झूटा प्रतिज्ञाहरूः प्रत्येक बर्ष १२००० नेपाली केटीहरू यौन कार्यका लागि बेचबिखन हुन्छन्
प्रकाशित २८ जुलाई २०१७ पढ्न लाग्ने समय 3 मिनेट Sdílet: Sdílet článekजब भूकम्पले नेपालको सिन्धुपाल्चोक जिल्लाको दुर्गम गाउँमा बिपना लामाको घरलाई ढक्ढक्यायो, यो केवल उनको मात्र चिन्ताको विषय थिएन । २०१५ को भूकम्पले पहिरो ल्यायो जसले लिधीको सम्पूर्ण गाउँको सुरक्षालाई खतरामा पारेको छ। “यसैले हामी आफ्नो गाउँ छोडेर यस क्षेत्रमा बसोबास गर्न थाल्यौ किनकि हामीलाई यहाँ सुरक्षित महसुस भएको छ," २९-वर्षिय आमाले आफूले विगत दुई बर्ष भन्दा बढी समय आन्तरिक विस्थापित व्यक्तिहरूको शिविरमा बिताएको बताइन् ।

शिविरमा जीवन कठिन छ। अस्थायी आश्रयमा बस्नुको अलावा धेरै परिवारले केही शौचालय सामुहिक प्रयोग गर्नुपर्यो र नुहाउने ठाउँ पनि छैन। लामा भन्छिन् कि यसले शिविरका महिलाहरुलाई असहज महसुस गरायो तर लामा र उनका छिमेकीहरु को लागी अझ ठूलो जोखिमहरु छन्। प्राकृतिक प्रकोपहरू जस्तै भूकम्प र लामो समयसम्म विस्थापनले आर्थिक पक्ष कमजोर बनाउछ जसको कारण मानिसहरुले पेय-लागू पदार्थको प्रयोग, घरेलु हिंसा र मानव बेचबिखनजस्ता नकारकत्मक प्रवृतिहरु अपनाउछन् ।कृषि क्षेत्र र जीविकोपार्जन गुमाउने वा परिवारको कमाउने व्यक्तिको मृत्युले परिवारलाई राजधानी वा विदेशमा रोजगारको जोखिमपूर्ण प्रस्तावहरू स्वीकार गर्न बाध्य पार्ने, तथा “बाल गृह“ मा राम्रो जीवनको झूटा प्रतिज्ञाहरू अक्सर तस्करीका कारण नै हो।
प्राकृतिक आपतकालिन र गरीबी तस्करहरुको लागी एक मौका
नेपालको राष्ट्रिय मानव अधिकार आयोगले हालसालै सार्वजनिक गरेको २०१५/१६ (भूकम्पपछिको वर्ष) लाई समेट्ने व्यत्तिमा तस्करको रिपोर्टमा, उक्त आर्थिक बर्षमा २३,२०० तस्करी पीडित रहेको उल्लेख गरेको छ जसमा २१२ वटा मुद्दा मात्र दर्ता गरिएको थियो। उक्त रिपोर्टले भनेको छ कि यो बेचबिखनले चीनमा जबरजस्ती यौन बेचबिखन, सुरक्षा रक्षकको रूपमा कामका लागि अफगानिस्तान, विवाहका लागि दक्षिण कोरिया र चीन लैजान विभिन्न प्रकारका रूप लिन्छ। रिपोर्ट अनुसार भूकम्पले प्रभावित जिल्लामा बच्चाहरूको हराएका दर्ता संख्या भूकम्प गएको अघिल्लो वर्ष भन्दा ४०.५५ % ले वृद्धि भएको छ।
भूकम्प हुनुभन्दा धेरै अघिदेखि नै नेपालमा मानव तस्करीको समस्या रहि आएको छ। यद्यपि संख्या प्रमाणित गर्न गाह्रो छ, लगभग १२,००० महिला र केटीहरू प्रत्येक वर्ष यौन कामका लागि भारतको सिमाना पारी तस्कर भइरहेको अधिवक्ताहरुको अनुमान छ। सिन्धुपाल्चोक, जिल्ला जहाँ लामा बस्छन् र २०१५ को भूकम्पले नराम्रो असर पारेको क्षेत्र, बर्षौंदेखि तस्करीको केन्द्र बनेको छ। नेपालको अर्थतन्त्र पनि लामो समयदेखि विदेशमा कामदारहरूबाट घर पठाइएको पैसामा निर्भर छ (देशको GDP को ३० % आसपास)। यी विदेशी कामदारहरुले