कोभिड– १९ को रोकथाम र परीक्षणको लागि सहयोग
प्रकाशित १४ सेप्टेम्बर २०२१ पढ्न लाग्ने समय 7 मिनेटनेपालमा फैलिरहेको दोस्रो चरणको कोभिड–१९ विरुद्ध सहयोगको लागी जेठ ३ गते पिपुल इन नीड (पिन)ले पिन क्लब अफ फ्रेन्ड्सका सदस्यहरू र चेक गणतन्त्रका जनतालाई नेपालको सहायता गर्नको लागि सार्वजनिक अपिल गरेको थियो। पिनले केहि दिन भित्रै रु ३४,०००,००० भन्दा बदी रकम जम्मा गरेको थियो।
पिनले जम्मा भएको कोषबाट कोभिड–१९ को रोकथाम र उपचारको लागी आवश्यक भएका सामग्रीहरु जस्तै एन्टिजेन टेस्ट किट, अक्सिमिटर, मास्क, सेनिटाइजर, साबुन, व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), फेस सिल्ड, शल्य पञ्जा, कीटाणुनाशक र स्प्रे बोतल, बेड, स्ट्रेचर र अन्य सामग्रीहरु काठमाण्डौमा खरीद गरेका थियो। स्थानीय अधिकारीहरु र स्वास्थ्यकर्मीहरुसँग परामर्श गरी समुदायको तत्काल आवश्यकता र प्राथमिकताहरुको आधारमा मेडिकल किटहरु समावेश गरिएको थियो। ती स्वास्थ्य सामग्रीहरु बारा, रौतहट, सिन्धुपाल्चोक, र दोलखा जिल्लाहरुमा भएका गाउँपालिका, नगरपालिका, वडा कार्यालयहरु, आइसोलेसन केन्द्रहरु संचालन गरी रहेका स्वास्थ्य चौकीहरुमा पुराउन सफल भयौं ।
पिनका विपद् जोखिम न्यूनीकरण र आपतकालीन संयोजक जम्पा छिरिङ्ग लामा भन्नुहुन्छः “गाँउपालिका/नगरपालिकाको दुर्गमताको बावजुद, पिनले भौगोलिक संरचना र समुदायको लागी आवस्यक तत्काल सेवा पुर्याउनका निम्ति हरेक पालिकालाई समेटेर यस परियोजना संचालन गर्ने ढाचा तयार पारेको छ। यी दुर्गम क्षेत्रहरुमा बस्ने बासिन्दाहरुलाई सदरमुकामको यात्रा गर्न २–३ दिन लाग्छ र पीसीआर परीक्षण गरि परिणाम प्राप्त गर्नको लागी थप २–३ दिन लाग्छ। यो लामो समय अवधिले बिरामीहरु मात्र नभई आम मानिसहरु पनि संक्रमित हुने जोखिम बढाउँछ। त्यसैले, पिनले स्थानीय स्वास्थ्यकर्मीहरुसँग मिलेर एक विस्तृत मेडिकल किट डिजाइन गरेको छ जसमा एन्टिजेन किट र अन्य चिकित्सा आपूर्ति जस्तै मास्क, सेनिटाइजर, पन्जा, र स्ट्रेचर आदि समावेश गरिएको छ।”
बारा, रौतहत, सिन्धुपालचोक र दोलखा जील्लाका ८ गाँउपालिका/नगरपालिका, ६८ वडा कार्यलय, ५८ स्वास्थ्य चौकी र ७ वटा आइसोलेसन केन्द्रमा ती आवश्यक सामाग्रीहरु सफलतापूर्वक वितरण गरिएको थियो। हामीले त्यस क्षेत्रको स्थिति र वितरण गरिएको सहयोगको बारेमा स्वास्थ्य सेवा प्रदायकहरु र सरकारी अधिकारीहरुसँग अन्तरवार्ता लिएका थियौ। पिनद्वारा प्रदान गरिएको सामाग्री स्थानीय अधिकारीहरु, आइसोलेसन केन्द्रहरु र स्वास्थ्य चौकीको सेवाको स्तर बढाउन निक्कै प्रोत्साहित भएको रहेछ भनेर यस अन्तरवार्ता मर्फत हामीले थाहा पायौ।
