सिकाई जहिले पनि सजिलो हुँदैन, विशेष गरी आपतकालिन समयमा, तर यसलाई रोक्नु हुँदैन ‼

प्रकाशित ८ मार्च २०२१ पढ्न लाग्ने समय 6 मिनेट
सिकाई जहिले पनि सजिलो हुँदैन, विशेष गरी आपतकालिन समयमा, तर यसलाई रोक्नु हुँदैन ‼
© Foto: Sajana Shrestha

अठार वर्षीया अप्सना (नाम परिवर्तन गरिएको) कहिल्यै स्कूलमा गएको छैन, तथापि उसले हालसालै उनको गाउँको सामुदायिक सिकाइ केन्द्र (सीएलसी) मा भाग लिने अवसर पाएकी थिइन् । यूके ऐडको गर्ल एडूकेशन च्यालेन्जको आर्थिक सहयोगमा पिपुल इन नीडको नेतृत्व र स्थानीय साझेदार संस्था असमान नेपालको संयोजनमा आरम्भ परियोजनाद्वारा सीएलसी सञ्चालित गर्दैछन् । यस परियोजनाले रौतहट र बारा जिल्लाका विवाहित र विद्यालय बाहिर रहेका किशोरीहरूसँग काम गर्दैछ, जस मार्फत साक्षरता, संख्यात्मक ज्ञान र जीवन उपयोगी सीप पाठहरू प्रदान गर्दछन्।

कहिलेकाँही अप्सनाको उपस्थिति कक्षामा अनियमित हुन्छ तर उनी पढ्नमा रुचि राख्दैनन् भन्ने होइन कि उनको एउटा सानो बच्चा छ जसको हेरचाह गर्नुपथ्र्यो । दैनिक रुपमा घरका सबै कामहरू सिध्याएपछि उनी कक्षामा भाग लिन्छिन् । उनी २-३ घण्टा कक्षामा हुँदा उनका घरपरिवारका सदस्यहरुले उनको बच्चाको हेरचाह गर्नुहुन्छ । अप्सना जस्तै, २०१९ देखि २०२० साल सम्ममा यस कक्षाको साक्षरता, संख्यात्मक ज्ञान र जीवन उपयोगी सिप सिकाई कक्षामा १,७०९ विवाहित विद्यालय बाहिर रहेका किशोरीहरू भर्ना भएका थिए । ती किशोरीहरु नेपालमा सबैभन्दा सीमान्तकृत र पिछडिएका जातीय समुदायमा (३३% मुस्लिम, १९% दलित) पर्दछ । ५०% भन्दा बढी किशोरीहरु कहिल्यै पनि विद्यालय आएका थिएनन्, र बाँकी प्राथमिक विद्यालय तहवाट र थोरै संख्यामा माध्यमिक तहवाट विद्यालय छाडिसकेकाहरु थिए ।

कोभिड-१९ को असर कम गर्न राष्ट्रव्यापी लकडाउन

२४ मार्च २०२० मा नेपाल सरकारले कोभिड-१९ को महामारीलाई फैलनबाट न्युनिकरण गर्नका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गर्याे । जसको कारण परियोजनाका सबै गतिविधिहरू स्थगित गरियो र परियोजनाले सबै ८३ वटा सीएलसीहरू बन्द गर्नुपर्याे ।

पुनः अप्सना आफनै घरमा बस्न बाध्य भइन । उनको कक्षाकोठा नै छैन । लकडाउनको कारण उनी कतै जान पनि सक्दिनन् । उनको दिनहरु घरको नियमित काम गर्दै र परिवारको हेरचाह गर्दै बितिरहेका थिए । “एक दिन मेरो श्रीमान्लाई परियोजनाबाट फोन आयो र मैले फोनको माध्यमबाट सिकाइमा भाग लिन सक्छु कि भनेर सोध्नुभयो । उहाँले सबै आवश्यकताहरूको बारेमा छलफल गर्नुभयो र मलाई जानकारी दिनुभयो । यो खबर सुनेर म अत्यन्त खुशी भए”, अप्सना खुशी हुदै बताउँछिन् । उनी थप्छिन्, “म घरैबाट हप्ताको २–३ दिन फोनबाट दैनिक रुपमा १५–२० मिनेट अध्ययन गर्दैछु। यो सजिलो र सम्भव थियो । त्यसैले मेरा श्रीमान् र परिवारका सदस्यहरुले पनि सहमत हुनुभयो ।”

