प्रणभन्दा माथि अमन ताराको शैक्षिक विजय

प्रकाशित १५ फेब्रुअरी २०२४ पढ्न लाग्ने समय 3 मिनेट

नेपालको दक्षिण क्षेत्रमा बसोबास गर्ने धेरै मुस्लिम समुदायमा उर्दू भाषामा दिइने शिक्षा प्राथमिक शिक्षाको आधारशीला रहँदै आएको छ । विद्यालय जाने उमेर भएपछि साना बालिकाहरूलाई मदरसा पठाइन्छ र तीन वर्ष पढेपछि तिनीहरूको पढाइ सकिन्छ । त्यसपछि तिनीहरूलाई घरायसी कामहरूमा पोख्त बनाउन घरमै सिकाइन्छ । राजापुर ३, बालुवाकी १८ वर्षीया अमनतारा खातुनको जीवनले पनि उनको समुदायका अन्य बालिकाहरूको भन्दा फरक बाटो समातेको थिएन । एघार वर्षको उमेरमा मदरसाको पढाइ पूरा गरिसकेपछि उनको पढाइ बन्द भयो ।

Aaman Tara Khatun (Despite  of being married, husband supported to enroll in school) from Rajpur-3, Baluwa. While studying in CLC, she got change to boost her knowledge and learning proficiency. During the period, she had interest to go to school and wanted to achieve higher study. But her father didn’t allowed stating the reason that she was already married and it is not their culture to go to school for married girl.  Later, she shared about the activities of CLCs and interest to go to school. It is her husband who persuade her father and family to enroll in school. Because of him, she got enrolled in 7th Grade in Kishan Ma vi, Baluwa. Now, she regularly goes to school. She is also a active listener and a speaker.
© Foto: Govinda Siwakoti for People in Need

अमनतारा नौ सदस्यीय परिवारकी छैटौँ छोरी हुन् । उनको परिवारमा घरको गर्जो टार्न नै धौधौ थियो, जसले त्यो परिवारका बालबालिकाको शैक्षिक सपनालाई किनारामा धकेलेको थियो ।

१३ वर्षकी भएपछि अमनताराको मगनी भयो । उनको समुदायमा मगनी र विवाह (गौना) बीच केही समयको अन्तराल रहन्छ । तर यो अन्तराल यति नै हुनुपर्छ भनेर तोकिएको छैन । अमनताराको मगनी भएको अहिले पाँच वर्ष भइसकेको छ । यस समयमा उनले आफ्नो परिवारको आर्थिक भरथेगका लागि सिलाई सिक्न सुरु गरिन् । तथापि, उनीभित्र शिक्षालाई अगाडि बढाउने गहिरो आकांक्षा हुर्किरहेको थियो । घरमा, उनको यो आकांक्षामा साथ दिने उनकी बहिनी थिइन् ।

उनले देखेको सपना युके एडको गल्र्स एजुकेसन च्यालेन्ज कार्यक्रमको सहयोग रहेको आरम्भ परियोजना उनको गाउँ पुगेपछि साकार हुन पायो । परियोजनाका गणकहरूले विद्यालय नजाने बालिकाहरूबारे सर्वेक्षण गर्दै थिए र यस क्रममा उनीहरू अमनताराको घर पनि पुगे । उनी भन्छिन्, “सर्वेक्षण टोली आउँदा मेरा बुबाआमा बाहिर जानुभएको थियो । घरमा म मेरो बहिनीसँग बसिरहेकी थिएँँ । उत्साहित हुँदै उसले सिकाइ केन्द्रमा भर्ना हुन मेरो नाम टिपाई । मेरो बहिनी र म निकै रमायौँ, तर यो कुरा बुबाआमालाई भन्न डर मानिरहेका थियौँ ।”

