विपद् जोखिम न्युनीकरणमा महिलाको भूमिका

प्रकाशित ७ मार्च २०२२ पढ्न लाग्ने समय 8 मिनेट
विपद् जोखिम न्युनीकरणमा महिलाको भूमिका
© Foto: सजना श्रेष्ठ

“धेरै स्थानीय निकायहरूका लागि विपद् जोखिम न्युनीकरणमा महिलाको भन्ने बितिकै महिलाहरूको लागि राहत वा प्रतिक्रिया गतिविधिहरूको लागि बजेट विनियोजन मात्र हो जस्तो लाग्दछ। प्रतिबद्घु जस्ता परियोजनाहरूले महिलाहरूको प्रतिमान परिवर्तन गरेको छ। उनीहरु निष्क्रिय बाँच्नेमा मात्र सीमित नभएर सक्रिय परिवर्तनका निर्माताहरू हन्,” पिपुल इन नीडका लैङ्गिक समानता, अपाङ्गता, सामाजिक समावेशीकरण र संरक्षण प्रमुख अरिश्मा श्रेष्ठ भन्नुहुन्छ ।

ताङ्सार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको एउटा बस्ती हो। जहाँ १४ घरधुरीहरु बर्षौदेखी बसोबास गर्दै आईरहेका छन् । १४ वटा घरहरुमाध्ये एउटा हो ५० वर्षिय चमेली देउजाको । चमेली आफ्नै घर नजिक रहेको वारीमा खेती पाती गर्नुहुन्छ भने उहाँको श्रीमान चालक हुनुहुन्छ । उहाँका दुईवटा छोराहरु मध्ये एउटा छोरा बैदैशिक रोजगारीमा विदेशीमा हुनुहुन्छ भने अर्को अध्ययन गर्दै हुनुहुन्छ । जब कुनै समस्या उत्पन्न हुन्छ, चमेली आफ्नो परिवार, देखि लिएर गाईवस्तु र उनीहरूको सामानको सुरक्षाको लागि जिम्मेवार हुन्छ।चमेली भन्छिन्, “हरेक वर्षायाममा बाढी र पहिरोले हाम्रो जमिनको केही भाग लैजान्छ। वर्षको करिब पाँच महिना हुने हिउँदमा हामी सुरक्षित रहन्छौं भने बाँकी वर्ष जोखिममा हुन्छौं।हालको वर्षायाममा हामी तीन दिन नजिकैको पालमा बस्यौं, बच्चाहरू बिरामी पर्न थाले पछि हामी घर फर्कियौं। त्यही रात ढुङ्गाहरू खस्न थाले, र खोल्चाहरुमा पानी बढ्यो । हामीले त्यो खोल्चा पार गर्न नसक्ने हुदाँ हामीलाई साहै्र डर लाग्यो। बच्चाहरु रुन थाले । मैले मेरो नातिलाई काखमा राखेर शान्त पार्ने प्रयास गरें। सौभाग्यले, हामी त्यस रात बाँच्यौं र त्यसपछि हामी फेरि पालमा बस्यौं ।” धरै जना गाउँलेहरु मध्ये चमेली पनि एक हुनुहुन्छ जो उच्च जोखिममा रहन बाध्य छन् भने सुरक्षित स्थानमा स्थानान्तरण आवश्यक रहेको छ ।

बाह्रविसे नगरपालिका पहिरो र बाढीको जोखिममा रहेको कुरा बाह्रविसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिन बताउनु हुन्छ । नेपाल सरकारको विपद् पोर्टलका अनुसार सन् २०२१ मा मात्रै पहिरोले १९४ जनाले ज्यान गुमाए भने १४२ जना घाइते भए, ५६ जना बेपत्ता र ५८६ घर ध्वस्त भएको थियो । सामान्यतया उक्त जोखिम क्षेत्रहरुमा सिमान्तकृत समूदायहरुको बसोबास रहेको छ, जसको कारण उनीहरु विपद्को समयमा विस्थापित हुन्छन् । 

