शालिक: एक समर्पित मानवतावादी

प्रकाशित १९ अगस्ट २०२३ पढ्न लाग्ने समय 3 मिनेट
शालिक: एक समर्पित मानवतावादी
© Foto: सजना श्रेष्ठ

मेरा आमाबुवाले मलाई सधैं समस्यामाा परेका मानिसहरूको सेवा गर्न उत्प्रेरित गर्नुहुन्थ्यो, “उहाँहरूले भन्नु हुन्थ्यो, “मानिसको सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म हो ।” हाम्रा सहकर्मी शालिकले आफ्नो प्रेरणाबारे चर्चा गर्छन् ।

शालिकको जन्म पश्चिम नेपालको अर्घाखाँची जिल्लाको दुर्गम पहाडी क्षेत्रको एउटा सानो गाउँमा भएको थियो । गरिबी, पूर्वाधारको अभाव र प्राकृतिक प्रकोपका कारण आफ्ना आमाबाबु र समुदायले सामना गर्नुपरेको कठिनाइहरू देखेर ऊनी हुर्किए । कठिनाइको यो प्रारम्भिक भोगाईले ऊनीमा अरूलाई मद्दत गर्ने गहिरो इच्छा जाग्यो ।

मेरो परिवारमा १२ जना सदस्य छन् तर कामका कारण सबैजना नेपालका विभिन्न ठाउँमा बस्छन्,” उनले भने । “तर ठूला चाडपर्वहरूमा हामी सबैजना एकै ठाउँमा भेला हुन्छौँ । अहिले म श्रीमती र छोरीसँग बस्दैछु ।”

स्कुल तहको पढाइ गाउँबाट पूरा गरेपछि शालिक उच्च शिक्षाका लागि काठमाडौं आए र मानविकी संकायबाट स्नातकोत्तर गरे । त्यसपछि उनी २०७२ सालको महाभूकम्प पश्चात २०१५ मा पिपल ईन नीडमा फिल्ड एसोसिएटको रूपमा काम गर्न सुरु गरे । जुनबेला नेपाल विनाशकारी भूकम्पबाट प्रभावित भएको थियो जसले हजारौं मानिसहरूको ज्यान गएको थियो भने लाखौं परिवाहरूलाई घरबारविहीन बनाएको थियो । शालिकलाई भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्र गोरखा जिल्लामा खटाइएको थियो ।

गोरखामा भूकम्पपीडितको पीडा मैले प्रत्यक्ष देखेको छु,’ उनले पीडादायी अभिव्यक्तिका साथ भने । “मैले आफ्नो घर, प्रियजन र जीविकोपार्जन सहित सबैकुरा गुमाएका परिवारहरू देखेँ । यो हृदयविदारक थियो । तर शालिकले नेपाली समाजको सुन्दर तथा सकारात्मक पक्ष पनि देखे, जो भुकम्पको प्रभावबाट आफ्नो जीवनलाई पुनर्निर्माण गर्न कटिबद्ध थिए । “उनीहरू धेरै बलियो, सहयोगी, सरल र क्षमतावान थिए’’, उनले भने । “यसले मलाई उनीहरूलाई मद्दत गर्नको लागि थप प्रेरित गर्यो ।’’

शालिकले भूकम्पपीडितलाई सहयोग गर्न अथक प्रयास गरे । उनले जीवन निर्वाहको लागि अत्यावश्यक खाना, लत्ताकपडा तथा आवास निर्माण सामाग्रीहरू वितरण गरे । उनको काम गोरखा जिल्लामा भूकम्पपछिको समुदाय पुनरुत्थानको लागि अत्यावश्यक थियो ।

विवाह गरेको १५ दिनपछि लगातार ४० दिनसम्म गोरखाको विकट गाउँ–केरौंजामा बसेर भुकम्पबाट प्रभावित समुदायमा काम गर्नु परेको थियो,’ शालिकले मुक्कुराउँदै भने । “तर मेरी श्रीमती धेरै नै समझदार थिइन् मैले महत्त्वपूर्ण काम गरिरहेको छु भनेर उनलाई थाहा थियो जसले गर्दा पनि विकट गाउँमा बसेर काम गर्न थप हौसला प्रदान ग¥यो ।’’

त्यसएता शालिकले पिपुल ईन नीडसँग विभिन्न तहहरूमा रहेर काम गरिरहेका छन्। उनले पुनर्निमाण, स्वास्थ्य, र स्वच्छतामा पहुँच सुधार योजनाहरूमा काम गरेका छन् भने प्राकृतिक पिपद् जोखिम न्यूनीकरण गर्ने परियोजनामा पनि काम गरेका छन् ।

हाल विपद् पूर्वतयारी तथा जोखिम न्यूनीकरण संयोजकको रूपमा कार्यरत शालिकले विभिन्न तहका सरकारी निकाय तथा अधिकारीहरू, जनप्रतिनिधिहरु, समुदायका सदस्यहरू र विपद्को क्षेत्रमा काम गर्ने अन्य निकायहरुसँग समेत काम गर्दै आईरहेका छन् । उनको मुख्य कामहरूमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाहरू निर्माण तथा कार्यान्वयन गर्ने कार्यमा विभिन्न सरकारी निकायहरुसँग नजिक रहेर काम गर्नु रहेको छ । उहाँले प्राकृतिक विद्को जोखिमहरू बारे सचेतना फैलाउन र विपद् प्रतिकार्य गर्न जोखिममा रहेका समुदायहरूको क्षमता विकास गर्न पनि काम गर्छन्।

“म एकपल्ट गोरखाको खोर्लाबेसीबाट खोर्लागाउँसम्म जानुपर्ने थियो । यात्रा लामो थियो र बर्खाको मौसम थियो, मसँग पानी सकिएको थियो । मैले बाटोको छेउमा एउटा काँक्रो भेट्टाएँ र खाएँ जुन काँक्रो बाहिर हेर्दा गाउँघरमा पाईने काँक्रो जस्तो देखिन्थ्यो तर त्यो त खान नहुने काक्रो परेछ यसले मलाई बिरामी बनायो र मलाई लगातार बान्ता हुन थाल्यो तर पुग्नु पर्ने गाउँसम्मको ५ घण्टाको उकालो यात्रा बाँकी थियो । थाकेको शरीर, पानीको अभाव, उकालो बाटो, यी सबै चुनौतीका बाबजुद पनि भूकम्प प्रभावित समुदायलाई हाम्रो आवश्यकता थियो जुन कारणले यस्तो अवस्थामा पनि मैले हार मानिन र खोर्लागाउँ सम्म पुगेरै छाडेँ ।” शालिकले गर्व गर्दै भने ।

Autor: नितिका चालीसे , पिपुल इन नीड, सञ्चार अधिकारी

सम्बन्धित लेखहरू