पिपुल इन नीडले नेपालमा गएको विनाशकारी भूकम्प पछि ११३५० परिवारलाई सहयोग गरेको छ जसवाट महिला तथा बालबालिकाहरुले आश्रय र संरक्षण प्राप्त गर्नेछन् ।

प्रकाशित १३ जुलाई २०१५ पढ्न लाग्ने समय 6 मिनेट
पिपुल  इन नीडले नेपालमा गएको विनाशकारी भूकम्प पछि ११३५० परिवारलाई सहयोग गरेको छ जसवाट महिला तथा बालबालिकाहरुले आश्रय र संरक्षण प्राप्त गर्नेछन् ।
© Foto: पिपुल इन नीड

काठमाडौ (जुलाई १३, २०१५)- नेपालमा विनाशकारी भूकम्प पछि दुई महिना भन्दा बढी पछि पनि २.८ लाख मानिसहरुले आफ्नो घर र जीविकोपार्जन गुमाएका छन र मानवीय सहायताको नितान्त आवश्यकतामा रहेका छन् । उनीहरूको अवस्था हावापानी र आसन्न हिलो पहिरोको कारण अप्ठयारो छ । एस ओ एस नेपाल चैरिटल अपीललाई धन्यबाद, पिपुल इन नीडले ५६,७५० लाई पहिले नै सहयोग गरिसकेका छन् । हजारौं परिवारले आफ्नो घरहरूको अस्थायी मर्मतका लागि त्रिपाल , डोरी, नालीदार पाना र उपकरणहरू प्राप्त गरेका छन् । पिपुल इन नीडले हजारौं मानिसहरूलाई कम्बल, गद्दा र सोलार बत्तीहरू प्रदान गरेका छन् जुन प्राय एकमात्र विद्युतीय स्रोत हो । नेपालको टोलीले हेलिकप्टरमा सबैभन्दा टाढाका पहाडी क्षेत्रहरूमा पनि सामग्री ढुवानी गर्दछ, जुन परम्परागत बजारबाट पूर्ण रूपमा छुट्टिएको छ ।

सबैभन्दा बढी प्रभावित समुदायहरूलाई थप ४६ बहुउद्देश्य पालहरू प्रदान गरियो जुन स्कूलहरू र स्वास्थ्य केन्द्रहरूको रूपमा सेवा गर्दछन् । आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू र अन्य दस गाउँहरूका लागि संचालन गरीएको शिविरमा, पिपुल इन नीडले महिला र बालबालिकाको सुरक्षामा ध्यान केन्द्रित गरेको छ। नेपालमा पिपुल इन नीड कार्यक्रमहरूका संयोजक डेनिसा बुल्तासोभ भन्छिन्, “भूकम्प हुनु भन्दा पहिले पनि अवैध मानव बेचबिखनले नेपालका लगभग १२००० मानिस विस्थापित गर्यो। जसमा अधिक महिला र बालबालिका थिए। भूकम्प पछिको अवस्था अझ नराम्रो भएको छ ।”  उनी भन्छिन्, “नेपाली परिवारका धेरै बच्चाहरू छन् । आफ्नो आमाबाबुको घर र आम्दानीको स्रोत गुमाइसकेपछि अचानक उनीहरू अत्यन्तै दबाबमा पर्दछन् किनभने उनीहरू आफ्ना सबै बच्चाहरूको पालनपोषण गर्न संघर्ष गरिरहेका छन”। 

