नागरिक समाजलाई सहयोग गर्न नेपालमा नयाँ वेबसाइटको सुरुवात

प्रकाशित २३ अगस्ट २०२२ पढ्न लाग्ने समय 3 मिनेट
नागरिक समाजलाई सहयोग गर्न नेपालमा नयाँ वेबसाइटको सुरुवात
© Foto: सजना श्रेष्ठ

काठमाडौं, नेपाल – नेपालमा लोकतन्त्र स्थापनाको लागि यहाँको नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको छ । वि.सं. २०४७ मा नेपालमा प्रजातन्त्रको पुनर्स्थापना र बहुदलीय प्रजातान्त्रिक प्रणाली लागू भएपश्चात् नागरिक समाजको संख्यामा तिब्र वृद्धि भयो जसले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

विगत तीन दशकलाई हेर्दा नेपालमा विकासको गति उल्लेखनीयरुपमा वृद्धि भएको पाइन्छ । नेपाल सरकारले विभिन्न नियामक निकायहरु स्थापन गरी विकास कार्यलाई बढावा दिने र व्यवस्थित गर्ने कार्य गरेको छ । तर नयाँ विकासका बहसहरुलाई अर्थपूर्णण तरिकाले योगदान पुर्याउन नागरिक समाजको विद्यमान सांगठनिक क्षमता चुनौतिपूर्ण रहेको छ । यसको लागि नागरिक समाजको समग्र संस्थागत सुदृढीकरणमा सहयोग र क्षमता अभिवृद्धि आवश्यक रहेको छ तर स्थानीय स्तरमा त्यस्ता कार्यलाई सहयोग गर्ने प्रक्रियाहरू र प्रणालीहरू न्यून रहेका छन् । स्थानीय नागरिक समाजका अभियन्ताको साथसाथै सरकारी प्रणाली सुदृढीकरणमा सहयोग गरी नागरिक समाजको परिचालन संस्थागत गर्न सकिन्छ ।

नेपालको वर्तमान पञ्चवर्षीय विकास योजना (सन २०१९-२४) ले नागरिक समाजको भूमिकालाई स्थान दिएको छ । त्यसैगरी, युरोपेली संघको बहु-वार्षिक सूचक कार्यक्रम (सन २०२१-२०२७) ले पनि सुशासन र विशेष गरी सरकार र नागरिक समाजको क्षेत्रलाई जोड दिएको छ ।

स्थानीय नागरिक समाजका संघसंस्थाको सुदृढीकरणको लागि युरोपियन युनियन डेलिगेशनको बहुवार्षिक सूचक कार्यक्रम र नेपालको पन्ध्रौँ पञ्चवर्षीय योजनाबाट प्रेरित भएर पिपुल इन नीडले नागरिक समाज अब (Civil Society Now-CSN) नामक नयाँ प्लेटफर्म सुरु गरेको छ। नागरिक समाज अब प्लेटफर्म औपचारिक रूपमा मार्च २०२२ मा प्रारम्भ गरिएको थियो । यो कार्यक्रमले आफ्नो सुरुवाती चरण सम्पन्न गरी अहिले कार्यान्वयन चरणमा प्रवेश गरेको छ । पिनको ग्लोबल प्राविधिक सल्लाहकार इकाईका प्रमुख क्यामिला गार्बटको भनाइ अनुसार “पिपुल इन नीड मार्फत हामी नागरिक समाजको क्षमता अभिवृद्धि गर्न चाहन्छौँ जसले गर्दा उनीहरूको दातृ निकायहरुबाट प्राप्त हुने सहयोग कोषमा प्रत्यक्ष पहुँच पुग्न सकोस् र त्यसलाई प्रभावकारीरुपमा व्यवस्थापन गर्न सकुन् । चेक गणतन्त्रमा पिपुल इन नीड आफैपनि एउटा सानो नागरिक समाज संस्थाकोरुपमा स्थापना भइ विस्तार भएको हो जो अहिले दातृ निकायहरुको एक भरपर्दो साझेदार संस्थाकोरुपमा विश्वका विभिन्न २० भन्दा बढी देशहरूमा कार्यरत छ । पिपुल इन नीडसँग आफ्नो संस्थागत विकासको ताजा र जीवन्त अनुभव छ जसले अपेक्षित उद्देश्य प्राप्तिको लागि स-साना संस्थाहरु र मार्गचित्रको आवश्यकता बोध गर्दछ ।”


स्थानीय नागरिक समाजको दातृ निकायको सहयोगमा पहुँच वृद्धि तथा प्रभावकारी व्यवस्थापन सीप विकासको लागि पिपुल इन नीडले आन्तरिक कोष सङ्कलन, जवाफदेहिता, दाता अनुपालन र कार्यक्रम व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ । नागरिक समाज अब (Civil Society Now-CSN) प्लेटफर्म नेपाल र मंगोलियाबाट सुरु गरिएकोले हाल यो प्लेटफर्मको उद्देश्य यी दुई देशहरु र त्यहाँका स्थानीय नागरिक समाजहरुको वृत्ति विकासको लागि हो । नेपालमा धेरै जीवन्त र प्रभावकारी नागरिक समाज रहेका छन् र यिनीहरुले विभिन्न सेवाहरू मार्फत नेपाल विकासमा वृहत्तर योगदान दिइरहेका छन् । नागरिक समाज अब प्लेटफर्मले प्लेटफर्मका सदस्यहरूलाई विभिन्न सेवाहरू जस्तै विविध विषयका ढाचाँहरु, आन्तरिक मार्गदर्शनसम्बन्धि कागजातहरू, सदस्यहरूले अनुरोध गरेका विषयहरूमा विभिन्न सत्रहरू, र परामर्श सहयोगहरु प्रदान गर्नेछ ।

पिपल इन नीड (पिन): पिपुल इन नीडका कार्यकारी प्रमुख तथा सह–संस्थापक साइमन पानेक हुनुहुन्छ । उहाँ चेक गणतन्त्रको भेल्भेट क्रान्तिको विद्यार्थी कार्यकर्ताहरू मध्येका एक हुनुहुन्छ । पिपुल इन नीड प्रजातन्त्रका लागि युरोपेली साझेदारी तथा साथै नागरिक समाज विकासका लागि युरोपेली आयोगको सक्रिय सदस्य हो । २०७२ सालको भूकम्पमा आकस्मिक प्रतिकार्यसँगै पिपुल इन नीडले नेपालमा आफ्नो कार्यक्रम तथा परियोजनाहरु सुरु गरेको थियो । पछि पिपुल इन नीडले नेपालमा तीनवटा कार्यक्रमका क्षेत्रहरु- आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य, उत्थानशीलता तथा पोषण सुरक्षा, सामाजिक समावेशीकरण तथा संरक्षण जस्ता क्षेत्रहरूमा कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सुशासन र नागरिक समाजका संस्थाहरुको क्षमता अभिवृद्धि यी परियोजनाहरूको पनि अवयव हुन् । 

पिपुल इन नीड नेपाल र यसको कामको बारेमा थप जानकारीको लागि, उल्लेखित वेबसाइट जान सक्नुहुनेछ । www.peopleinneed.org.np

परियोजना वा मिडिया-सम्बन्धित सोधपुछको लागि सम्पर्क :

सजना श्रेष्ठ, सञ्चार तथा पैरवी प्रबन्धक, पिपुल इन नीड नेपाल

फोन: +९७७ ०१४००२१००

इमेल : sajana.shrestha@peopleinneed.net  

Autor: पिपुल इन नीड नेपाल

सम्बन्धित लेखहरू