दिगो भविष्यको निर्माण: मानसिंहको बगैचा खेतीको यात्रा

प्रकाशित २९ अगस्ट २०२३ पढ्न लाग्ने समय 3 मिनेट
दिगो भविष्यको निर्माण: मानसिंहको बगैचा खेतीको यात्रा
© Foto: Hana Souckova

मानसिंह तामाङ भन्छन्, “विश्वमा परिवर्तन ल्याउने क्षमता सबैमा हुन्छ र म विश्वास गर्छु कि हामीले आफ्नै कौसीबाटै परिवर्तन ल्याउने उत्तम उपायहरू सुरु गर्न सक्छौं।"

दिगो भविष्यको खेती गर्ने मान सिंहको कथा नहर टोलको सानो सहरबाट सुरु भयो। सिन्धुपाल्चोक जिल्लामा जन्मेर हुर्केका मान सिंह आफ्नो परिवारको राम्रो जीवनको खोजीमा नहर टोलमा बसाइँ सरेका थिए । ५४ वर्षको उमेरमा मान सिंहले आफ्नी श्रीमती, दुई छोरी, छोरा-बुहारी र दुई नाति- नातिनीको जिम्मेवारीको भार आफ्नो काँधमा महसुस गरेको छन्। उनको छोराले कहिलेकाहीं मजदुरको रूपमा काम पाउन्थे, तर त्यो अनियमित भएकोले परिवारको लागि आम्दानीको रुपमा स्थिरता प्रदान गर्न सकेन।

"म आफ्नो परिवारको पालनपोषण कसरी गर्ने भनेर चिन्तित थिएँ, धेरै सोचेपछि मलाई बगैचा खेती प्रति प्रति पहिलै देखि चाहाना भएको महसुस भयो र मैले आफ्नो सोखलाई व्यवसायमा परिणत गर्न सक्छु भन्ने सोच आयो। यसले परिवारलाई मद्दत गर्ने र समुदायमा पनि फरक पार्न सकिन्छ भन्ने महसुस भयो।"

मान सिंहले भ्यू भृकुटी होटलको बगैचा पालीको रुपमा काम गर्दा आफ्नो गहिरो लगाव र मनपर्ने पेशा रहेछ भन्ने पत्ता लगाए र पछि उनी आफन्तको स्वामित्वमा रहेको काठमाडौंको नर्सरीमा काम गर्न थाले।

२०१७ मा, उहाँ कृषि मन्त्रालयद्वारा आयोजित दुई-हप्ते तालिम कार्यक्रममा भाग लिनको लागि उहाँलाई छनोट गरियो, जसले उहाँलाई आफ्नो सीप र ज्ञान सुधार गर्न मद्दत मिल्यो। त्यसपछि घरमै नर्सरी खोलेर बिरुवा बेच्न थाले । हालको दिनमा धेरै होटेल र निजी घरहरूले उनलाई सुन्दर बगैंचा डिजाइन गर्न आग्रह गर्ने र धेरैले बिरुवाहरू मर्मत गर्न सम्पर्क गर्ने गर्छन । थप आयको स्रोतले मानसिंह को परिवारको जीविकोपार्जनमा स्थिरता ल्याएको छ। 

तर, दिगो भविष्यतर्फको मान सिंहको यात्रा त्यहाँ टुंगिएन । उनको समर्पणले क्लीन अप नेपाल र पीपुल इन नीड द्वारा संचालित शहरी उत्थानशील परियोजनाको ध्यानाकर्षण गरेको थियो, जसले उनलाई "फोहोर व्यवस्थापनमा क्षमता विकास" कार्यक्रममा हभागी हुन आमन्त्रित गर्यो। थप ज्ञान प्राप्त गर्ने अवसरले अवसरबाट उत्साहित मान सिंह उत्सुकताका साथ कार्यक्रममा सामेल भएका थिए।

मान सिंह भन्छन्, "फोहोर व्यवस्थापन एउटा महत्त्वपूर्ण विषय हो।" तर सानो परिवर्तनले मैले आफ्नो जीवनमा फरक पार्न सक्छु भन्ने मलाई थाहा थिएन।"

तालिमका क्रममा मान सिंहलाले पुनर्चक्रण गर्ने, प्लाष्टिक फोहोरलाई अपसाइकल गर्ने र प्रभावकारी रूपमा कम्पोष्टिङको महत्वबारे जानकारी लिएका थिए । यो नयाँ ज्ञानले उनको बगैंचा खेती गर्ने दृष्टिकोणलाई परिवर्तन गर्यो । यसअघि उनी पसलबाट किनेको कम्पोष्ट मलमा भर परेका थिए, तर अब उनले दिगो अभ्यासको मूल्य र आवश्यकता बुझेका छन्। मान सिंहले आफ्ना पुर्खाहरूको परम्परागत अभ्यासलाई जोड दिँदै जैविक फोहोरबाट आफ्नै पोषणयुक्त कम्पोस्ट बनाउन सिकेका थिए।

मान सिंह भन्छन्, "मलाई कम्पोष्ट बनाउन यति सजिलो हुन्छ र मेरो बगैँचामा यस्तो परिवर्तन आउछ भनेर अझै पनि अचम्म लागिरहेको छ।"

कार्यक्रम मार्फत, मान सिंहलालाई कम्पोस्ट बिन उपलब्ध गराइएको थियो, जसले उनको कम्पोष्टिङ ज्ञान बढाउन र आत्मनिर्भर बन्न मद्दत गर्यो। आफ्नो प्रगतिबाट प्रेरित भएर, उनले आफ्ना छिमेकीहरूलाई आफ्नो नयाँ कम्पोष्ट बिनहरू स्थापना गर्न आफ्नो नयाँ ज्ञान र सिप साझा गरी उनीहरूले सामना गरेको कुनै पनि समस्यामा उनीहरूलाई सहयोग गर्न मद्दत गर्दै आएका छन् ।

"मान सिंह भन्छन्, "मलाई विश्वास छ कि सबैले फरक पार्न सक्छन् र सुरु गर्ने सबैभन्दा राम्रो तरिका हाम्रो आफ्नै पछाडिको आँगनमा छ भन्ने बिश्वास राख्नु हुन्छ।"

Autor: पुष्पा घले, Project Coordinator

सम्बन्धित लेखहरू