#~gallery-1325~#

तातोपानीको परिवार जस्ता व्यक्तिहरूले प्रायः सबै थोक गुमाउँदछन् र आन्तरिक शरणार्थीहरूको शिविरमा समाप्त हुन्छन् । “भूकम्पले हाम्रो नौ बच्चाहरूको परिवार कहिँ पनि पुग्न नसक्ने गरी हाम्रो घर पूर्ण रूपमा ध्वस्त गर्यो। जब हामीले काठमाडौंमा शिविरको बारेमा बुझ्यौं, हामीले त्यहाँ जाने निर्णय गयौं । हामीले हाम्रो यात्राको लागि ६००० रुपैयाँ सापटी लिनुपर्याे । बाटोमा हामी केवल एक त्रिपाल मुनि सुतिरहेका थियौं”, शिविरका एक जना व्यक्तिले भने । “हामीले सोचेका थियौं कि हाम्रो अवस्था सुध्रिनेछ तर हामीसँग पाँच पालका लागि केवल एक ग्यासको हीटर छ र ग्यास महँगो छ, त्यसैले तताउन हामीले काठको प्रयोग गर्नुपर्छ । हामीसँग पैसा छैन र काम गर्ने अवसरहरू पनि छैनन । हाम्रा बच्चाहरू यहाँ स्कूल पनि पढ्न सक्दैनन् । तसर्थ मेरो श्रीमान तातोपानीको चौरी खर्कमा फर्कनुभयो तर भविष्यमा के हुन्छ भनेर मलाई डर लाग्छ,” शिविरकी एउटी महिला भन्छिन्। 

विस्थापित व्यक्तिको लागि क्याम्पहरुमा सहयोग गर्नुहोस्

धेरै बच्चाहरूको लागि पर्याप्त भोजन सुरक्षित गर्न आमाबुवाहरूलाई प्राय जसो गाह्रो हुन्छ र तिनीहरूलाई उनीहरूको गाह्रो अवस्थाको समाधान चाहिन्छ । “यदि कोहीले आफ्ना बच्चाहरूको लागि काम दिने वा शिक्षा दिने वाचा गरेमा आमाबाबुले प्रायजसो त्यस्तो प्रस्तावलाई विचार गर्दछन् । कोही कोही त बालविवाह गर्न राजी हुन हिचकिचाउँदैनन,” भक्तपुरको एउटा शिविरका निवासी भन्छन् । विश्वका अन्य भागहरूमा पनि विनाशपछि यस्तै समस्याहरू उत्पन्न हुन्छन् । “तनावपूर्ण वातावरण र आधारभूत सुरक्षाको अभावले पारिवारिक समस्याहरू बढाउन सहयोग पुर्याउँछ, कहिलेकाँही घरेलु हिंसा पनि निम्त्याँउछ । यस्तो वातावरणमा यौन हिंसा रोकथाममा बढी ध्यान दिन आवश्यक छ,” डेनिसा बुल्तासोभ भन्छिन्।

भक्तपुरको बोडे क्याम्पमा पिपुल इन नीडले महिला र बालबालिकाको सुरक्षा गर्न थाले । “हामीले एउटा सर्वेक्षण गरेका थियौं र २७९ जना महिलालाई स्वच्छता किट र कहाँ उपलब्ध गराउने भन्ने बारेमा आधारभूत जानकारी प्रदान गरेका छौं । यसबाहेक, हामीले १२ महिला र १४ जना पुरुषलाई प्रशिक्षित गरेका थियौं जसले शिविरमा महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्नेछन,” डेनिसा बुल्तासोभ बताउँछिन् ।

“प्रशिक्षित व्यक्तिहरूले महिला र बालबालिकाको दुव्र्यवहारको विभिन्न मुद्धाहरुमा नेतृत्व गर्न, शिविरको शौचालयमा बत्ती बाल्ने, पालका लागि तालाहरूको व्यवस्थापन का लागी शिविरलाई निर्देशन दिने र शिविरमा रहेका ८८९ महिला र बच्चाहरूको सुरक्षा सुधार गर्नका लागि थप उपायहरू सोच्न सक्षम भएका छन,” उनले थपिन् ।

