पानीको अभावले परिवार खाली पेट सुतिरहेका छन्, नेपालका सुकमाया बोमजोम भन्छिन् ।
प्रकाशित १९ मार्च २०१८ पढ्न लाग्ने समय 3 मिनेट Sdílet: Sdílet článek“बेलुका ८ बजेतिर, म खेतबाट घर फर्कें। म खाना तयार गर्न भान्छामा गएँ र खाली पानीको भाँडो देखें। मसँग पानी लिन जाने हिम्मत भएन”, सुकमाया बोमजमले भनिन् । २०७२ साल को भूकम्पले सुकमायाको घरमा बस्न जोखिमपूर्ण बनाए पश्चात उनि सिन्धुपाल्चोक जिल्लाको विस्थापित व्यक्तिको शिविरमा बसिरहेकी छिन्।

पानीको समस्या सामना गर्ने भेडीचौरको शिविरमा बोमजम एक्लै मात्र होइनन्। उनले भनिन् खाना पकाउन पानीको अभावका कारण धेरै परिवार खाली पेट सुतिरहेका छन्। उनीहरूले मुख्य सडक पार गर्नुपर्दछ र त्यसपछि जंगल हुँदै नजिकको जल स्रोतमा पुग्नुपर्छ । पानी लिन जाने क्रममा उनीहरूलाई जंगली जनावरहरुमात्र नभई, कहिलेकाँही पानी लिने महिलाहरूलाई शोषण गर्ने पुरुषहरूका भयले समेत सताउँदछ् । त्यसैले केहि रातहरू भोकै ओछ्यानमा जानु सजिलो छ, बोमजम वर्णन गर्दछिन् । बोमजमकी छिमेकी शान्ति लामा थप भन्छिन्, “हामीसँग छुट्टै नुहाउने ठाउँ नभएकोले खुल्ला स्थानमा नुहाउने गथ्र्यौ । पुरुषहरू सडकको छेउमा हेर्दै जान्थे र उनीहरूले हाम्रो फोटो लिएर भिडियोहरू बनाउँलान् भनेर डराउथ्यौ।”
विस्थापनको दिगो समाधानतर्फ काम गर्ने परियोजनाको भागको रूपमा, अक्सफामको कन्सोर्टियममा पिपुल इन नीड (पिन) ले भूकम्पले विस्थापित महिला र पुरुषहरूसँग काम गरे जसले उनीहरूको विस्थापन शिविरहरूमा त्यस्ता समस्याहरू समाधान गर्न सुरक्षा समितिको गठन गर्यो युके सहायता सहयोगी परियोजनामार्फत, पिनको सुरक्षा टोलीले सुरक्षा समितिका साथ यौन र लैगिंक हिंसा, प्रजनन स्वास्थ्य, सुरक्षित वैदेशीक रोजगार, वित्तीय व्यवस्थापन, र भावनात्मक सु–स्वास्थ्य जस्ता मुद्दाहरूको बारेमा प्रशिक्षणहरू सञ्चालन गर्यो। तालिमको एक हिस्साका रूपमा समितिले विशेष गरी महिला र केटीहरूको सुरक्षा जोखिमलाई हेरेर उनीहरूको समुदायमा जोखिम देखायो। जब उनीहरूले यी जोखिमहरू पहिचान गरे, पिनले समितिहरूलाई उनीहरूको उक्त जोखिमको समाधानका निम्ति परियोजना लागू गर्न सानो नगद अनुदान प्रदान गर्यो ।
पानी ट्यांकीले १३० परिवारलाई मद्दत गर्यो
सिन्धुपाल्चोकमा भेडीचौर सुरक्षा समितिले पानीमा उनीहरूको गाह्रो पहुँचसँग सम्बन्धित जोखिमहरू पत्ता लगायो । पानीको एकमात्र स्रोत टाढा थियो र दिनभर पानी आपूर्ति पनि हुंदैनथ्यो । महिला र केटीहरूले पानी लिनको लागि लामो यात्रा गर्नु पर्ने जोखिमहरूलाई कम गर्न, सुरक्षा समितिले उनीहरूको अनुदानमा दुई पानी ट्यांकी, नुहाउने स्टेशन र पाँच शौचालयहरू निर्माण गर्ने निर्णय गरे किनकि यसअघि उनीहरु सम्पूर्ण समुदायको लागि पर्याप्त शौचालय थिएनन्।
पानी ट्यांकी र पानी पम्पहरूको स्थापनाले १३० परिवारलाई दिनमा २४ घण्टा सुरक्षित पिउने पानीमा पहुँच पुर्यायो । ट्यांकी दुबै शिविरका बासिन्दाहरू र समुदाय, साथै नजिकका स्कूलका बच्चाहरूद्वारा प्रयोग गरिन्छ। अब, महिलाहरू पानी लिन सुरक्षित महसुस गर्दछन् र परिवारहरू भोकै सुत्दैनन् । समितिको कामले समुदायलाई स्वस्थ रहन पनि मद्दत गरेको छ । महिला र केटीहरूले अब नुहाउन र नुहाउने कोठाको गोपनीयतामा लुगा र्फेन सक्दछन् । उनीहरू महिनावारी हुँदा प्रयोग हुने कपडा धुन र सुख्खा गर्न पनि निजी कोठाको प्रयोग गर्दछन् । कुनै समय सार्वजनिक रूपमा गर्नु पर्दा लाजको कारणले गर्न छाडिसकेका थिए ।
शान्ति लामा मसँग उनको समितिको सदस्यहरूले अनुदानबाट निर्माण गरेको शौचालयमा गइन् ।
शान्ति लामा मसँगै उनको समितिको सदस्यहरूले अनुदानबाट निर्माण गरेको शौचालय गइन् । शौचालय, जुन जुलाई तिर निर्माण गरिएको थियो, यति सफा थियो कि यो हिजो मात्र निर्माण गरिएको जस्तो देखिन्थ्यो । “शौचालयहरू रोगको मुख्य स्रोत हुन् । यदि हामी तिनीहरूलाई सफा राख्दैनौं भने, कीटाणुहरु हाम्रो घरमा प्रवेश गर्छ र सबैलाई बिरामी बनाउँदछ । त्यसैले, म सबैलाई शौचालय सफा राख्न निर्देशन गर्ने गर्छु”, लामाले भनिन् ।
विस्थापन शिविरको कठिन अवस्थामा स्वास्थ्य र सुरक्षा कती मूल्यवान हुन्छ भने। लामा र उनको सुरक्षा समितिलाई थाहा छ । अब उनीहरू आफ्नो समुदायमा सबैलाई यो ज्ञान होस् भनेर निश्चित गर्दै छन्।