"म भविष्यमा अस्पतालमा काम गर्न चाहन्छु," आस्मिन भन्छिन्।

प्रकाशित २३ जनवरी २०२३ पढ्न लाग्ने समय 4 मिनेट
© Foto: साईक्षा नेपाल, सामाजिक सङ्गठन जिल्ला समन्वय समिति

मधेस प्रदेशको बारा जिल्लामा पौष महिनाको एक उराठिलो बिहान, १४ वर्षीया आस्मिन खातुन आफ्नी आमा र हजुरआमाको निर्देशनमा घरको काम गरिरहेकी छिन् भने उनका तीन बहिनीहरू सबै आँगनमा दौडिन्दै एकअर्कासँग मिलेर खेल्दैछन् ।

“अँध्यारो हुँदा मलाई मन पर्छ,” आस्मिनले आफ्नो दुई कोठे घरको एउटा कोठामा बसेर छानामा रहेको बल्ब हेर्दै भन्छिन् । नेपालको तराई क्षेत्रमा चिसो मौसम निकै क्रूर हुन सक्छ, विशेषगरी जाडोको मध्य समयमा जब टाढाटाढासम्म धुवाँ र तुवाँलोबाहेक केही हुँदैन, र सूर्यको किरण कतै देखिँदैन । यी दिनहरूमा, उचित प्रकाश नभएका कारण घरहरूभित्र मधुरो उज्यालो हुन्छ र दिनको समयमा पनि यदि कसैले चिसोबाट आफूलाई बचाउन विशेषगरी झ्यालहरू बन्द राख्छ भने साँझ परेजस्तै अँध्यारो हुन सक्छ ।

केही वर्षअघि कोभिड–१९ बाट ज्यान गुमाएका उनका हजुरबुवाले निर्माण गरेको आस्मिनको दुईतले घरमा बिजुलीको अभाव थियो । उनकी आमा र्इमराना खातुनले आस्मिनसँगको मेरो कुराकानीको बीचमा छतलाई औंल्याउनुहुन्छ र मलाई उनको मातृभाषामा बताउनुहुन्छ कि उनका श्रीमान् उत्तरी भारतको एक कृषि राज्य पञ्जाबमा बिद्युत कर्मचारीकोरूपमा काम गर्छन्, त्यहाँ ठूलो संख्यामा नेपालीहरू मौसमी र प्रवासी दुवै थरीका मजदुरहरूका रूपमा काम गर्छन् ।

आस्मिनले आठ वर्षको उमेरमा विद्यालय छाडेकी थिइन् किनभने उनको आँखाको दीर्घकालीन अवस्थाले उनलाई असक्षमताको साथ बाँच्न निन्दा गरेको थियो; विद्यालयमा, उनीलार्इ राम्रोसँग देख्न सक्ने साथीहरूद्वारा तर्सार्इयो र खिसी गरीयो र उनिहरू आफ्ना साथीको पीडालाई बुझ्न असफल थिए । आस्मिनका आमाबुवाले उनलाई अस्पताल लगे तर पैसाको अभावमा आवश्यक उपचार गराउन नसकेपछि फर्किए।

बेलायत सरकारद्वारा आर्थिक सहयोगमा ‘गर्लस् एदुकेसन च्यालेन्ज' र आरम्भ परियोजनाले सहयोग गरेकोमा आस्मिनलाई विद्यालयमा पुन: भर्ना गरिएको छ । परियोजनाले उनको उपचारको भुक्तानी पनि गर्यो र उनका आमाबाबुले किन्न धेरै महँगो पर्ने चश्मा पनि किनिदियो । थप सहयोगमा, परियोजनाले स्थानीय सरकारसँग समन्वयगरी नेपाल सरकारव्दारा स्वीकृत अपाङ्गता कार्ड प्राप्तगर्न आस्मिनलार्इ मद्द गर्‍यो । कार्ड मार्फत आस्मिनले सरकारबाट हरेक तीन महिनामा १२ हजार नेपाली रुपैयाँ पाउँछिन। उनकी आमाले मलाई आस्मिनकालागि लुगा, स्टेशनरी र अन्य व्यक्तिगत सामानहरू किन्न उक्त पैसा प्रयोग गर्ने बताउनु हुन्छ ।



