गणेश स्कूलको पुनर्निर्माण

प्रकाशित ३० अक्टोबर २०१८ पढ्न लाग्ने समय एक मिनेट
गणेश स्कूलको  पुनर्निर्माण
© Foto: सजना श्रेष्ठ

२०१५ को भुकम्पले ध्वस्त परेको श्री गणेश आधारभूत विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको छ र विद्यार्र्थीहरु पुन विद्यालयमा भर्ना भएका छन् । चेक रेडियो फाउन्डेसनको उदार सहयोगको लागि धेरै धन्यवाद र त्यसको साथ साथै पिपुल इन निड र स्थानीय गैरसरकारी संस्था फेज नेपालको साझेदारीमा सिन्धुपल्चोव्क जिल्लाको बरुवा स्थित यस गणेश आधारभूत विद्यालयको मर्मत कार्य सम्पन्न गर्न सफल भएको थियो ।

भुकम्प पश्चात् धेरै अभिभावकहरुले गुणस्तरीय शिक्षा प्राप्तिको लागि आफ्नो बालबच्चालाई ठूला सहरमा पठाउने गरेका र आफु पनि काठमाडौं बसाई सरेको थिए जसका कारण अस्थायी शिक्षण केन्द्रमा थोरै विद्यार्थीहरु मात्र अध्ययन गरिरहेका थिए । र धेरै विद्यार्र्थीहरुीलाई आफ्नो नजिकको विद्यालय पुग्न कम्तिमा पनि १–२ घण्टा दैनिक हिँडेर जानुपर्ने अवस्था थियो । तर अब अहिले नयाँ विद्यालय समुदाय र विद्यालय व्यवस्थापन समितीलाई हस्तान्तरण गरिएको छ।


स्थानीय समुदायहरु विद्यालयको पुनस्थापना पछि निकै नै खुसि छन् । रश्मि डंगोल, शिक्षिका भन्नु हुन्छ, पहिला बच्चाहरू बोल्न पनि लजाउने गर्थे भने अहिले खेलौना खेल्न र नयाँ पढाई सामग्री पाउदा खुसि भै रमाउदै छन्, जसको कारणले सबै विद्यार्थीहरु एकअर्कासँग घुलमिल भै राम्रोसँग पढीरहेका छन् । 


Autor: सजना श्रेष्ठ

सम्बन्धित लेखहरू