नेपाल: “म मेरा साथीहरू सम्म पुग्नु भन्दा पहिले पहिरोले मलाई बगाई दियो ।”

प्रकाशित २० नोभेम्बर २०२० पढ्न लाग्ने समय 3 मिनेट
नेपाल: “म मेरा साथीहरू सम्म पुग्नु भन्दा पहिले पहिरोले मलाई बगाई दियो ।”
© Foto: People in Need

२०१५ सालमा, नेपालको हिमाली क्षेत्र सिन्धुपाल्चोक जिल्लालाई भूकम्पले तहसनहस पारेको थियो । त्यहाँका बासिन्दाहरूले एक पछि अर्को प्राकृतिक जोखिमको संघर्ष गर्नुपरेको छ । उनीहरुको लागी २०२० साल पनि त्यती सजिलो थिएनः जुलाई र अगस्टमा भारी बर्षाका कारण पहिरोले देशका धेरै ठाउँहरूमा असर गर्यो ।

 सिन्धुपाल्चोकमा गएको पहिरो मगरका लागि एक जीवन्त सपना बन्न पुगेको छ । मगर यो घटाना भइरहेको बेला जंगल तिर गइरहेका थिए । “म मेरा साथीहरू सम्म पुग्नु भन्दा पहिले पहिरोले मलाई बगाई दियो । म एकछिनको लागि स्थिर भए, तर मलाई बाँच्नु पर्छ भन्ने कुरा थाहा थियो । त्यसैले म त्यहाँबाट निस्किन धेरै प्रयास गरें तर मैले सकिन । धेरै प्रयास पछि म बेहोस भए । म सधैंका लागी त्यही अड्किन्छु कि भन्ने महसुस भयो ,” मगर सम्झन्छिन् 

“म त्यस रात पानी पिएर बाँचे”

मगरले आफू दलदलबाट निस्किन संघर्ष गरिरहेको असहाय गाउँलेहरूले परबाट हेरिरहेका थिए । उनीहरुले सोचे, मगरलाई बचाउनु पक्कै पनि आफ्नो जीवनलाई नै खतरामा पार्नु थियो । झमक्क रात परिसकेको र मगरलाई परबाट देख्न नसकेकोले, गाउँलेहरूले उ बच्न सफल भएन भन्ने सोचें । अर्कोतर्फ, मगर घाइते भए पनि हार मानेनन् । जसरी भए पनि बाँच्नु पर्छ भन्ने कुराले सताइरहेको थियो । दलदलमा फसेका १२ घण्टा पछि, उनी त्यस ठाउँबाट निस्कन सफल भए । उनी आफ्नो साथीको खाली घरमा पुगे र त्यहाँ रात बिताए । “म त्यो रात पानी पिएर बाँचे र कौइ न कौइ मलाई बचाउन आउँछ भन्ने आशामा बसे । पहिरो भन्दा पनि डरलाग्दो त्यो एक रात त्यहाँ बिताउन थियो,“ आँसु भरिएका आँखाले मगर भन्छन्,।

भोलिपल्ट उसलाई खोज्दै साथीहरू आए र भेट्टाए । उनीहरूले उसलाई नजिकैको स्वास्थ्य केन्द्रमा लगे । मगरको अवस्था गम्भीर भएका कारण उनलाई पछि काठमाडौं लगियो । काठमाडौंमा कोभिड-१९ बिरामीहरू पहिले नै धेरै भएकाले एउटा अस्पतालले उनको भर्ना लिन अस्वीकार गर्यो । त्यसपछि, शेर्पा संघको प्रयासले उनलाई अर्को अस्पतालमा भर्ना गरियो ।

अस्पतालमा १० दिन बिताए पछि आफ्नो गाउँ फर्किएका मगरले उसको घर पहिरोले भत्किएको कुरा थाहा पाए । त्यहाँ फर्किए पछि घरबारविहीन र बेरोजगार मगरले सोचे कि अब उनी घरको आश्रय बिना बाँच्न बाध्य हुनुपर्नेछ ।

विस्थापित परिवारलाई सहयोग


पहिरोबाट प्रभावित क्षेत्रहरूमा मगरजस्ता आन्तरिक विस्थापित व्यक्तिहरूलाई आपतकालीन आवास र आधारभूत सहायता प्रदान गर्न, पिपुल इन नीड (पिन) ले युरोपेली संगबाट मानवीय कोष प्राप्त गरेको छ । पिनको स्थानीय साझेदार संस्था फेज नेपालसँगै मिली पहिरो आपतकालीन प्रतिकार्य परियोजना मार्फत १०० विस्थापित परिवारहरूलाई आवासका सामाग्रीहरू जस्तै जस्तापाता, सादा पाता, तिरपाल र अन्य अस्थायी आवास निर्माणका आधारभूत सामग्रीहरु प्रदान गरियो । 

यसको साथै मगर र अन्य प्रभावितहरुले गैरखाद्य वस्तुका रूपमा जाडोको सामाग्रीहरु प्राप्त गर्याे, जसमा किचेन सेट, ऊनको कम्बल, डसना, प्लास्टिकको बोरा, ज्याकेट, पञ्जा, ऊनीको स्कार्फ र टोपी, र सोलार बत्ति जसले उनीहरुलाई जाडोमा न्यानो राख्न मद्दत गर्दछ । मगर भन्छन्, “म फेरि आफ्नो घर कहिल्यै बनाउन सक्दिन भन्ने मैले सोचेंको थिए । तथापि, यस परियोजनाले मलाई आशाको किरण दिएको छ । सरकारले स्थायी समाधानको योजना नबनाएसम्म म एउटा अस्थायी आश्रय निर्माण गरी बस्न सक्छु । म परियोजनाको सहयोग को लागी आभारी छु ।"  

पिनले युरोपेली संघको साझेदारीमा सिन्धुपाल्चोक, धादिङ्ग र गोरखा जिल्लामा पहिरोबाट प्रभावित जोखिम समुदायलाई सहयोग गरिरहेको छ । कोभिड-१९ बिरूद्ध लड्न सहयोग पुर्याउछ भन्ने हेतुले हामीले यी क्षेत्रहरूमा पानी, सरसफाई, र स्वच्छताको सामाग्रीहरुको सहयोग प्रदान गरिरहेका छौं । यी गतिविधिहरूमा सफा र सुरक्षित सुविधाहरू, पिउने पानीको पहुँच र स्वच्छता प्रवर्धन गतिविधिहरू प्रदान गर्नका लागी लैगिंक विभाजित सामुदायिक शौचालयहरू र पानी संकलन केन्द्र स्थापना गरिएको छ । 

Autor: निशा निरौला, पिपुल इन नीड फिल्ड संयोजक

सम्बन्धित लेखहरू