बेलायत सरकारको सहयोगमा गर्लस् एदुकेसन च्यालेन्जको सहयोगमा, पिपुल इन नीडले आफ्नो स्थानीय साझेदार आसमान नेपाल र सामाजिक सङ्गठन जिल्ला समन्वय समिति, पर्सासँग मिलेर सन् २०१८ मा आरम्भ नामक पाँच वर्षे परियोजना आरम्भ-बिदा सुरु गर्यो। यस परियोजनाले साक्षरता बढाउने, सामान्य हरहिसाब, जीवनजगत सीप, र सामाजिक रूपान्तरणका लागि सामुदायिक परिचालन मार्फत १० र १९ वर्ष बीचका विद्यालय बाहिरका किशोरीहरूको जीवन सुधार गर्न खोज्दैछ।

किशोरीहरूले साक्षरता र हरहिसाब कक्षाहरू प्राप्त गर्छन् र आफ्नो व्यवसाय सुरु गर्न वा आफ्नो औपचारिक शिक्षा पूरा गर्न विद्यालय फर्कन सक्छन् । यी कक्षाहरूमा उपस्थित भएको ९ महिनापछि, आस्मिन विद्यालयमा पुन: भर्ना भइन् र आफ्नो परिवारलाई उनको विवाह गर्ने निर्णय गर्नुअघि उनी कम्तिमा २० वर्षको उमेर नपुगेसम्म पर्खनुपर्छ भन्न सक्षम भर्इन् ।

उनी मलाई बताउँछिन् कि बाहिर सूर्यको किरणले उनको आँखा दुख्नेहुनाले उनी घरभित्र बस्न मन पराउँछिन् । आस्मिन भन्छिन्, “ठूलो भएपछि अस्पतालमा काम गर्न चाहन्छु । "अस्पताल भनेको घर भित्र हुन्छ र रातीके उज्यालोमा अस्पतालमा काम गर्न पनि सम्भव छ।" उनी भित्री हृदयले स्वीकार्छिन् कि उनी कार्यालयका कोठामा जहाँसुकै काम गर्न पाउँदा खुसी छिन् । आस्मिनको लागि, अस्पतालमा काम गर्ने उनको सपना साकार गर्न साहसिक यात्रा आवश्यक हुन सक्छ जुन उनले बल र धैर्यताका साथ पार गर्नुपर्नेछ । "मेरो परिवार गरिब छ र हामी हाम्रो जीवनको हरेक दिन सामान्य बनाउन आर्थिक संघर्ष गर्छौं । म आफ्नो पढाइ पूरा गरेर आफ्नो परिवारको लागि कमाउन चाहन्छु, "उनले मलाई भनिन्।

पिपुल इन नीड्को आरम्भ परियोजनामा भाग लिएपछि, आस्मिन र अन्य ९,४९६ किशोरीहरूले विशेष गरी बालविवाह र दाइजो प्रथा जस्ता हानिकारक परम्परागत प्रथाहरूको कानुनी र सामाजिक असरका सम्बन्धमा विभिन्न विषयहरूमा जीवनयापनको लागि सिपमुलक तालिम र शिक्षा प्राप्त गरेका छन्।

आस्मिन र अपाङ्गता भएका अन्य बालबालिकाकालागि, विशेषगरी नेपालको ग्रामीण भागहरूमा शिक्षामा पहुँच सहज छैन । तैपनि, समुदायका उनका छिमेकीहरूले उनको विद्यालय फर्कने निर्णयलाई समर्थन गर्छन् र उनको पढाइ पूरा गर्न उत्प्रेरित गर्छन्। "मलाई साँच्चै विद्यालय गएर मेरो पढाइ पूरा गर्न मन थियो, तर आस्मिनको उमेरमा मैले बिहे गरें," आस्मिनको घरबाहिर भेट्ने छिमेकीले मलाई भने । "म आस्मिनको परिवारलाई उनले राम्रोसँग अध्ययन गर्न सुनिश्चित गर्न भनिरहेको छु ताकि उनी आत्मनिर्भर बन्न र परिवारको हेरचाह गर्न सकून् । यो आस्मिनका लागि आशिष् हो कि उनले विद्यालयमा फर्कने मौका पाइन् - त्यस्ता अवसरहरू अत्यन्त कम छन्, र केवल भाग्यशाली मानिसहरूले मात्र प्राप्त गर्छन्," उनले भनिन्।

Autor: नितिका चालिसे, पिपुल इन नीड, सञ्चार अधिकारी

सम्बन्धित लेखहरू