युरोपेली आयोग मानवीय सहयोग निकायको आर्थिक सहायता तथा पिपुल इन नीडको नेतृत्वमा साझेदार संस्थाहरु सामुदायिक आत्म निर्भर केन्द्र, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, स्कट विल्सन नेपाल, डुरह्याम विश्वविद्यायलनथ्रम्ब्रिया विश्वविद्यालयको साझेदारीमा नेपालका पहाडी समुदायमा परिहो न्युनीकरण तथा व्यवस्थापनको माध्यमबाट विपद् पुनःउत्थानशीलता बढाउने उद्देश्यका साथ प्रतिबद्ध परियोजना कार्यान्वयन भइरहेको छ । 

यस परियोजनाले विपद् व्यवस्थापन सम्बन्धी नेपाल सरकारद्वारा बनेका नीतिहरू कार्यान्वयन गर्ने सिन्धुपाल्चोक र दोलखा जिल्लाहरूका नगरपालिका र गाँउपागिकाहरूसँग निकट भएर काम गर्दछ। यस परियोजनाले स्थानीय तह र प्रकोप व्यवस्थापनसँग सम्बन्धित पक्षहरुलाई क्षमता अभिवृद्धि कार्यक्रमहरूको श्रृंखलामा संलग्न गर्दछ। परियोजनाले पहिरोकोे प्रकोप र जोखिम नक्सांकन गर्न नयाँ उपायहरुको उपयोग गर्दै क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्नका साथै कार्यशालाहरू मार्फत सचेतना बढाउने काम गर्दछ। स्थानीय अधिकारीहरू प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि सचेतना बढाउने अभियानहरू र कार्यशालाहरूमा पनि संलग्न छन् । सम्बन्धित सरोकारवालाहरुलाई चेतना अभिबृद्घि अभियानहरु र विभिन्न कार्यशालाहरुमा समावेश गराई पहिरोको प्रकोप र जोखिम सम्बन्धी सचेतना बढाउने छ । विद्यालय समुदायहरूलाई पहिरो, तिनका कारणहरू र तिनीहरूलाई कम गर्ने तरिकाहरू बारे सिकाइन्छ।

साथै, परियोजनाले नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर पहिरो प्रभावित २७ वडाका १५८ स्थानको भू–जोखिम मूल्याङ्कन गरेका छन् । मूल्याङ्कनको उद्देश्य पहिरोको अवस्थाको मूल्याङ्कन गर्नु र नजिकैको बस्ती र पूर्वाधारमा पर्ने तत्काल जोखिमहरू निर्धारण गर्नु थियो। यी मूल्याङ्कनहरूले न्यूनीकरण उपायहरूको योजना बनाउन र जोखिममा रहेका समुदायहरूलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न मद्दत गर्‍यो। यी प्रकोपहरुले प्रत्यक्ष रूपमा मृत्यु र जीविकोपार्जन र सम्पत्तिको हानि कम गर्नेछ।

चमेली र उनको परिवारको अन्य कुनै ठाउँमा जग्गाजमिन छैन । उनको सबै सम्पत्ति ताङ्सारमा छ।चमेली भन्छिन्, “भूगर्वविदले यस ठाउँको भ्रमण गरेका छन् र मूल्याङ्कनपछि उनीहरूले पनि यस क्षेत्र जोखिममा रहेको बताएका छन् । हाम्रो घर, खेतीयोग्य जमिन यहि ठाउँमा छ र हाम्रो अन्य ठाउँमा सम्पत्ति छैन त्यसैले, हाम्रो सुरक्षाको लागि हामीले सबै कुरा त्याग्नु पर्छ र कमाइको विकल्प खोज्नुपर्ने हुन्छ ।”