#~gallery-1324~#

यसै बीच, शिविरको बाहिर पनि समस्या झन् झन् बढ्दै गइरहेको छ । धेरै विद्यालयहरुले अन्इच्छित छुट्टी पछि बच्चाको अत्याधिक उपस्थिति घटेको प्रतिवेदन गर्दछ । विद्यालयहरू पनि ध्वस्त भए र बालबालिकाहरू प्रायः अध्ययनको सट्टा खेतहरूमा काम गर्छन् । सिन्धुपाल्चोक जिल्लाका अन्य १० गाउँहरूमा पनि पिपुल इन नीडले यस्तै मद्दतको प्रस्ताव गर्नेछन, जहाँ १३० जनाले महिला र बाल सुरक्षाको प्रशिक्षण पाउनेछन् । उनीहरूले केवल रोकथाम सम्बोधन गर्दैन, तर अधिकार उल्लंघन भएको अवस्थामा अपनाउनुपर्ने माध्यमहरूको बारेमा पनि जानकारी प्रदान गर्नेछन् ।

बहुउद्देश्यीय पालहरुले कक्षाकोठा तथा स्वास्थ्य केन्द्रको रूपमा सेवा प्रदान गर्दै

हजारौं नेपाली परिवार अझै पनि आफ्नो घरेलु क्षति सामना गर्न संघर्ष गरिरहेका छन् । नेपालभरि, भूकम्पले लगभग ६००,००० घरहरू पूर्ण रूपमा ध्वस्त ग¥य जबकि २८०,००० भन्दा बढी अन्य घरहरू भत्किएका छन् । भूकम्पपछिको हप्ताहरूमा नेपाली टोलीले त्रिपाल र डोरी वितरण गर्दै थियो । अब टोलीले सबैभन्दा कमजोर परिवारलाई घरको अस्थायी मर्मतका लागि नालीदार पाताहरू र उपकरणहरू प्रदान गर्नेछ । क्षतिग्रस्त परिवारहरूले कम्बल, गद्दा र खाना पनि प्राप्त गरेका छन् ।

पिपुल इन नीडले केराबारीका सय बर्षे शेरबहादुर गुरुङ्गको घर मर्मत गर्न पनि मद्दत गरे, जुन मर्मत नभएको भए अप्रिलको अन्तसम्ममा लड्न सक्थ्यो। अब उनी एक अस्थायी घरमा बस्छन् र आफ्ना बच्चाहरूलाई उनीहरूको सानो खेतमा चाँडै धान पुनःरोप्न हौसला दिन्छन् । “हामीले जति सक्दो चाँडो सही बनाउनु पर्छ, यो गरिनु पर्छ,“ उनी बुद्धिमानीपूर्वक भन्छन् ।

गोरखा जिल्लाको सबैभन्दा बढी प्रभावित क्षेत्रहरुमा,४६ बहुउद्देश्यीय पालहरु निर्माण गरेका कारण पिपुल इन नीडलाई धन्यवाद दिइएको थियो । डेनिसा बुल्तासोभ भन्छिन, “तीमध्ये अधिकांश अस्थायी कक्षा कोठाको रूपमा प्रयोग गरिन्छ, १२ लाई मठ वा सामुदायिक केन्द्रहरू, ५ लाई स्वास्थ्य केन्द्रमा परिणत गरिएको थियो भने धेरै पालहरू स्थानीय सरकारी कार्यालयहरूको रूपमा प्रयोग गरिएको छ,” । "हामीले गोरखाको पहाडी गाउँहरूमा बिजुली विना चल्ने ५७० सोलार बत्तीहरू आपूर्ति गरेका छौं, जहाँ सौर्य ऊर्जा अन्धकार पछि को प्रकाशको र त्यहाँका सबै परिवाहरुका लागि मोवाइल चार्ज गर्ने एक मात्र श्रोत हो,” डेनिसा बुल्तासोभ बताउँछिन् ।

