© Foto: Sajana Shrestha

Increasing our flood relief efforts in Nepal

Our team has distributed food aid to more than 450 people and is assisting local authorities with the operation of emergency accommodation centres.

महिला र पानी: चरम अवस्थाबीचको जीवन
© Foto: Nirmala Limbu, DCA Nepal

महिला र पानी: चरम अवस्थाबीचको जीवन

© Foto: Sajana Shrestha

Our Work in Nepal: Ten Years of Hope

As we mark a decade of solidarity, resilience, and partnership with the people of Nepal, we reflect not only on the projects delivered but also on the lives touched, the trust built, and the commitment sustained.

© Foto: Sajana Shrestha

Forecast-Based Action Saves Lives in Barhabis

For people living in landslide-prone areas, the fear of waking up to disaster is an everyday reality. But what if there was a way to know in advance when danger was approaching?

पिपुल इन नीड (पिन) सन् १९९२ मा चेक गणतन्त्रमा स्थापना भएको एक गैरसरकारी, गैरनाफामुखी अन्तर्राष्ट्रिय संस्था हो, जुन हाल विश्वका २२ देशमा सक्रिय रूपमा कार्यरत छ। पिनले नेपालमा सन् २०१५ अप्रिल २५ मा गएको विनाशकारी भूकम्पपछिको मानवीय सहायता तथा पुनर्लाभ प्रयासको एक हिस्साका रूपमा आफ्नो कार्य प्रारम्भ गरेको हो।

नेपालमा कार्य प्रारम्भ गरेदेखि नै पिनले भौगोलिक रूपमा दुर्गम क्षेत्रमा बसोबास गर्ने समुदाय, ऐतिहासिक रूपमा सीमान्तकृत जातीय समूह, तथा उमेर र/वा लैङ्गिक पहिचानका आधारमा सीमान्तीकरणमा परेका समुदायलगायत जोखिममा रहेका समूहहरूको आवश्यकता सम्बोधन गर्न प्रणालीगत समाधानहरूको विकास, सहजीकरण तथा पैरवीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

हाल पिन नेपालले निम्न तीन प्रमुख रणनीतिक स्तम्भअन्तर्गत कार्यक्रमहरू सञ्चालन गरिरहेको छ:

१. आपतकालीन प्रतिक्रिया र पुनर्लाभ

२. जलवायु उत्थानशीलता

३. नागरिक समाज र समावेशी सुशासन।

यी रणनीतिक लक्ष्यहरू हासिल गर्न पिन नेपालको टोलीले नागरिक समाज, नेपाल सरकार, विभिन्न सञ्जाल, शैक्षिक संस्था, निजी क्षेत्र, सञ्चारमाध्यम तथा अन्य प्रमुख सरोकारवालासँग सहकार्य गर्दै बलियो साझेदारीलाई प्रवर्द्धन गरिरहेको छ।

यिनै साझेदारीमार्फत पिन नेपालले बहु-प्रकोपजन्य विपद् पूर्वतयारी, पूर्वानुमानमा आधारित कार्य (Anticipatory Action), दिगो स्थानीय समाधान, समावेशी शिक्षा, लैङ्गिक हिंसा रोकथाम, समुदायमा आधारित जलवायु उत्थानशीलता, स्थानीय निर्णय प्रक्रियालाई थप समावेशी र प्रभावकारी बनाउन जलवायु उत्थानशीलता मोडेलिङ, सहरी उत्थानशीलता, फोहोरमैला व्यवस्थापन तथा चक्रीय अर्थतन्त्र (Circular Economy) लगायतका क्षेत्रमा नवीन र दिगो दृष्टिकोणहरूको प्रवर्द्धन गर्दै अग्रणी संस्थामध्ये एकका रूपमा कार्य गर्दै आएको छ।

पिन आफ्नो सुरक्षा प्रणाली (Safeguarding Framework) तथा बाल संरक्षण नीति अनुरूप अपाङ्गता भएका व्यक्तिसहित बालबालिका तथा जोखिममा रहेका वयस्कहरूको सुरक्षा र संरक्षणप्रति दृढ प्रतिबद्ध छ। 

People in Need Nepal Coverage (2015-2026) (© Vivek Dumre, Geographic Information System (GIS) Coordinator)


सम्पूर्ण पाठ कम पाठ

हामीले कहाँ सहयोग गर्छौं