“कुनै पनि किसिमको विपद् तथा महामरीले सबै तहलाई प्रभाव पार्दछ, मुख्यतया महिला, बालबालिका, बृद्ध बृद्धा, सिमान्तकृत समुदायहरुलाई विपद्को समयमा बढी प्रभावित हुन्छन । भने, यस्तो समयमा गर्भवती तथा सुत्केरी महिलाहरु धेरै नै प्रभावित हुन्छन् ।,” सुशीला पाख्रिन बताउनु हुन्छ र थप्नुहुन्छ, “कुनै पनि प्रकोपको प्रभावलाई कम गर्न, हामीले विपद् पूर्वतयारी र प्रतिक्रिया योजना तयार गरेका छौं। यदि हामीले जोखिम क्षेत्रहरू पत्ता लगाउन र जोखिममा परेका बस्तीहरूलाई पूर्व–पहिचान गर्न र उनीहरूलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सकेमा यो प्रभावकारी हुनेछ र क्षतिलाई कम हुनेछ र हामी जीवन बचाउन सक्छौं।” परियोजनाले पहिरोको उच्च जोखिममा रहेका १७४७ घरपरिवार पहिचान गरेको छ । ती मध्ये, १६५ घरधुरी र ताङ्सारका सबै १४ घरहरू तुरुन्तै स्थानान्तरण गर्न आवश्यक छ।

सुशीला सम्झनु हुन्छ, “प्रारम्भिक चरणमा, नगरपालिकाका लागि नीति तथा योजना बनाउनुपर्दा बाह्रबिसे विपद्को जोखिममा रहेकाले विपद् जोखिम न्युनीकरण बजेटको प्रस्ताव राखेँ । बाह्रबिसेमा २०१५ को भूकम्प, भोटेकोशी नदीमा आएको बाढी र सडक निर्माणले स्थानीयको जग्गा र घरमा क्षति पुयाएकाले बाह्रबिसे नराम्ररी प्रभावित भएको थियो र त्यसबेला हामीले विपद् जोखिम न्युनीकरण बजेटमा ५० लाख विनियोजन गरेका थियौं । त्यसैकारण, हामीलाई थाहा थियो कि हामीलाई भविष्यका प्रकोपहरूको लागि यस्तो बजेट चाहिन्छ।” परियोजनाको कार्यान्वयन भए पछि, बाह्रबिसे नगरपालीकँले आफ्नो विपद् जोखिम न्युनीकरण बजेट अठार मिलियन बाट पच्चिस मिलियन नेपाली रुपैँ यापुर्याएका छन्।

परियोजनाले विपद पूर्वतयारी र प्रतिक्रिया योजना र मनसुन तयारी योजनामा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणको एकीकरण सुनिश्चित गर्दै परियोजनाले दुवै दस्तावेज तयार गर्न सहयोग गरेको छ। परियोजनाले विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरू विपद् बाट सबैभन्दा बढी जोखिममा रहेका व्यक्तिहरूको वडा अनुसार अलग–अलग तथ्याङ्क सङ्कलन गर्न पैरवी गरेको छ, र विपद पूर्वतयारी र प्रतिक्रिया योजनाले ती व्यक्तिहरूको महत्वपूर्ण आवश्यकताहरूलाई प्रतिक्रिया दिनुपर्नेछ । थप रूपमा, परियोजनाले स्थानीय सरकारको बजेट योजना अन्तर्गत विपद् जोखिम न्युनीकरण बजेट विनियोजनको पैरवी गरेको छ । यस आर्थिक वर्षमा, भोटेकोशी नगरपालिकाले विपद् जोखिम न्युनीकरणमा बजेट विगतका वर्षको ४५ लाख विनियोजनबाट नब्बे लाख पुर्यायो।

महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरण

सबैको फरक–फरक आवश्यकता, क्षमता, अवरोध, प्राथमिकता, र सामना गर्ने रणनीतिहरू हुन्छन् । यसकारण, पिनले समुदायहरूको आवश्यकता, अवरोध र क्षमताहरू बुझ्न र विश्लेषणको लागि आफ्नो परियोजनामा लैङ्गिक विश्लेषण सञ्चालन गर्दछ। हाम्रा कार्यशाला र कार्यक्रमहरू लैङ्गिक संवेदनशील र लैङ्गिक सन्तुलित छन्। कार्यक्रमले महिला, वृद्ध, अपाङ्गता भएका र समुदायका सीमान्तकृतहरूलाई समावेश गरी विभिन्न समूहहरूलाई सहभागिताका लागि समान अवसरहरू प्रदान गर्छन् ।   साथै परियोजनाका कर्मचारी र साझेदार कर्मचारीहरू लैङ्गिक मुल प्रवाहीकरणमा सक्षम छन्। पृथक तथ्याङ्क नियमित रूपमा लिङ्ग, उमेर, विविधता र असक्षमताद्वारा सङ्कलन, विश्लेषण र व्याख्या गरिन्छ । उदाहरणका लागि परियोजनामा महिला (५०%), वृद्धवृद्धा (३०%) को समान सहभागिता सुनिश्चित गरिएको छ भने सीमान्तकृत व्यतिmलाई वर्गीकृत गरी उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गरिएको छ।

