाएको हेर्न चाहन्छ । साथै यी पेशाहरूलाई चाहिने महत्वपूर्ण उपकरण र मेशिनहरू प्रतिस्थापित गरेर कार्यक्षमतामा सुधार र आवश्यक परेमा थप प्रशिक्षण दिने उद्देश्य राख्दछ ।

प्रतिबद्घ – पहिरोको जोखिम घटाउन, बस्ती सुरक्षित गराउन
पहिलोः परियोजनाले स्थानीय तह र प्रकोप व्यवस्थापनसँग सम्बन्धित पक्षहरुलाई पहिरोकोे प्रकोप र जोखिम नक्सांकन गर्न नयाँ उपायहरुको उपयोग गर्दै क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्नका साथै स्थानीय उपभोतmा समितिहरु, निजी ठेकेदारहरु, इन्जिनियरहरु र सम्बन्धित सरोकारवालाहरुलाई चेतना अभिबृद्घि अभियानहरु र विभिन्न कार्यशालाहरुमा समावेश गराई पहिरोको प्रकोप र जोखिम सम्बन्धी ज्ञान÷बुझाई बढाउने छ ।
दोस्रोः परियोजनाले जोखिममा परेका समुदायहरुलाई 3D भौगोलिक नक्साको प्रयोग तथा 3D नमूना पहिरोको प्रदर्शन जस्ता नयाँ प्रविधिमूलक कार्यक्रम मार्फत भौतिक प्रकोपको पहिचान गर्न तथा सुदृढरुपमा भू–उपयोग कसरी गर्ने र पहिरोको जोखिम न्युनीकरण गर्ने उपायहरु सम्बन्धी ज्ञान बढाउदै व्यवहारिक रुपमा जोखिम–सूचित योजनालाई स्थानीय तहको योजनामा समावेश गर्नलाई सहायता गर्नेछ ।
तेस्रोः यस परियोजनाले राष्ट्रिय तहमा पहिरोको प्रभावकारी व्यवस्थापन सम्बन्धी वकालत तथा चेतना अभिवृद्धि गर्नका साथै सोही सम्बन्धी स्थानीय तहसँग सूचना आदन–प्रदान र एक–आपसलाई सहयोग गर्न प्रोत्साहन गर्नेछ । थप रुपमा परियोजनाले पहिरोको व्यवस्थापन सम्बन्धी नयाँ र अनुकरणीय अभ्यासलाई मुख्य विषय बनाउँदै स्थानीय अनुभव, चुनौती र अवसरहरुमा केद्रित रहेर राष्ट्रिय तहमा कार्यक्रम गर्नेछ ।
यी नतिजाहरुको माध्यमबाट परियोजनाले पहिरो व्यवस्थापनको लागि एक नयाँ नमुना तयार गर्नेछ, जुन नेपालका अन्य पहाडी क्षेत्रहरुमा पनि अपनाउन सकिने र किफायती नमुना हुनेछ ।