अमनताराको आमाबुबाले सामुदायिक सिकाइ केन्द्रमा पढ्न जाने अमनताराको इच्छालाई समर्थन गरेपनि के गर्ने नगर्ने भन्ने दोधारमा थिए । अमनताराको मगनी भइसकेको थियो र उनको बारमो कुनैपनि निर्णय गर्नुअघि हुनेवाला सासुससुरासँग सरसल्लाह गर्नु आवश्यक थियो । अमनताराका ससुरा यसमा सहमत देखिएनन् । तर अमनताराले हुनेवाला श्रीमान्लाई मनाउने कोसिस गरिन् र अमनताराको निर्णयलाई उनले समर्थन गरे । अन्तमा उनी आरम्भ परियोजनाले स्थापना गरेको समृद्धि सामुदायिक सिकाइ केन्द्रमा भर्ना भइन् । आरम्भ परियोजना पिपुल इन नीडले आसमान नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समितिसँगको साझेदारी गरी अघि बढाएको परियोजना हो । सामुदायिक सिकाइ केन्द्रमा अमनताराले आधारभूत शिक्षा, स्वास्थ्य, स्वच्छता र बालविवाहका असरहरूबारे ज्ञान हासिल गरिन् । उनले स्थानीय विद्यालय शिक्षा प्रणालीको अनुभव गर्न पाइन् । उनी वडा कार्यालय, अस्पतालदेखि लिएर सरकारी कार्यालयहरूसम्म विभिन्न ठाउँहरू पुगिन् । यसले उनको ज्ञानलाई अझ फराकिलो बनायो र आफ्नो शिक्षालाई सशक्त बनाउने उनका सपनाहरूले पखेँटा हाले ।

सिकाइ केन्द्रको पाठ्यक्रम पूरा गरेपछि उनी नियमित विद्यालयमा जान चाहन्थिन्, तर उनका सासुससुराको जोड उनले व्यावसायिक तालिम लिनुपर्छ भन्ने थियो । तर अमनतारा पछि हटिनन् र आफ्नो मङ्गेतरसँग कुरा गरिन् । “मैले उनलाई उनका परिवारका सबै जना शिक्षित छन्; मेरी कान्छी भाउजु पनि अहिले १२ कक्षामा पढ्नुहुन्छ; तिम्रो परिवारमा पुगेपछि म आफूलाई हीन महसुस गर्न चाहन्न; असल आमा बन्ने र छोराछोरीलाई राम्रो भविष्य दिने मेरो पनि इच्छा छ, र यसका लागि शिक्षा महत्वपूर्ण छ भनेर सम्झाएँ,” उनी सम्झन्छिन् । आखिरकार, उनको मङ्गेतर यसमा सहमत भए र सासुससुराले पनि समर्थन गरे ।

अहिले अमनतारा श्री किसान माध्यमिक विद्यालयमा कक्षा सातमा पढ्दैछिन् । उनी मास्टर डिग्री पूरा गर्ने इच्छा राखेकी छिन् । उनको विवाहको दिन नजिक आइरहेको छ, तर दुवै परिवारले विवाह पछि गर्ने कुरामा सहमत जनाइसकेका छन् ।

अमनताराको शैक्षिक यात्रामा सरकारी छात्रवृत्तिले सहयोग गरेको छ । उनले भर्ना शुल्क तिर्नु परेन । सिकाइ केन्द्रले सञ्चालन गरेको पाँच महिने निःशुल्क कक्षामा उनले भर्ना हुने मौका पाइन् । विद्यालय पोशाक, पाठ्यपुस्तक र स्टेसनरी सामाग्रीहरूका लागि पैसा तिर्नु परेको छैन । शिक्षक बनेर भावी पुस्तालाई प्रेरित र शिक्षित गर्नु अमनताराको सपना रहेको छ । बाटोमा तगारो भएर आएका चुनौतीहरूबाट पार पाउन सहयोग गर्ने आफ्नो मङ्गेतरप्रति उनी आभारी छिन् । सबै बालिकाहरू शिक्षित नभएसम्म सामुदायिक सिकाइ केन्द्र समुदायबाट जानु हुँदैन भन्ने अमनतारालाई लाग्दछ ।

Author: पिपुल इन नीडका लागी अनियन फिल्मस्

सम्बन्धित लेखहरू