अन्तरवार्ताका केहि टिपोटहरु
ईश्वर कुमार खड्का, स्वास्थ्य संयोजक, बिगु गाँउपलिका, दोलखा
“अहिले कोभिड–१९ को स्थिति सामान्य देखिन्छ र संक्रमण पनि घट्दै छ। हामीले पाएको सहयोगले हामिलाई संयुक्त रूपमा कोभिड–१९ विरुद्ध लड्न मद्दत गर्दछ । हाम्रो समुदाय वरीपरी पीसीआर परीक्षणको सुविधा नभएको कारण, तपाईहरुद्वारा प्राप्त भएको प्याकेजमा भएको एन्टिजन किट निक्कै उपयोगी र प्रभावकारी हुनेछ। हामीले पीसीआर परीक्षणको लागी स्वाब धुलिखेल पठाउन पर्छ र नतीजाको लागी कम्तिमा एक हप्ता पर्खन पर्छ। तर अब हामी कुनै एक ठाँऊमा बसेर तुरून्तै परीक्षण गरेर केही मिनटमा नै परिणाम पाएर पोजिटिभ केसहरु पहिचान गर्न सक्छौ। यसरी हामी संक्रमितलाई तुरुन्तै आइसोलेट गर्न सक्छौ।”
अरुण कुमार मिश्रा, स्वस्थ्य संयोजक, तामाकोसी गाँउपालिका, दोलखा
“पर्याप्त साधनहरु छ भने हामी स्वस्थ्यकर्र्मीहरुको लागी काम गर्न र आइसोलेसन् केन्द्र चलाउन निक्कै सहज हुन्छ। तपाईहरुले वडा कार्यालय, आइसोलेसन् केन्द्र, गाँउपालिका र स्वस्थ्य चौकिमा दिनुभएको प्यकेजले हामीलाई धेरै मद्दत पुगेको छ। तपाईहरुको समर्थन बिना हामीलाई विभिन्न एकाइहरुमा सेवा सुबिधा प्रदान गर्न गा¥हो हुन्थ्यो। हामी यी सामग्रीहरुलाई प्रभावकारी तरिकाले आवश्यक परेको ठाँउमा उपयोग गर्नको लागी योजना बनाइरहेका छौ। हामी यी सामग्रीहरु भविष्यमा हुन सक्ने खराब परिस्थितिको लागी पनि बचत गर्नेछौ। एन्टिजेन किट पर्यप्त प्राप्त भएको कारण, हामी प्रत्यक वडामा एक फोकल व्यक्ति तोक्ने योजना बनाइरहेका छौ ताकि समुदयका मानिसहरुले आफ्नो घर ढोकामा नै कोभिड–१९ परिक्षण गराउन सकोस्। र समयमा नै संक्रमण पत्ता लगाएर, फैलिने सम्भवना सिमित गर्न सकुन् भन्ने हाम्रो योजना छ। हामीले पीसीआर गरेर स्वाब चरीकोट पठाउनु पर्छ र परिणामको लागी केहि दिन पर्खनु पर्छ। स्वाब संकलन गर्न हामीलाई विशेष व्यक्ति र राख्नको लागी तापमान कायम राख्ने बाकसको आवश्यक हुन्छ जसले गर्दा परिक्षण गर्न गाह्रो भएको थियो।"
संगीता बस्नेत, भीरकोट स्वस्थ्य चौकिको इनचार्ज, तामाकोसी गाँउपालिका, दोलखा
“यस्तो कठिन समयमा सहयोग प्राप्त हुदा हामी धेरै खुशी छौ। हामीसँग बिरमीहरुलाई बोक्न आवश्यक स्ट्रेचर थिएन। विशेष गरी सडकको पहुँच नभएको गाउँबाट गर्भवति महिलाहरुलाई बोकेर स्वास्थ्य चौकि ल्याउनको लागि यो स्ट्रेचर उपयोगी छ। हामीले पाएका सामग्रीहरु कोभिड–१९ को संक्रमण सिमित गर्न र कोभिड पोजिटिभ बिरामीहरुलाई हेरचाह प्रदान गर्न उपयोग गर्ने छौ।”
पारस राज यादव, स्वस्थ्य संयोजक, आदर्श कोटवाल गाँउपालिका, बारा
