नेपालमा १२५ किलोमिटर गोरटोको पुननिर्माण गरिनुको साथै ३,९०० परिवारलाई सहयोग प्रदान:३६० डिग्री भिडियो तथा ड्रोनबाट कस्तो देखिन्छ त ?
प्रकाशित १६ फेब्रुअरी २०१८ पढ्न लाग्ने समय 4 मिनेटवि.स.२०७५ वैशाख १२ गते नेपालमा ७.८ रेक्टर स्केलको भुकम्प जानुको साथै विभिन्न कम्पन तथा भुक्षयहरु पनि गएको थियो । भुकम्पमा परेर ८,५०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने ५,००,००० जति घरहरुमा क्षति पुगी ध्वस्त भएका थिए । त्यस लगतै, हामीले "उन्नत गोरेटो " परियोजनाको शरुवात गरी परियोजनाले गोरेटो पुननिर्माण कार्यमा ३९०० स्थानीय बासिन्दाहरुलायई रोजगारी दिएको थियो । यस्ता बिकट हिमाली भेगका मानिसहरु बजार, बिद्यालय, स्वास्थ्य चौकी तथा अन्य गाउँहरुमा जान गोरेटोको प्रयोग गर्दछन् ।
गत बर्ष मात्र पिन नेपालद्वारा सञ्चालित परियोजनाले युके एडको आर्थिक सहयोगमा फेज नेपाल, लुमन्ती तथा स्कट विल्सन नेपाल जस्था स्थानीय साझेदार संस्थाहरुको सहयोगमा १२५ किलोमिटर भन्दा बढी गोरेटो बाटोको पुनर्निर्माण कार्य गरेको थियो भने ९,००,००० भन्दा बढी पाउन्ड स्टर्लीङ मुद्रा स्थानीय समुदायहरुमा रोजगारी दिने क्रममा खर्च गरिएको थियो । परियोजनाले स्थानीय बासिन्दाहरुलाई अस्थायी काम दिएको थियो भने उनीहरुको आर्थिक अवस्था उकास्नको साथै अन्य ठाउँहरुमा जान पहुच पुर्याउनको लागि पनि सहयोग गरेको थियो ।
परियोजना अवधिभरि हामीले पिन नेपाल र साझेदार संस्थाले पाँच समुदायमा गरेका कार्यले त्यहाँका जनजीवनमा पारेका प्रभावको बारेमा रेकर्ड राख्ने काम गर्यौ भने पुनर्निर्माण कार्यमा सहभागीहरुको कथालाई उजागर गरेका थियौ । त्यस्तै गरी, सहयोगको अन्त्यतिर, चेक गणतन्त्रका भिडियोग्राफर हामीले गरेको कामलाइ बिभिन्न दृष्टिकोणले खिच्न आएका थिए । साथै, हामीले ड्रोनबाट खिचिएको “चराको आखाँ” नामक भिडियो हेरेर मनोरन्जन लिनुको साथै पुनर्निर्मित गोरेटाको यात्रा पनि रमायौ भने देहायका अन्तवार्ताबाट पिटर पोस्पिकलले कसरी यस्तो असाधारण भिडियो बनाए भनेर थाहा पाउन सक्छौ ।
गोरखा गएर उन्नत गोरेटो परियोजना भिडियो खिच्दा तपाईको अनुभव कस्तो रह्यो ?
फोनमा कुराकानी नगरी एक हप्तासम्म दाल भात खाएर बिताउनु मेरो लागि नयाँ अनुभव थियो । त्यसैले, गोरखाको उत्तरी पहाडी इलाकामा कसरी बाच्ने भन्ने मलाई कुनै चिन्तै थिएन । परियोजनाको आकार अनि त्यहाँको माहोल देखेर चकित परेको थिए । २ बर्ष पहिले मेरो बृत्तचित्रमा रेकर्ड गरेको भुकम्पले निम्त्याएको भयावह स्थिति सम्झेर अहिलेको कथाहरु सुन्दा एकदमै राम्रो लागिरहेको छ । यो पटक, पिन नेपालको संचार अधिकृत तथा नेपाली पत्रकार, सजना श्रेष्ठले योजना गरेको यात्रामा संलग्न भई नयाँ अनुभव प्राप्त गरे । हामीले परियोजनाका वास्तविक प्रभावहरु देख्न पायौ भने गोरेटो निर्माणबाट कमाएको ज्यालाले उनीहरुले त्यसलाई भविष्यको लागि लगानी गर्न सक्ने कुरा महसुस गर्न सक्यौ । सजना नभएको भए हामी त्यस ठाँउमा किन छौ अनि के गर्दै छौ भनेर त्यहाँका गाउँलेसँग कुराकानी गर्न असम्भव हुने थियो ।
३६० डिग्री परियोजनाको खास कारण वा अवधारणा के हो ?
