व्यक्तिगत तथ्याङ्क संरक्षण नीति

व्यक्तिगत तथ्याङ्क संरक्षण नीति

हामी व्यक्तिगत तथ्याङ्कलाई प्रचलित कानून बमोजिम उपयोग गर्छौं । विशेषगरी, यूरोपेली संघको नियमावली २०१६/६७९ – जेनेरल डाटा प्रोटेक्सन रेगुलेशन (जिडीपिआर) व्यक्तिगत तथ्याङ्कको संरक्षण गरिने कुरा आश्वस्त गर्दछौं । सन् २०१८ को मे २५ देखि जिडीपिआर सम्पूर्ण यूरोपेली संघभरि लागू भएको छ ।
तल उल्लेखित सिद्धान्तहरूले व्यक्तिगत तथ्याङ्क संकलन गर्दा र त्यसलाई गोप्य र सुरक्षित राखिएको सुनिश्चित गर्नको लागि हामीले पालना गर्ने आधारभूत नियमहरूको सारांश प्रदान गर्दछ ।
हामी विभिन्न परियोजनाहरूमा काम गर्दछौं जसका आफ्नै छुट्टै वेबपेजहरू छन् जसअन्तर्गत कुनै निश्चित मामिलामा व्यक्तिगत तथ्याङ्कको प्रशोधनको कार्य पर्न सक्छ । त्यसैले यस पाठले त्यसका लागि आधारभूत ढाँचा प्रदान गर्दछ । वेबसाइटमा हामीले तपाईंको व्यक्तिगत तथ्याङ्कको लागि अनुरोध गरेको स्थानमा त्यस तथ्याङ्कको प्रशोधनसम्बन्धी विशिष्ट जानकारी तपाईंले सधैं प्राप्त गर्नुहुनेछ ।
आधारभूत सिद्धान्तहरू
सामान्यतया: हामी तपाईंको व्यक्तिगत तथ्याङ्कलाई दिएको उद्देश्यपूर्तिको लागि आवश्यक पर्ने हदसम्म मात्र प्रशोधन गर्दछौं । व्यक्तिगत तथ्याङ्कलाई दुई समूहमा विभाजन गर्न सकिन्छ – तपाईंको मन्जुरी विना प्रशोधन गर्न मिल्ने व्यक्तिगत तथ्याङ्क र तपाईंको मन्जुरी विना प्रशोधन गर्न नमिल्ने व्यक्तिगत तथ्याङ्क ।
निम्न अवस्थाहरूमा हामीले तपाईंको व्यक्तिगत तथ्याङ्कलाई तपाईंको मन्जुरी विना प्रशोधन गर्दछौं :
  • हामीलाई कुनै कानूनी दायित्व (जस्तै लेखा ऐन) पूरा गर्नको लागि तथ्याङ्क आवश्यक भएमा,
  • हामीले तपाईंसँग गर्न लागेको करार पूरा गर्नको लागि तथ्याङ्क आवश्यक परेमा,
  • तथ्याङ्कको प्रशोधन गर्नको लागि हामीसँग वैध कारण भएमा (सामान्यतया: अनुदानको अभिलेख राख्न, हाम्रा क्रियाकलापहरूको बारेमा सूचना दिन, मानिसहरूसँग योगदान/अनुदानको लागि अनुरोध गर्न, आदि)
बाँकी अवस्थाहरूमा, हामी तपाईंको मन्जुरीको आधारमा तथ्याङ्क प्रशोधन गर्दछौं ।
हामीले व्यक्तिगत तथ्याङ्क प्रशोधन गर्दा अनाधिकृत पहुँच, अप्रत्याशित क्षति वा विनाश हुनबाट सुरक्षति हुनेगरी गर्दछौं ।
हामी व्यक्तिगत तथ्याङ्कलाई आवश्यक पर्ने अवधिसम्म मात्र भण्डारण गर्दछौं र कानूनले दिएको समय सीमा बमोजिम  सङ्ग्रह गर्दछौं । प्रशोधन गर्नुपर्ने कारण सकिएपश्चात वा आवश्यक प्रशोधनको समयावधि सकिएपश्चात, हामी सम्बन्धित व्यक्तिगत तथ्याङ्कलाई डिलिट गर्दछौं ।
हाम्रो वेबपेजबाट सबैभन्दा बढी पटक हामीले कस्तो प्रकारको व्यक्तिगत तथ्याङ्कलाई प्रशोधन गर्दछौं?