“कोभिड–१९ को नयाँ भेरियन्टका कारण सुरुमा स्थिति व्यवस्थापन गर्न कठिन थियो। गत वर्षको तुलनामा यस वर्ष संक्रमण संख्या ६० सम्म बढेको थियो जुन हाम्रो क्षेत्रमा धेरै हो र कोभिडको कारण ३ जनाको निधन पनि भयो। हामीले स्वाब संकलन गरेर प्रयोगशाला पठाउथिए तर परिणाम आउन लगभग कम्तीमा ३–४ दिन लाग्थ्यो। तब सम्म हामीलाई जनताको उत्सुकता सम्हाल्न गह्रो हुन्थ्यो। तर केहि समयमा नै परिणाम आउने हुदा तपाईहरु मार्फत प्राप्त भएको एन्तिजेन किट हामीलाई निक्कै उपयोगी हुनेछ।”
रामबाबु प्रसाद साह, मुख्य प्रशासनिक अधिकारी, मौलापुर नगरपालिका, रौतहत
“यहाँ कुनै पनि समाजिक दुरी कायम छैन। मानिसहरु भेला भएर विवाह, समारोहहरु गरिरहेको छन्। त्यसै गरी, स्थानिय स्तर योजनाको समयमा यहा ठूलो सभा र जुलुसको आयोजना पनि भएको थियो। समुदायका मानिसहरुमा निक्कै कम चेतना छ। त्यसैले, धेरै कम मानिसहरु मात्र स्वस्थ्य शिविरमा पीसिआर परीक्षणको लागी आउछन्। हामीलाई सम्पर्क ट्रेसिङ गर्न पनि समस्या भइरहेको छ। हामीलाई प्रदान गरिएको सामाग्री (विशेष गरी मेडिकल बेड) को निक्कै आवश्यक थियो। यसबाहेक, हामीले पाएको मास्क र स्यनिताइजर कार्यालयको बैठकहरु, कार्यक्रमहरु र प्रशिक्षणको समयमा कर्मचारी र जनताको लागी प्रदान गर्नेछौ।”
सुरेन्द्र साह, आइसोलेसन केन्द्र, मौलापुर नगरपालिका, रौतहत
“हामीले अहिले सम्म कुनै सङ्गसंस्थाबाट कुनै सहयोग पाएको थिएन। यो पहिलो पटक हो। हामीसँग आइसोलेसन केन्द्रमा अघिल्लो वर्षको केहि सामग्रीहरु थियो जुन हामीले यस वर्ष उपयोग गरेर स्वस्थ्यकर्र्मीहरुलाई दोस्रो लहर शुरु भए पश्चात परिचालन गर्यौ। हामीले नगरपालिकाबाट केहि सामान किन्न सफल भयौ। हामी सँग ५ वटा बेड र ५ वटा अक्सीजन सिलिन्डर मात्र थियो जुन बिरामीहरु बढ्ने बेला अभाब हुन्थ्यो। अहिले हामीसँग ५० वटा सिलिन्दरको व्यवस्था छ। तपाइहरुले प्रदान गर्नु भएको २५ वटा मेडिकल बेडको सहयोग पाउदा, हामीले अब एक अस्पताल जस्तै आइसोलेसन् केन्द्र बनाउन सक्छौ।”
सरु पौडेल, केस अन्वेषण र सम्पर्क ट्रेसिङ् (CICT) फोकल व्यक्ति, जिल्ला स्वास्थ्य कार्यालय, गौर
“अहिले संक्रमणको केसलोड कम छ तर त्यसको मतलब महामारी नियन्त्रणमा भएको होइन। वास्तवमा कम सम्पर्क ट्रेसिङ भएको कारण केसहरु पनि घट्दै गएको देखिएको हो। तर, वास्तविकतामा संक्रमण सामुदायमा अझै उच्च छ। अप्रील् र् मे महिनाको तुलनामा कोरोनाबाट मुक्त भएको संख्या बढेको छ तर अर्को तिर भने पीसिआर परीक्षण धेरै कम छ। प्रकोपको समयमा मानिसहरु डरको कारण मास्क लगाउछन् तर अब निषेधग्या हटेको साथै, मानिसहरुले मास्क लगाउन वा अन्य रोकथामका उपायहरु अपनाउन रोकिसकेका छन्।”