सिकाईमा अवरोध हुन नदिन र किशोरीहरुको पढाईमा सहयोग जारी राख्न मोबाइल प्रविधिको माध्यमबाट दूर शिक्षण सिकाईलाई प्राथमिकीकरण गरी परियोजनाले संक्षिप्त परिक्षण गर्याे र पछि वैकल्पिक दृष्टिकोणलाई बिस्तार गर्याे । स्थानीय महिला सहजकर्ताहरुले मोबाइल फोन मार्फत किशोरीहरुलाई अध्यापन गराए र कोभिड १९ को माहामारी, लक्षणहरु बारे बच्ने उपायहरु र स्थानीय स्तरमा उपलब्ध सेवाहरुवारे जानकारी गराए । “मेरो श्रीमान् घरमै हुनु भएकोले म दुर शिक्षण सिकाईमा सहभागी हुन फोन सजिलै प्रयोग गर्न सक्थें तर कहिलेकाहीँ मेरो बच्चा रोएर कक्षामा बाधा हुन्थ्यो । त्यसपछि मेरो श्रीमानले मेरो अध्ययनमा सहयोग गर्नुहुन्थ्यो । गाह्रो भए पनि, मलाई फोनबाट पढ्न रमाईलो लाग्थ्यो”, अप्सना बताउँछिन् । परियोजनाले मे देखि सेप्टेम्बर महिना, २०२० सम्म १,२१४ जना किशोरीहरुसँग दुर शिक्षण सिकाई पूरा गर्यो । 

"म सिक्न अझ बढी समय दिन सक्छु र एउटा राम्रो कुरा के भयो भने मेरो परिवारले मैले सीएलसीमा बिताएको मेरो समयको मूल्य बुझ्यो । अब उनीहरूले थाहा पाए कि म अरु केहि हैन साक्षर हुन सीएलसीमै छु,"

अर्को किशोरी खुस्बूले अनुभव साट्छिन्, "मेरो आमाको फोन भएको कारण मैले सजिलोसँग दुर शिक्षण सिकाईमा भाग लिन सक्थें । कम्तिमा लकडाउनको क्रममा पनि म अध्ययन गर्न सक्दछु भनेर म खुशी थिए । पहिले, मसँग फोनमा पहुँच थिएन तर अध्ययनका लागि मैले फोन प्रयोग गर्न पाए र मैले यसलाई पनि राम्रोसँग प्रयोग गर्न सिकें ।” सिकाईको अतिरिक्त किशोरी र उनीहरूका श्रीमान्, परिवार बीच विश्वास पनि सिर्जना गर्‍यो किनकि उनीहरूले किशोरीहरूले के सिकिरहेका थिए भनेर ठ्याक्कै बुझ्न सके । "म सिक्न अझ बढी समय दिन सक्छु र एउटा राम्रो कुरा के भयो भने मेरो परिवारले मैले सीएलसीमा बिताएको मेरो समयको मूल्य बुझ्यो । अब उनीहरूले थाहा पाए कि म अरु केहि हैन साक्षर हुन सीएलसीमै छु,” अर्की किशोरीले साझा गर्छिन्। अर्की किशोरीले थप्छिन् "म सिक्नमा रुचि राख्छु, त्यसैले म घरमा एक्लै भए पनि, मोबाइलको माध्यमबाट सिक्नुले मलाई व्यस्त बनाउँछ। यो मोबाइल मेरो आमा र बुबाले दिनु भएको हो त्यसैले म यो मेरो आवश्यकताको आधारमा प्रयोग गर्न सक्दछु।”

यद्यपि, सबै किशोरीहरुको मोबाइल फोनमा पहुँच थिएन र सबै अभिभावकहरूले दूर शिक्षाका लागि सहमति प्रदान गरेनन् । त्यसकारण, परियोजनाले रेडियो कार्यक्रमहरू मार्फत सबै परियोजना कार्य क्षेत्रहरूमा किशोरीहरुमा पुग्न सन्देशहरू प्रसारण गर्यौ । कोभिड १९ को अवधिमा सुरक्षित स्वच्छतामा केन्द्रित सन्देशहरू जस्तै लैंगिकतामा आधारित हिंसा (जिबीभी), यौन तथा प्रजनन स्वास्थ्य, गर्भावस्था र सुरक्षित मातृत्व सम्बन्धी जानकारी लगायत महामारीको बखत उपलब्ध रिपोर्टिंग सहयोगी संयन्त्र, र दुबै बाल विवाह र विद्यालय बाहिरिनुको हानिकारक प्रभावहरूको बारेमा सन्देशहरू थिए । त्यसैगरी, किशोरीहरुको शिक्षासँग सम्बन्धित विभिन्न विषयहरूमा सप्ताहिक छलफल र नाटकहरु प्रसारण गरिएका थिए, जस्तै स्कूल बाहिरका बच्चाहरूको स्थिति र स्थानीय स्तरको कार्य योजनाहरू ।

सीएलसी पुनः खुल्दै

छ महिना सम्म सीएलसी पुर्ण बन्द भएपछि, सेप्टेम्बर २०२० मा सरकारले लकडाउन र प्रतिबन्धहरू खुकुलो गरेपछि यस परियोजनाले सीएलसीहरू सुरक्षित रुपमा पुनः खोल्ने कार्यविधी ल्यायो । सबै ८३ वटा सीएलसीहरू पूर्ण रूपमा खोल्नु अघि सरसफाई गरिएको थियो । ती सबै आधारभूत सरसफाईको सामग्रीहरु (हात धुने कुरा र स्यानिटेजर) उपलब्ध थिए र किशोरीहरु र सहजकर्र्ताहरूका लागि सबै आवश्यक व्यक्तिगत सुरक्षात्मक सामग्री (मास्क, पन्जा) उपलब्ध गराइएको थियो ।