आजकाल मानिसहरुको ध्यान केन्द्रित गर्न अनलाइन भिडियोहरु राम्रो माध्यम बनिरहेको छ । तर भिडियोहरु अन्तर्क्रियात्मक नहुने र त्यसमा आफ्ना छुटै स्थान नरहने हुदा भिडियोको सिमितताहरु पनि छन् भने अर्कोतिर, भर्चुअल भ्रमणले स्वतन्त्रता पुर्वक हामीलाई खोज गर्न दिन्छ भने सिकाइका सम्भावित ठाउँ तथा परियोजनाहरुको लागि पनि अवसर प्रदान गर्दछ ।निर्माताको हैसियतले, प्रक्रिया दौरान वेब साइट र फोटोग्राफीको बारेमा थाहा हुनु तथा सृजनात्मक हुनु आवश्यक हुन्छ ।
मैले चेक गणतन्त्रमा भर्चुवल भिजित भन्ने कम्पनि शुरु गरेपछि यो भर्चुअल टुर स्टोरीटेलिङको कुरा मेरो दिमागमा आएको थियो । भर्चुअल टुरको प्रयोग पत्ता लगाउनु हाम्रो पहिलो उद्देश्य हो । उन्नत गोरेटो परियोजनामा यो सुन्दर तरिकाले प्रयोग हुन सक्छ । त्यसैले, पिनले डो्रन अपरेटरको खोज गरेको थाहा पाँए, यो मेरो लागि उत्साहपुर्ण हुन सक्छ भनी सोचे । त्यस बेला म नेपालमै बिदा मनाइरहेको थिए जसले गर्दा मैले दिन सक्ने सेवा वा कामको बारेमा सजिलैसँग पिनसँग कुरा राखे । त्यसपछि मैले यो ३६० डिग्री परियोजना गैरसरकारी संस्थाद्वारा अनुरोध गरिएको हवाई फिल्मांकन परियोजनाको लागि सहायक परियोजना हुनसक्छ भनी सोच्न थाले ।
के यो नयाँ प्रबिधि हो ?
यो भर्चुअल टुर बिल्कुल नयाँ होइन, तर यस्तो कामको लागि यसको प्रयोग चाहिँ केहि हदसम्म नयाँ नै हो । उन्नत गोरेटो ३६० परियोजना आफैमा परिवर्तनशील हुनुको साथै परियोजनाको क्षेत्रमा नयाँ प्राविधिक पक्षहरु हवाई दृश्य, उच्च रिजोलुसन / गुगल नक्शा एकीकरणलाई समेट्ने अन्तर्क्रियात्मक भर्चुअल टुर पनि हो । ट्याबलेट तथा मोबाइलको जवाफ दिनु यसको अर्को बिशेषता हो ।
यो सबै कसरी गर्नु हुन्छ ?
यो प्रक्रियामा क्रमैसँग खिचिएका फोटोहरुलाई क्रमैसँग राखिन्छ जसलाई पोष्ट प्रोडक्सनमा एउटै बनाइन्छ । अचेल, यरिकोह थेटा र ३६० डिभाइस जस्ता सर्टकटहरु पनि छन् तर तिनीहरु हाम्रो कामको लागि पर्याप्त छैनन् । कम्प्युटरको स्फेयरमा फोटोहरु राखिन्छ अनि टुर सिर्जना गरिन्छ । पानोरोमा लिनको लागि गोरेटामा काम गरिहेका कामदारहरुलाई केहि सेकेण्ड नचलि बस्न लगाएर देखाइन्छ । यसले फोटोलाई जीवन प्रदान गर्दछ । ड्रोनबाट सुटिङ गर्दा चाहि धेरै फोटोहरु खिचिन्छ र पछि सबैलाई एक साथ जोड्ने काम हुन्छ । ड्रोनमा जिपियस डिभाइस हुनुको साथै अनुकुल मौसम हुनु आवश्यक हुन्छ । नेपालमा ३६० सुट गर्नुभन्दा पहिले नै मसँग यसको अनुभव भएकोले म खुसी थिएँ । तर फिल्डमा कम्प्युटर नहुदाँ हामीले गरेको काम सही छ भनेर सुनिश्चित चाहि आफै हुनुपर्ने हुन्छ ।
फिल्डमा चाहिँ प्रक्रिया कस्तो थियो ?
हामीले १० के.जि बराबरको सामान भरियालाई बोक्न लगाएकोले सजिलो भयो । म एक समयमा गुणस्तरीय ड्रोन फुटेज र एरियल पानोरोमा बनाउन चाहन्थे तर त्यसको लागि समय र ब्याट्री धेरै लाग्ने भएकोले अलिक धेरै नै चुनौतिपुर्ण रह्यो । म धेरै हिडेर बाटोमा धेरै सुट गर्न सक्दिन भन्ने कुराप्रति चिन्तित थिए । तर हामीले ब्याट्री नसकिन्जेल राम्रैसँग गर्यौ ।
कुनै ठाउँमा बिजुली नभएकोले गर्दा ड्रोनमा ब्याट्री सकिने बित्तिकै चार्ज गर्ने गरी योजना बनाउन हाम्रो लागि चुनौतिपुर्ण थियो । त्यसैले, ड्रोनको लागि ४ वटा ब्याट्री, पहिलो क्यामाराको लागि ७ वटा ब्याट्री र व्याकअप क्यामाराको लागि ४ वटा व्याट्री बोक्ने उपायलै काम गर्यो । यद्यपि, हामीले पाउने बित्तिकै चार्ज गर्नुपर्ने हुन्थ्यो । हामीसँग भएको फुटेज हटाउन नसकेकोले हामीलाई ड्रोनको लागि मात्र ६४ जिबिको तीन वटा कार्ड र डिएसएलआर क्यामाराको लागि चार वथा कार्ड चाहिएको थियो ।
क्यामारा : पिटर पोस्पिसल र सजना श्रेष्ठड्रोन फुटेज: VirtualVisit.cz
सम्पादनः पिटर पोस्पिसल, www.virtualvisit.cz
म्युजिकः काई इंगेल "सिक्कर" -अन्डर सि सि