पिनले आफ्नो परियोजना भएका जिल्लाहरुको स्थानिय अधिकारीहरुसँग समन्वय गरीरहेको छ। हामीले उहाँहरुको स्वस्थ्य चौकीहरु, स्थानिय र वडा स्तरको लागी उपयोग हुने कोभिड–१९ विरुद्धको सामाग्री प्रदान गरी समर्थन गरेको छौ। त्यस्तै गरी, हामीले गत वर्ष हात धुने स्टेशनहरु स्थापना गरेका क्षेत्रमा ७७५ जना जोखिममा परेका व्यक्तिहरुलाई मास्क र साबुन वितरण गरेका छौ।
कोभिड –१९ महामारीको दोस्रो लहरमा पिनले तुरुन्तै आफ्ना परियोजनाहरुलाई समायोजित गरेका थियो। हाम्रो तराईमा रहेको आरम्भ परियोजनाको माध्यमबाट हामीले लगातार कोभिड –१९ विरुद्ध रोकथाम, महिला बालबालिकाको शिक्षाको महत्व र बालविवाहको जोखिम बारे रेडियो कार्यक्रम मार्फत जनचेतना प्रसारण र माइकिङ गर्दै आएका छौ।
कोभिड–१९ सँग सम्बन्धित जानकारी वास्तविक समयमा
पहिलो चरणमा, पिनले विपद पोर्टल अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको कोभिड–१९ ड्यासबोर्डलाई पनि समर्थन गरेको छ। पिनले प्राविधिक विशेषज्ञताका साथै कोभिड–१९ ड्यासबोर्डमा नयाँ जानकारीहरु र विशेषताहरु, अतिरिक्त नयाँ सुविधाहरु समावेश गर्न आर्थिक सहयोग पनि गरेका थिए। जसमा खोप सम्बन्धी जानकारी (पहिलो खुराक वा दोस्रो खुराक), स्वास्थ्य पूर्वाधार सम्बन्धी जानकारी (अक्सिजन सिलिन्डर, एम्बुलेंस, भेन्टिलेटर, आईसीयू बेड, एचडीयू बेड, सामान्य बेड), पीसीआर परीक्षण सम्बन्धित डाटा (जस्तै एन्टिजेन टेस्ट) जस्ता विभिन्न जानकारीहरु समावेश गरेको थियो। नेपालका सबै जिल्लाका अधिकारीहरुले पोर्टलमा डाटा अपडेट गर्न सक्नेछन्। अब कोभिड–१९ सँग सम्बन्धित जानकारीहरु वास्तविक समयमा हेर्न सकिन्छ।
महामारीको बेलामा परिवार र समुदायको आवश्यकता र प्राथमिकताह?लाई पहिचान गर्नको लागी २०२१ सालको जून–जुलाईमा पिनले रौतहट, बारा, सिन्धुपाल्चोक, दोलखा, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा कोभिड–१९ को माध्यमिक प्रभावहरुको बृहत् मूल्यांकन गर्यो। जीविकोपार्जन, अर्थव्यवस्था, खाद्य सुरक्षा र परिवारह?को सुरक्षा, स्थानीय सरकारको कोभिड–१९ प्रतिकार्य व्यवस्थापन क्षमताका साथै योजना, समन्वय, अनुगमन, अन्तर, चुनौतिहरु र आवश्यकताहरु सहित र पिनको लाभार्थी किशोरीहरु को मनोवैज्ञानिक प्रभाव, भावनात्मक असर र उनीहरुको स्थिति पहिचान गर्नको निम्ति मूल्यांकन गरेको थियो।
साथसाथै, पिनले कोभिड–१९ सम्बन्धी सम्भावित अफवाहहरु सँगै कोभिड–१९ को सुरक्षा उपायहरुको पालना गर्न बाधाहरुलाई बुझ्न बाधा विश्लेषण गरेको छ। यो मूल्ङ्याकनको नतिजाहरु अब संगसंस्थाको कार्यक्रम अनुकूलनको सूचित गर्नको लागी विश्लेषण गरीरहेका छौं र कोभिड–१९ प्रतिकार्यको दोस्रो चरणको शुरू गर्नको लागी उपयुतm हुनेछ।