परियोजना टोलीले सीएलसीहरू पुनः खोलेर साना समूहमा सिकाई शुरू गर्याे; जसले परियोजनाको नाम ’कोहि किशोरी पछि नपरुन्’ साँचै नै काम अनुसारको छ भन्ने प्रमाणित गरेको छ ।”


पिपुल इन नीडका लैंगिक समानता र सामाजिक समावेशीकरण मूलधारका संयोजक अरिश्मा श्रेष्ठ बताउँछिन्, “यस परियोजनाले लकडाउन पछाडि दूर शिक्षण सिकाइको उपाय अनुकूलन गर्न सक्षम भएको थियो । जो दुर्गम सत्रहरूमा भाग लिन सक्दैनन् र सिकाई प्रगतिको क्रममा पछाडि परेका थिए उनीहरूलाई प्राथमिकता दिइयो, र परियोजना टोलीले सीएलसीहरू पुनः खोलेर साना समूहमा सिकाई शुरू गर्याे; जसले परियोजनाको नाम ’कोहि किशोरी पछि नपरुन्’ साँचै नै काम अनुसारको छ भन्ने प्रमाणित गरेको छ ।” सुरुमा परियोजनाले २०२० अक्टोबरमा प्रत्येक पालिकामा एक एक गरी प्रत्येक दुई हप्ताका लागि चारवटा सीएलसी मात्र पुनः खोलियो । परियोजनाका कर्मचारीहरूले सहजकर्ताहरू र किशोरीहरुले सुरक्षा प्रोटोकोलहरू र स्थानीय सरकारको निर्देशनहरूको पालना गरेको सुनिश्चित गरे । दुई हप्ता सम्म चारवटा सीएलसीको अनुगमन गरेपछि परियोजना टोलीले सबै सीएलसीहरू फेरि खोल्ने सम्भावना पत्ता लगायो । “म फोनबाट अध्ययन गर्दै भएपनि, मैले मेरो अरु साथीहरुलाई र समूहमा गर्ने सिकाईहरु सम्झिरहेकी थिएँ । मलाई खुशी छ कि म अब सीएलसीमा सानो समूहमा सामेल हुन पाए तर मसँग सामेल हुन नसकेका साथीहरुलाई सम्झिन्छु,” तेह्र बर्षे खुस्बुले भनिन् । उनी अझै थप्छिन्, “कक्षामा प्रवेश गर्नु अघि हामीले आफ्नो हात सफा गर्नुपर्छ र मास्क लगाउनु पर्छ“। अक्टोबरको अन्तमा, यस परियोजनाले सबै ८३ सीएलसीहरू ४ देखि ६ किशोरीहरुको सानो समूहमा (कोठाको आकारको आधारमा) पुनः खोल्यो र एक घण्टाको लागि नियमित सिकाई गतिविधिहरू पुनः सुरू गर्यो । महामारी भन्दा पहिले, एक सीएलसी १५–१८ किशोरीहरु सम्मिलित थियो, र कक्षा २.५ देखि ३ घण्टा सम्म चल्थ्यो.

“कोभिड १९ जस्तो आपतकालिन परिस्थितिमा महामारीले सीमान्तकृत किशोरीहरुलाई सिकाई क्रियाकलापबाट बाहिरिन उच्च जोखिममा राख्दछ, सम्भाव्य रूपमा अन्य सुविधाहरूबाट र शिक्षाले ल्याउन सक्ने जीवनका अवसरहरूबाट बञ्चित गर्दछ । उनीहरूको बढेको शैक्षिक आवश्यकताहरू कार्यक्रम अनुकूलन मार्फत पूरा गरिनु पर्दछ । दूर शिक्षण सिकाई प्राविधिक र प्राविधि दुबै रूपमा चुनौतीहरू थियो । यद्यपि यसले किशोरीहरुलाई नियमित शिक्षण सिकाइमा निरन्तर रहन मद्दत पु¥याएको छ, जसलाई सीएलसीमा सानो समूह शिक्षण सिकाईले बढावा दियो, किनकि किशोरीहरुले आफ्ना साथीहरूसँग मिलेर भौतिक उपस्थितीमा अन्तक्रिया गर्दा अझ बढी कुशलतासाथ सिकाई हुन्छ । कार्यक्रमले सबै प्रोजेक्ट कर्मचारीलाई सबै प्रतिकूल परिस्थितिमा सिकाई विना कुनै अवरोध निरन्तर रहनेछ भन्ने कुरा सुनिश्चित गर्न प्रशिक्षण सुरु गरेको छ,” भरत श्रेष्ठ कार्यक्रम प्रबन्धक, पिपुल इन नीड 

Autor: सजना श्रेष्ठ, संचार तथा पैरवी व्यवस्थापक, पिपुल इन नीड

सम्बन्धित लेखहरू