भू–जोखिमको अध्ययनद्वारा स्थानीयहरुलाई सुरक्षित गर्दै

प्रकाशित २७ जुलाई २०२१ पढ्न लाग्ने समय 3 मिनेट
भू–जोखिमको अध्ययनद्वारा स्थानीयहरुलाई सुरक्षित गर्दै
© Foto: Sajana Shrestha

नेपालमा वि.सं २०७२ मा गएको भूकम्पका कारण सबैभन्दा धेरै प्रभावित १४ जिल्लाहरु मध्ये सिन्धुपाल्चोक जिल्ला एक हो । यस जिल्लामा भूकम्पका कारण पहिरो खस्ने समस्या बढेको छ र मानसुनमा स्थिति थप बिग्रन्छ । वि.सं २०७७ को मानसुनका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको नागपुजेमा पहिरो खस्दा १४ जनाले ज्यान गुमाए, ६२ परिवार विस्थापित भए र १७ जना अझै बेपत्ता छन् । एक वर्ष देखि विस्थापित परिवारहरु पहिरोको डरसँगै पालमा बस्दै आएका छन्, र स्थानीय सरकारद्वारा सुरक्षित स्थानहरुमा सार्नको लागी पर्खिरहेका छन्।

पहिरोको प्रभावकारी न्यूनीकरण र पहिरो व्यवस्थापनको माध्यमबाट ग्रामीण पहाडी क्षेत्रहरुमा समुदायहरुको उत्थ्यानशील्ता बढाउनका लागि युरोपेली आयोगको सहयोगमा पिपुल इन नीड तथा यसका साझेदार संस्थाहरु सामुदायिक आत्मनिर्भरता केन्द्र, भूकम्प टेक्नोलोजी राष्ट्रिय समाज – नेपाल, स्कट विल्सन नेपाल, डुरह्याम विश्वविद्यालय, र नर्थम्ब्रिया विश्वविद्यालयद्वारा प्रतिबद्ध परियोजना कार्यान्वयन गरिरहेका छन् । 

नागपुजे शिविरका विस्थापित सानु मान लामा भन्छन्, “विस्थापित शिविरमा रहँदा, हामीले सरकार र विभिन्न गैरसरकारी संस्थाहरुबाट खाना, कपडा, खाना पकाउने भाँडा, डिग्निटि किट प्राप्त गर्यौं । हामीले अस्थायी आवास र शौचालय निर्माणको साथ साथै पिउने पानीको लागि पनि सहयोग पाएका छौं । यस्ता सहयोगले हाम्रो जीवन स्थिति सुधार गरेता पनि यी सबै अस्थायी हो । हामी शिविरमा सधैं भरि बस्न सक्दैनौं ।”

उनी भन्छन्, “यो शिविर पहिरो खसेको क्षेत्रबाट टाढा छैन । हामीलाई डर छ कि यदि अर्को भारी बर्षा आएमा वर्तमान शिविर पनि बगाएर लान्छ । तसर्थ, हाम्रो आशा छ कि सरकारले यो समस्याको स्थायी समाधान प्रदान गर्नेछ ।”

जीवन र जीविका बचाउन जोखिमको आकलन

नेपाल सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको समन्वयमा रहेको यो परियोजनाले अहिले बाह्रबिसे नगरपालिकामा पहिरो सम्बन्धी भौगर्भिक अध्ययन गरिरहेको छ । अध्ययनको मुख्य उद्देश्य पहिरोको स्थितिको मुल्यांकन र त्यसले मानव बस्तीमा पार्न सक्ने तत्काल जोखिम निर्धारण गरि उपयुक्त न्यूनीकरणका उपायहरु अपनाउने वा अवस्था हेरी सुरक्षित क्षेत्रहरुमा बस्ती स्थानान्तरणको योजना बनाउन मद्दत पुर्याउनु हो । यी क्रियाकलापहरुले प्रत्यक्ष रूपमा जीवन क्षति तथा जीविकोपार्जन र सम्पत्तीको हानिलाई कम गर्नको लागि योगदान गर्नेछ । अध्ययन टोलीमा एक भूगर्भविद, भू–प्राविधिक ईन्जिनियर, सामाजिक विशेषज्ञ, स्थानीय प्राधिकरण र पुलिस प्रशासनका प्रतिनिधि छन् ।

स्रोत, उपकरण र सम्बन्धित निकायको सहयोगको अभावका कारण नगरपालिकाको निरन्तर प्रयासको बावजुद पहिरो प्रभावित स्थलको भौगर्भिक अध्ययन गर्न नसकेको बाह्रबिसेकी उपमेयर सुशीला पाख्रिनले बताइन । “हाम्रो लागि कुनै पनि विपत जोखिम न्यूनीकरण योजना विशेष गरी पहिरोको जोखिममा रहेका क्षेत्रहरु र पहिरो प्रभावित बस्तीहरुको योजना बनाउनको लागि गाह्रो साबित भयो । प्रतिबद्ध परियोजना प्रति हामी आभार व्यत गर्न चहान्छौ । यो प्रतिवेदनको उपयोग गरि हामीले नगरपालिकामा रहेका सबै पहिरो प्रभावित क्षेत्रहरुका लागि प्रमाणमा आधारित योजना शुरू गर्न सक्छौं । 

स्थानान्तरण अनुदान पहुँच गर्न वर्गीकरणको उपयोग

अध्ययन टोलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणद्वारा अनुमोदित 'Technical Guidelines to Conduct Field Investigation of Settlements Affected by Landslides Guideline 2077' को प्रयोग गरि अध्ययन सञ्चालन गरिएको थियो । अध्ययन गरिएका साइटहरु को वर्गहरु १, २ र ३ मा वर्गीकृत गरिनेछ, जहाँ वर्ग १ क्षेत्रहरुका बसोबासका लागि सुरक्षित मानिन्छ, वर्ग २ क्षेत्रहरु पहिरो न्यूनीकरणका उपायहरु अपनाए पछि सुरक्षित मानिन्छ र वर्ग ३ क्षेत्रहरु असुरक्षित मानिन्छ तथा त्यस्ता वस्तीहरु स्थानान्तरण गर्न आवश्यक हुनेछ । यी वर्गीकरणले वर्ग ३ लाभग्राहीहरुलाई सरकारबाट स्थानान्तरण अनुदान रकमको लिनका लागि सहयोग गर्नुका साथै स्थानीय निकायहरुलाई प्रत्येक बर्ष पहिरोद्वारा निम्त्याउने समस्याको दिगो समाधान प्रदान गर्नमा मद्दत गर्दछ ।

अध्ययन टोलीले पहिरोबाट प्रभावित ८ वडाका ४९ वटा वस्तीहरुको अध्ययन पूरा गरिसकेको छ । यस परियोजनाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, दोलाखाको बिगु र तामाकोशी गाउँपालिकाका १०० भन्दा बढी स्थलहरुमा यसै प्रकारको अध्ययन गर्ने योजना गरेको छ ।

Autor: Ransubba Gurung, People in Need Nepal Field Coordinator

सम्बन्धित लेखहरू