पिपुल इन नीडले अहिलेसम्म ५६,७५० मानिसहरूलाई मद्दत गरेको छः

८४७५ परिवारले अस्थायी आश्रयहरूको लागि त्रिपाल प्राप्त गरेका छन् ।

२३०० परिवारले जस्तापाता प्राप्त गरेका छन् ।

११९० परिवारहरूले घर मर्मतका लागि उपकरणहरू प्राप्त गरेका छन् ।

आफ्नो घर र उपकरणहरू गुमाएको मानिसहरूलाई ३५७६ कम्बल र ३७३१ बिछौना वितरण गरिएको थियो ।

५०० परिवारले खाद्यान्न सहायता प्राप्त गरेका छन् ।

५७० परिवारले सौर्य बत्ती प्राप्त गरेका छन् ।

४६ पालहरू विद्यालयहरू, स्वास्थ्य केन्द्रहरू, मठहरू, र सामुदायिक केन्द्रहरूको रूपमा सेवा गर्दछन् ।

८८९ महिला र बालबालिकाले सुरक्षा प्राप्त गरेका छन् ।

नेपालमा पिपुल इन नीडसँग हाल ४ अन्तर्राष्ट्रिय र २० स्थानीय कर्मचारी र तीन स्थानीय साझेदार संगठनहरूको टोली रहेको छ । सबै गतिविधिहरू अलाइन्स २०१५ र अन्य संगठनहरूको साझेदारीसँगै समन्वयित भइरहेको छ । हालसम्म ३१.२ मिलियन चेक क्राउन एस.ओ.एस नेपाल चैरिटी खाता ५४३३३३४५/०३०० मा पठाइएको छ । “अहिले सम्मको सबैभन्दा ठूलो दाता भोडाफोन फाउन्डेशन हो जसको ८,००,००० भन्दा बढी चेक क्राउनको योगदान रहेको छ, जसले यसका ग्राहकहरुलाई टेक्स्ट मेसेज चैरिटी अपील पनि पठाएको छ । अवास्ट फाउन्डेशनले ५,००,००० चेक क्राउन अनुदान दियो, ” पिपुल इन नीडको कोष जुटाउने विभागका टेरेजा ईन्कोभ भन्छिन् । “ओ२ कम्पनीले पनि आफ्ना कर्मचारीहरू बीच एक चन्दा संकलन अभियानको घोषणा गर्यो र उनीहरूको चन्दा दोब्बर गरेर यसले ५,००,००० चेक क्राउन बढायो । पिपुल इन नीड नेपालका लागि अनुदान दिने तथा वित्तीय योगदानका बारे विचार गरिरहेका सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छ । अब आउने महिनाहरुमा देशको पुनः संरचना गर्न कोषहरूको आवश्यकता पर्नेछ ।” 

नेपालमा पिपुल इन नीड

पिपुल इन नीडले भूकम्प पीडितहरूको सहयोगका निम्ति सार्वजनिक अपील एस.ओ.एस नेपाल शुरू गर्यो । यसका साथै पिनले भूकम्प प्रभावित स्थानमा भूकम्प गएको भोलिपल्ट नै तीन सदस्यीय मानवीय टोली पठाउँदै गर्दा तत्काल मद्दतका लागि पिपुल इन नीड क्लब अफ फ्रेन्डस रिलीफ कोषवाट १,०००,००० चेक क्राउन रकम पनि छुट्याएको छ । विगत ८० वर्षमा नेपालमा आएको सबैभन्दा महाविनाशकारी भूकम्पले देशको मध्य भागलाई केन्द्रबिन्दु बनाई ७.८ रेक्टर स्केलको झट्का दिएको थियो र पछि १२ मे, २०१५ मा ७.३ रेक्टर स्केलको पराकम्प नेपालमा गएको थियो ।

अधिक जानकारीको लागी, कृपया सम्पर्क गर्नुहोसः

डेनिसा बुल्तासोभ, नेपालका कार्यक्रमहरु संयोजक, पिपुल इन नीड, +४२०७७७२५७९६०, 

Denisa.Bultasova@clovekvtisni.cz

Autor: डेनिसा बुल्तासोभ

सम्बन्धित लेखहरू