स्थानीय तहमा पैरवी र समुदाय परिचालनका लागि स्थानीय च्याम्पियनहरू मुख्य रूपमा महिलाहरू कार्यक्रमका प्रमुख सामुदायिक अभिनेताहरू हुन्। प्रतिबद्ध परियोजनाको स्थानीय च्याम्पियन पार्वतीले चमेलीसँग भेट गरी जोखिम पहिचान, सम्भावित विपद्को तयारी र विपद् अघि र पछि सुरक्षित रहन आवश्यक पर्ने सुरक्षा उपायहरूबारे जानकारी गराउँछिन् । उदाहरणका लागि, यी स्थानीय च्याम्पियनहरू, अन्य सीमान्तकृत समुदायहरू र लक्षित लाभार्थीहरूसँग मिलेर आपतकालीन विस्थापन योजनाको विकास र कार्यान्वयनको क्रममा संलग्न र परिचालन हुन्छन्। यसमा सामुदायिक सचेतना र सामुदायिक-स्तरको भू-जोखिम मूल्याङ्कनहरू समावेश छ। जब कमजोर समुदायका सदस्यहरूलाई प्रोत्साहन र सक्षम बनाइन्छ, तिनीहरू कार्य गर्न, प्रतिक्रिया दिन, सामना गर्न र प्रकोपबाट पुन: प्राप्ति गर्न अझ राम्रोसँग तयार हुन्छन्।यस्तो सक्षमताले प्रभावित समुदायहरूको लचिलोपनमा पनि योगदान पुर्‍याउँछ र परियोजनाको दिगोपन बढाउँछ।



विपद् जोखिम न्यूनीकरण फोकल व्यक्तिको रूपमा काम गर्दै

पार्वती नापित, विपद् जोखिम न्युनीकरण सम्पर्क व्यतिm, बाह्रविसे नगरपालिका रहेर ४ वर्षदेखी काम गर्दै हुनुहुन्छ ।आफ्नो अनुभव बाँड्दै उनले भनिन्, “महिलाहरुले विपद्को समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन भने पूर्ण जिम्मेवारीका साथ काम गर्दछन्, त्यसकारण महिला तथा सिमान्तकृत समुदायलाई सबै किसिमका निर्णय प्रक्रिया, सुचना आदान प्रदान र विपद् जोखिम न्युनीकरण योजना तर्जुमा समावेश गराउनु अत्यान्तै महत्वपूर्ण हुन्छ । विपद्को समयमा स्थानीय महिलाहरुले खेल्न सक्ने भूमिका र उनीहरुको क्षमता अभिबृद्धि गराउन हामीलाई तालिमका आवश्यकता पर्दछ ।”

पार्वतीको मुख्य भूमिका भनेको विपद् वा संकटको समयमा समुदाय, नगरपालिका र जिल्ला सरकारका विभिन्न सरोकारवालाहरूबीच समन्वय गर्नु हो। "सामान्यता हाम्रोमा बाढी तथा पहिरो जाने गर्दछ । हामीले विपद्को लागि कुनै वर्षायाम कुर्नु पर्दैन, अहिले पनि केही स्थानहरुमा सुख्खा पहिरोहरु आइरहेको छ । हामीले सहायताको लागि जिल्ला तहका अधिकारीहरुसँग समन्वय गरिरहेका छौं । हामीले पहिरो रोकथामको लागि तारजालीहरु पठाइरहेका छौं ।" 

