पिपुल इन नीडको सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्र

प्रकाशित ५ अप्रिल २०२३ पढ्न लाग्ने समय 3 मिनेट
पिपुल इन नीडको सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्र
© Foto: PIN

के तपाइँलाई कुनै सेवा वा कार्यक्रममा प्रतिक्रिया दिन चाहनु हुन्छ तर कसरी गर्ने थाहा नभएको कहिल्यै अनुभव भएको छ?

विशेष गरी, धेरै मानिसहरूले समुदायहरूमा काम गर्दै आएका मानवीय संस्थाहरूको सम्बन्धमा यस्तो दुविधाको सामना गर्ने गर्छन्। तथापी, पिपुल इन नीड नेपाल र जर्जियाले पिनको Real Aid परियोजना मार्फत सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्रमा सुधार गर्ने एक महत्वपूर्ण परियोजनामा काम गरिरहेका छन्, यसले समुदायका सदस्यहरूलाई आफ्ना अनुभवहरू बाँड्न सहज बनाउँछ र पिनलाई उनीहरुको प्रतिक्रिया समाधान गर्न सजिलो बनाउदछ। 

यस परियोजनाले पिनका कार्यक्रमहरू र परियोजनाहरू भएका देशहरुमा सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्रको कार्यान्वयनबाट सिकाई भएका विधिहरू, चुनौतिहरू, उत्कृष्ट अभ्यास र सिकाईहरुमा गहिरो अध्ययन गर्दछ।। परियोजनाको अन्तिम लक्ष्य जवाफदेहिता, पारदर्शिता, र कार्यक्रमको गुणस्तर र सेवाहरूलाई सुदृढ पार्नु र हामीले सेवा गर्ने समुदायहरूमा विश्वास निर्माण गर्नु हो। र सबै भन्दा राम्रो पक्ष भनेको हामी समुदायलाई सुनेर र उनीहरूको प्रतिक्रियाको मूल्याङ्कन गरेर हामी हाम्रो लक्ष्य हासिल गर्दैछौ। 

सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्र एक शक्तिशाली माध्यम हुन सक्छ जसले समुदायका सदस्यहरू र परियोजना सहभागीहरूलाई आफ्ना अनुभवहरू पिन जस्तै मानवीय संस्थाहरूसँग साझा गर्न सहयोग पुर्याउछ। पिनमा, हामी मानवीय मूल्यमान्यताको शक्तिमा विश्वास गर्छौं, र हामीलाई थाहा छ कि प्रतिक्रिया सुन्नु र हामीले उचित प्रतिकार्य दिनु र सुनिश्चित गर्नु समुदाय भित्र विश्वास निर्माण गर्ने उत्तम माध्यम हो। हामीले सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्र स्थापना गरेका छौं जसले समुदायलाई कुनै पनि नराम्रो आचरण वा दुर्व्यवहारको बारेमा प्रतिक्रिया दिन सक्षम बनाउँछ। यस संयन्त्रले हाम्रा कर्मचारी वा साझेदारी संस्थाका कर्मचारीद्वारा हुन सक्ने सम्भावित दुर्व्यवहार, भ्रष्टाचार, उत्पीडन, र शारीरिक दुर्व्यवहारलाई न्यूनीकरण गर्दछ।

पिनमा, हामी सबै सुझाव तथा प्रतिक्रियालाई गम्भीरताका साथ लिन्छौं र समुदायले उठाएका मुद्दाहरूको सम्मानजनक, न्यायपूर्ण र निष्पक्ष समाधान खोज्न काम गर्छौं। पिनलाई सुझाव दिनका लागि धेरै तरिकाहरू छन्, जस्तै कि हाम्रो हटलाइनमा कल गर्न सकिन्छ, इमेल पठाउन सकिन्छ, सीधा संदेश पठाउन सकिन्छ, सुझाव पेटीमा लेखेर पठाउन, वा हाम्रो सुझाव पोस्टकार्डहरू प्रयोग मार्फत संदेश संप्रेषण गर्न सकिन्छ। सुझावहरु तथा प्रतिक्रियाहरू हाम्रो सामाजिक मिडिया पृष्ठहरू जस्तै भाइबर वा व्हाट्सएप मार्फत गोप्य रूपमा दिन सकिन्छ। पिनले प्राप्त गरेका सबै सुझाव तथा प्रतिक्रियाहरुलाई गोपनीयता कायम गर्ने कुराको सुनिस्चितता गर्दछ।