घरेलु अर्थव्यवस्थालाई धानिरहेका छन् तर प्राय जसो शोषणपूर्ण स्थितिमा काम गरिरहेका छन् साथै तलब रोकिने र विभिन्न काममा फस्ने गरेको पाइन्छ । यद्यपि नेपालले कम उमेरका महिलालाई विदेशमा रोजगारीमा जाँदा कतिपय कामहरु जस्तै घरेलु कामदारको रुपमा जान प्रतिबन्ध लगाउन कानून बनाएतापनि उच्च जोखिमका कारण त्यसबाट बच्न बेचबिखनकर्ताहरु कागजातमा उमेर बदल्न र भारतमा खुला सीमामा महिलाहरुलाई ओसारपसार गर्नमा कुशल छन् । भुकम्प पछि गरिबीको चपेटामा परेका परिवारहरु सभ्य पैसा कमाउने अवसरको खोजिमा यस्ता जोखिमपूर्ण निर्णय लिन सक्छन् ।
पहिले सुरक्षा
बिपना लामा उनको शिविरमा रहेको सुरक्षा समितिको एक हिस्सा हुन् जो उनीहरूको समुदाय भित्रका सुरक्षाका सरोकारहरु पहिचान गर्न र प्रतिक्रिया दिनको लागि प्रशिक्षित भइरहेका छन्। पिपल इन निड– उनको सुरक्षा परियोजना मार्फत, लामा र उनको समितिका सदस्य साथीरुले लैंगिक हिंसा, बेचबिखन र सुरक्षित प्रवास जस्ता विषयहरूमा प्रशिक्षण प्राप्त गर्दछन्। तिनीहरूलेनेपालमा प्रासंगिक कानूनहरू र सहायताका लागि अधिकारीहरू वा संलग्न एजेन्सीहरूसँग कसरी सम्पर्क राख्ने भन्ने सिकेकाछन्। अरु तालिमले विस्थापित जनसंख्या का लागि महत्वपूर्ण विषयहरू समावेश गर्दछ, जस्तै भावनात्मक सुस्वास्थ्य, र भूमि अधिकार अधिवक्ता। “यो प्रशिक्षण हाम्रो लागि राम्रो र सहयोगी छ, प्रत्येक चोटि जब तपाई नयाँ शीर्षकहरू लिएर आउनुहुन्छ र हामी नयाँ कुरा सिक्न पाउँदा खुशी छौं,’’ ६५ वर्षियसेलमाया तामाङ्ग भन्छिन्।
बेलायत सहयोग कोषबाट आयोजना गरिएको परियोजनाले नेपालका चार जिल्लाहरुको विस्थापन क्षेत्रहरुमा २८ वटा सुरक्षा समितिलाई सहयोग गर्दछ। समितिले आफ्ना शिविरहरूमा सुरक्षाको सुधार गर्न सानो नगद अनुदान पनि प्राप्त गर्दछन्। लामाले आफ्नो खरिगाँउ सुरक्षा समितिले निर्माण गरेको दुई नयाँ बाथरूमहरू देखाउँछिन् जसले गर्दा शिविरमा रहेका महिलाहरू अब कसैले नदेख्ने गरी नुहाउन सक्छन्। लामा भन्छिन् उनी र अन्य महिलाले पहिले सोचेका थिएनन कि उनीहरूले यो प्रकारको श्रम गर्न सक्छन्, यो कोशिश नगरेको हो। तर जब उनीहरूले नगद अनुदान पाए, तिनीहरूले पैसालाई यथासम्भव प्रभावकारी रूपमा प्रयोग गर्न ढु्ंगाहरु बोके, आफैले तोडे, र पानीको धारा र पानी ट्याङ्रकी पनि निर्माण गरे।
12000 Nepali girls are trafficked for sex work/year. A #UKaid programme is working to change this https://t.co/cn2mMoX0vg #HumanTrafficking pic.twitter.com/E9yNpMaRit
— DFID Nepal (@DFIDNepal) August 1, 2017
"अब मलाई थाहा भयो कि महिलाहरू आफैले कार्यहरू गर्न सक्दछन्, र उनीहरू पुरुषमा भर पर्नु पर्दैन। "
लेखक: डेनियल प्राइस, परियोजना व्यवस्थापकपिपुल इन नीड
फोटोग्राफ: सजना श्रेष्ठ, संचार अधिकृत पिपुल इन नीड