  • कुकिज – कुकिज कुनै निश्चित प्रयोगकर्ताको लागि वेबका केही कार्यहरू गर्न मिल्ने बनाउनको लागि प्रयोग गरिने साधन हुन् । कुकिजसम्बन्धी जानकारी, हामीले संकलन गर्ने कुकिज र सो को उद्देश्य र त्यसलाई भण्डारण गर्न नदिन चल्नुपर्ने कदमसम्बन्धी निर्देशन तपाईंले यहाँ पाउन सक्नुहुन्छ ।
  • दातासम्बन्धी तथ्याङ्क – यदि तपाईंले अनुदान (एकपटकको लागि वा पटकपटक) दिने निर्णय गर्नुभयो भने वा हामीले संचालन गरेका कुनै वेबपेजमार्फत् कुनै योगदान गर्ने निर्णय गर्नुभयो भने हामीले तपाईंले त्यसबेला प्रदान गरेको तपाईंको तथ्याङ्क प्रशोधन गर्दछौं ।
  • कुनै कार्यक्रम, क्रियाकलाप, आदिमा सहभागी हुन नाम लेखाउने व्यक्तिको तथ्याङ्क – यदि तपाईंले हामीले संचालन गरेका कुनै वेबपेजमार्फत् कुनै कार्यक्रम, क्रियाकलाप आदिको लागि आफ्नो नाम दर्ता गराउने निर्णय गर्नुभयो भने, तपाईंले त्यस कार्यको लागि प्रदान गर्नुभएको तथ्याङ्क हामी प्रशोधन गर्दछौं ।
  • सूचनापत्र (न्युजलेटर) – यदि तपाईंले हामीले संचालन गरेका कुनै वेबपेजमार्फत् कुनै सूचनापत्र (न्युजलेटर) वा अन्य जानकारीको लागि सब्स्क्राइब् गर्ने निर्णय गर्नुभयो भने, तपाईंले प्रदान गर्नुभएको सम्पर्क विवरण (सामान्यतया: इमेल ठेगाना) प्रशोधन गर्नका लागि हामीलाई तपाईंको मन्जुरीको आवश्यकता पर्दछ ।
प्रशोधकहरूको सूची
हामी तपाईंको तथ्याङ्कलाई बेच्दैनौं न त कुनै तेस्रो पक्षलाई दिन्छौं (तपाईंसँग संचार गर्न सहयोग गर्ने हाम्रा करारका साझेदारहरूलाई र अर्को व्यक्तिलाई तथ्याङ्क दिनुपर्ने कानूनी दायित्व भएको अवस्थामा बाहेक) ।
हामीले प्रशोधक वा अन्य प्रापकहरूको अध्यावधिक गरिएको सूची प्रकाशित गर्ने गर्दछौं । कुनै निश्चित उद्देश्यका लागि तपाईंको तथ्याङ्क प्रशोधन गर्नेसम्बन्धी सूचना कुनै निश्चित सूचीसँग सम्बन्धित हुन्छ ।
तपाईंको मौलिक अधिकारसम्बन्धी जानकारी
तथ्याङ्कको विषय भएको नाताले तपाईंसँग निम्न मौलिक अधिकारहरू हुनेछन् :
  • तपाईंको कुनचाहिँ व्यक्तिगत तथ्याङ्क हामीले प्रशोधन गरिरहेका छौं भन्ने सम्बन्धमा सूचना माग गर्ने अधिकार,
  • व्यक्तिगत तथ्याङ्कको प्रशोधनका सम्बन्धमा हामीबाट स्पष्टीकरणको माग गर्ने अधिकार,
  • हामीसँग उक्त तथ्याङ्कको पहुँच माग गर्ने अधिकार, उक्त तथ्याङ्क अध्यावधिक गर्न, सच्च्याउन वा बन्देज गर्न माग गर्ने, यदि गर्नु परेमा, र प्रशोधन गर्न प्रति आपत्ति प्रकट गर्ने अधिकार,
  • व्यक्तिगत तथ्याङ्कको स्वचालित प्रशोधनको हकमा, तपाईंलाई तथ्याङ्कलाई अर्को अनुप्रयोगमा खोल्न मिल्ने खुला पहुँच (डाटा पोर्टेबिलिटी) को अधिकार हुनेछ,
  • मन्जुरी कुनै पनि समयमा फिर्ता लिन पाउने अधिकार (जहाँ प्रशोधन मन्जुरीमा आधारित हुन्छ), जस्तै तल दिइएको सम्पर्क विवरणमा इमेल वा पत्र पठाएर,
  • हामीसँग भएको व्यक्तिगत तथ्याङ्क डिलिट गर्न अनुरोध गर्ने अधिकार (कुनै कानूनी दायित्व पूरा गर्नको लागि तथ्याङ्क प्रशोधन गर्नुपर्ने अवस्थामा बाहेक अन्य अवस्थामा हामी तपाईंको अनुरोध स्वीकार्न बाध्य छौँ),
  • व्यक्तिगत तथ्याङ्कको प्रशोधनसँग सम्बन्धित दायित्वहरूको अनुपालनाको सम्बन्धमा तपाईंलाई केही शंका लागेमा हामीलाई वा अफिस फर द पर्सनल डाटा प्रोटेक्सनमा सम्पर्क गर्ने अधिकार ।
व्यक्तिगत तथ्याङ्क नियन्त्रक
क्लोभेक भि तिस्नी (Člověk v tísni), ओ.पि.एस. (lkk'n Og gL8), जसको सिट सफरिकोभा (Šafaříkova) २४, १२० ०० प्राग (Prague) २ मा छ र प्रागको नगर अदालतद्वारा व्यवस्थापन गरिएको फाउन्डेसन्स रजिस्टर मा आइडी संख्या २५७५५२७७ मा दर्ता भएको छ, खण्ड ०, फाइल ११९
सम्पर्क विवरण: marek.vozka@clovekvtisni.cz, डाटा प्रोटेक्सन अधिकृतको सम्पर्क विवरण: dpo@clovekvtisni.cz