भोटेकोशी नदीमा बाढीको लागि पूर्वसुचना प्रणाली जडान गरिएको छ । यदी पानिको सतह बढेको खण्डमा साइरन बज्न थाल्छ र हामीलाई सचेत गराउँदछ । उच्च सतर्कता अपनाउनु पर्ने समयमा हाम्रो फोनमा सूचना प्राप्त हुन्छ अनि हामीले वडा कार्यालय हरुलाई जानकारी गराउँदछौं । त्यसपछि पार्वतीले समन्वय गर्न थाल्छिन् ।समन्वय बाहेक उनले राहत सामग्रीको पनि ख्याल राख्छिन् र भन्छिन्, “उनको मुख्य भूमिका विभिन्न सरोकारवालाहरूसँग समन्वय गर्नु र सन्देश प्रवाह, राहत व्यवस्था र वितरणको सन्दर्भमा विपद्को समयमा छिटो प्रतिक्रिया दिनु हो।” पार्वतीले कुनै पनि आपतकालीन वा प्रकोपको समयमा द्रुत प्रतिक्रियाको लागि भण्डारणमा रहेका सामग्रीहरू रेकर्ड गर्छिन् र सहयोगको लागि आवश्यक वस्तुहरूको सूची तयार गर्छिन्।

"थप रूपमा, विपद्को समयमा स्थानीय महिलाहरुले खेल्न सक्ने भूमिका र उनीहरुको क्षमता अभिबृद्धि गराउन हामीलाई तालिमका आवश्यकता पर्दछ । यदी संस्थाहरुले समुदायहरुमा समूहहरु गठन गर्ने र उनीहरुको क्षमता अभिबृद्धि गरेको खण्डमा कुनै विपद् आईपरेको खण्डमा उक्त समूहलाई परिचालन गर्न सकिन्थयो र दिगो पनि हुन सक्थ्यो ।"


नेपालका लागि युरोपेली आयोगका राजदूत नोना डेप्रेज भन्नुहुन्छ,
“जलवायु परिवर्तनले मौसम सम्बन्धी प्रकोपहरूको आवृत्ति र प्रभावलाई बढाउँदैछ, र यसले महिलाहरूमा ठूलो प्रभाव पारेको छ। युरोपेली आयोगले नेपालका समुदाय र अधिकारीहरूलाई विपद् पूर्वतयारी – जीवन र जीविकोपार्जनमा सक्रिय भूमिका रहेको लामो इतिहास छ। यस परियोजनाले देखाएको छ कि महिलाहरू परियोजनाका गतिविधिहरूमा संल्गन मात्र होइन, विपद् पूर्वतयारीमा महत्त्वपूर्ण भूमिका खेल्दछ ।युरोपेली आयोग नेपालका चमेलीजस्ता महिलाहरूको साथमा छ । साथै पहिरो र बाढीलगायत विभिन्न विपत्तिहरूमा उनीहरूको लचकता बढाउँदै, उनीहरूको जीवन र उनीहरूको परिवारलाई बचाउन सशक्त बनाउँदै र उनीहरूलाई निर्णय लिने प्रक्रियामा सक्रिय सहभागी बनाउँदै छौँ।"

संकट र प्रकोपहरूले सबै उमेरका महिला, पुरुष, बालबालिकाहरूलाई फरक फरक प्रभाव पार्छ, र परिणामहरू लैङ्गिक–तटस्थ हुँदैनन्। Tतसर्थ, पिछडिएका, सीमान्तकृत समुदायलाई समावेश गरी लैङ्गिक समानतालाई ध्यानमा राखेर कार्यशाला र गतिविधिहरू डिजाइन गर्न आवश्यक छ। जसले पुनस्प्राप्तिमा योगदान पुर्‍याउँछ, उथ्यनशील्ता बढाउँछ, विपद् तयारी र विपद् जोखिम न्युनीकरणलाई बढावा दिन्छ।

आज अन्तर्राष्ट्रिय महिला दिवस हो र यस वर्षको नारा “सामाजिक न्याय र लैङ्गिक समानता – दिगो विकासको सुनिश्चितता” हो ।

Autor: सजना श्रेष्ठ, सञ्चार तथा पैरवी अधिकृत, पिपुल इन नीड

सम्बन्धित लेखहरू