Pratibaddha II Learning Book

Pratibaddha Project Team

युरोपियन युनियनको आर्थिक सहयोगमा दोस्रो चरणको प्रतिबद्ध परियोजनामार्फत विशेषगरी विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि स्थानीय सरकारको योजना तर्जुमा तथा कानुन निर्माणमा सहजीकरण गर्ने, विपद् जोखिम न्यूनीकरणका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन प्रक्रियामा सहकार्य गर्ने, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा पहिरो प्रभावित समुदायको भौगर्भिक अध्ययन र मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना कार्यविधिको कार्यान्वयन, मौसम पुर्वानुमानमा आधारित पूर्वकार्यका लागि जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा स्थानीय सरकार र समुदायको क्षमता विकास र विद्यमान सामाजिक सुरक्षाका कार्यक्रमलार्ई विपद् उत्तरदायी बनाउनका लागि के÷कस्ता प्रयास गर्न सकिन्छ भन्ने विषयमा अध्ययन तथा कार्यान्वयन प्रक्रियामा स्थानीय, प्रदेश, सङ्घीय सरकार र जिल्ला प्रशासन कार्यालयसँग समन्वय र सहकार्य गर्नु थियो । 
परियोजनाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कामका लागि नेपालको संविधानले प्रदान गरेका अधिकार र दायित्वका क्षेत्रलार्ई मध्यनजर गर्दै ३ तहका सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्न पहल गर्नु अर्को काम थियो । 
परियोजना सञ्चालन गरिएका क्षेत्रहरूमा बर्सेनि मनसुनजन्य विपद्बाट ठूलो मात्रामा जनधनको क्षति भैरहेको अवस्था छ । विद्यमान अवस्थामा स्थानीय तहमा जोखिमयुक्त क्षेत्रको अनुपातमा पर्याप्त जनशक्ति, स्रोत र साधनको अभावले गर्दा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा आशातित उपलब्धि हासिल गर्न नसकिएको कुरा नकार्न सकिँदैन । मौसम पूर्वानुमानका आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा लगानी बढाउन सकेमा मनसुनजन्य विपद्को प्रभाव न्यून गर्न सकिने अवधारणामा स्थानीय सरकार र समुदाय तहमा सहजीकरण गर्नुपर्ने आवश्यकता थियो । सोही आवश्यकतालाई मध्यनजर गर्दै प्रतविद्ध चरण दुई परियोजना सञ्चालन गरिएको हो । 
 

डाउनलोड