पिनमा, हामी हाम्रा कार्यक्रमहरू र सेवाहरूको गुणस्तर सुधार गर्नका लागि सामुदायिक प्रतिक्रिया र सुझावहरुलाई आवश्यक ठान्छौं। हामीले प्राप्त गरेका सबै प्रतिक्रियाहरू हामी गम्भिरतापुर्बक लिन्छौ र कुनै पनि गल्तीहरू सच्याउन आवश्यक कदम चाल्छौं । हाम्रो परियोजना मार्फत, हामीले अन्तरदृष्टि प्राप्त गर्ने लक्ष्य राखेका छौ जसले हामीलाई हाम्रो सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्रलाई अझ बलियो बनाउन र मानवीय मूल्यहरूप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्न सक्षम बनाउँछ।

यस परियोजनाले नेपाल र जर्जिया दुवै देशका कार्यक्रममा सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्रलाई डिजिटलाइज गर्ने प्रक्रिया सुरु गरिसकेको छ। हामीले सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्र सम्वन्धी सन्देशहरू र सामग्रीहरूको बारेमा सरोकारवालाहरूलाई प्रचारप्रसार र वितरण गरेका छौं। अन्य उपायहरूका अलावा, हामीले सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्रको लागि समर्पित कर्मचारी नियुक्त गरेका छौं र सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्र सम्वन्धी गतिविधिहरूको लागि बजेट बढाएका छौं। पिनका विभिन्न देशका कार्यक्रमहरूले यस परियोजना मार्फत उत्पादित सामाग्रीहरु जसलाई प्रशिक्षण म्यानुअलहरू, भिडियोहरू र पर्चाहरू जस्ता स्रोतहरूको प्रयोग गर्न थालिसकेका छन्।


यो कुरा सम्झना दिलाउन उपुक्त हुन्छ कि प्रत्येकको राम्रो भविष्यका लागि हामी सबैले आफ्नो भूमिका निर्बाह गर्नुपर्छ र यसको शुरुवात एकअर्कालाई सुनेर र सुझाव एवं प्रतिक्रियाहरुको सम्मान गरेर हुन्छ।

सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्र लागू गर्न विभिन्न कठिनाइहरु पनि छन् जस्तै सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्र र यसको महत्त्व बारे चेतनाको कमी, रिपोर्टिङमा लैङ्गिक असमानता, कतिपय अवस्थामा गुनासोहरूप्रति नकारात्मक दृष्टिकोण र सीमित स्रोतहरू आदि रहेका छन् ।

परियोजनाको अनुसन्धानले सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्र कार्यान्वयनलाई सुधार गर्न सक्ने आशाजनक रणनीतिका सुझावहरू दिएको छ, जसमा सचेतना बढाउने, उपयुक्त तालिम र मार्गदर्शन प्रदान गर्ने, पर्याप्त बजेट विनियोजन गर्ने, तथ्यांक व्यवस्थापन प्रणालीहरूको स्तर्रोन्नति गर्ने, समुदायसँग परामर्श गर्ने, र प्रणालीको प्रभावकारिताको नियमित रूपमा अनुगमन गर्ने समावेश छ। यसबाहेक, पिनमा, हामी सामुदायिक पृष्ठपोषण तथा प्रतिकार्य संयन्त्र स्थापना गर्न, आवश्यकताहरू अनुकूल हुनेगरी विकास गर्न र विभिन्न माध्यमहरु मार्फत ज्ञान र स्रोतहरू साझेदारी गर्न स्थानीय सरकार संग साझेदारी गर्न सक्छौं।

त्यसैले आउनुहोस परिवर्तनको लागि आजबाटै सँगसंगै मिलेर काम गरौ !
Autor: नितिका चालीसे , पिपुल इन नीड, सञ्चार अधिकारी

सम्बन्धित लेखहरू