उन्नत गोरेटोबाट प्राप्त भएको पैसाले मैले घर बनाए, भूकम्प प्रभावित नेपालका बिनोद कार्कीको भनाइ
प्रकाशित १० जनवरी २०१८ पढ्न लाग्ने समय 2 मिनेट“म भारतमा थिएँ। भूकम्प गएपछि तेस्रो दिनमा म घर आइपुगें । मेरो सबै सम्पत्ति, घर भत्किएर पुरिएको थियो ।”, गोरखा बस्ने बिनोद कुमार कार्कीको भने । नेपालमा बैशाख १२, २०७२ मा ७.८ म्याग्नेच्युडको भूकम्प गयो र त्यसपश्चात थुप्रै भूकम्पका धक्काहरु साथसाथै पहिरोहरु पनि गए । ८,५०० भन्दा बढी मानिसहरुले आफ्नो ज्यान गुमाए र ५ लाख भन्दा बढीको घर ध्वस्त भएको थियो । पहिलो केहि दिन आफ्नो सन्तानहरुलाई खाना खुवाउनको निम्ति अन्न र खाना पकाउने भाँडाकँुडा खोज्न भत्किएको घर पन्छाउने र खन्ने काममा नै लाग्यो ।
३ बर्ष पछि, भूकम्पले बिग्रिएको गाउँ छेउछाउको बाटोहरु बनाउनको निम्ति कार्की दुई हजार भन्दा बढी कामदारहरुको माझमा एक स्थानिय निर्माणको कामदार भएर भूमिका निभाइरहेका छन् । बजार, विद्यालय, स्वास्थ्य क्लिनिक र अरु गाउँमा जानको निम्ति येही गोरेटो बाटोहरु मात्र यहाँका समुदायका मानिसहरुका लागि एक माध्यम हो । युके एडको आर्थिक सहयोग, पिपुल इन नीड संस्थाको नेतृत्वमा र स्थानीय साझेदारी संस्था फेज नेपाल, लुमन्ती र स्कट विल्सन नेपालको सहयोगमा कार्यान्वयन भएको परियोजना मार्फत १२५ कि. मि. भन्दा लामो गोरेटो बाटोको पुर्ननिर्माण गत एक वर्षमा मात्र सम्पन्न भयो ।
नेपालमा रोजगारको सिमित अवसर भएको कारण कार्की भारतमा काम गर्न बर्षेनी जानुहुन्थ्यो र पैसा पठाउनुहुन्थ्योे । यो वर्ष भने उहाँले आफ्नै घर तिर ‘उन्नत गोरेटो परियोजना’ मा काम गर्ने मौका पाउनुभयो जसक कारण उहाँले आफ्नो घरको पुर्ननिर्माण सुरु गर्न पाउनुभयो । यस परियोजनामा करिब ४० दिन काम गरेपछि उहाँले ४५,००० रुपैया जति प्राप्त गर्नुभयो । जसमध्ये धेरै जसो उहाँले आफ्नो नयाँ घरको लागि निर्माण सामग्री खरिद गर्नमा प्रयोग गर्नुभयो। बाँकि पैसाको उहाँले एउटा भैंसी र बाख्रा किनेर सानो पशुपालनको व्यवसाय समेत सुरु गर्नुभएको छ।
कार्की जस्ता धेरै गाउँलेहरुले कमाएको पैसाबाट भुम्कम्पले क्षतीग्रस्त भएको घरको पुर्ननिर्माण गरेका छन्। । गत वर्ष मा लगभग १,५०,००,००० रुपैया स्थानीय श्रमिक समूहलाई वितरण भएको छ । यो पैसाले समुदायहरुमा पुनः लगानी गरिएको छ, जसले कार्की जस्ता भूकम्पको क्षतिबाट गुजारा गरी जिवन बाँचिरहेकाहरुलाई आफ्नोे जीवन पुनः सुरु गर्न मद्दत गरेको छ।