जब किशोरीहरुले सामना गरे

प्रकाशित २३ जुन २०१७ पढ्न लाग्ने समय 4 मिनेट
 जब किशोरीहरुले सामना गरे
© Foto: सजना श्रेष्ठ

“मलाई लाग्यो कि म यदि अझै पनि चुप लागेर बसेँ भने अरु समस्याहरु आउन सक्छन्,” १६ बर्षकी माया (नाम परिवर्तन) ले भनिन् । “मलाई यस्तो लाग्यो कि मेरो आवाज उठ्नुपर्छ जसले गर्दा म लगायत मेरा साथीहरु र साना केटीहरु सबै सुरक्षित रहन सक्छौं जो यसै विद्यालयमा अध्ययनरत छन् ।” मायाले भर्खरै कुनै एउटा जिल्लाको ग्रामीण विद्यालयबाट कक्षा ८ उत्तीर्ण गरेकी थिइन् जुन जिल्ला नेपालमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको थियो । त्यसै विद्यालयका कुनै एक शिक्षकले कक्षा ४ मा अध्ययनरत छात्राहरुलाई गृहकार्य गर्दा गरेको गल्तिको कारण पिटिराख्नुभएको थियो । तीनै शिक्षकले ठूला उमेरका छात्राहरुमाथि अशोभनीय कुराहरु भन्ने तथा शरीरका विभिन्न भागहरुमा छुने र यौन दूव्र्यवहार गरेको पाइयो।

यी सबै कुराहरु मायाले आफ्नो प्रधानाध्यापकलाई गएर बताइन् तर उहाँ ति शिक्षकको गाउँको राजनैतिक पार्टीका नेताहरुसँग राम्रो उठबस भएको कारण तिनको विरुद्ध केही गर्न हिचकिचाउनु भयो । यसपश्चात मायाले ति शिक्षकबाट भएका ती सबै समस्याहरुलाई आफ्नो हातमा लिई हड्ताल गर्नुलाई उचित ठानिन् ।

“हामीले हड्ताल स्वरुप विद्यालय एक दिनको लागि बन्द गर्ने जमर्को कस्यौं जसले गर्दा ती शिक्षकले आफ्नो गल्ति महसुस गरुन्,” मायाले भनिन् । “मेरा साथीहरुको सल्लाह थियो कि कक्षा ८ मात्र बन्द गर्ने तर मलाई लाग्यो, यस विषयमा दबाब दिनका लागी पूरा विद्यालय नै एक दिनको लागि बन्द गर्नुपर्छ ।” मायाले आफूभन्दा साना विद्यार्थीहरुलाई सम्झाइन कि तिनिहरुले आफ्नो सुरक्षाको निम्ति बिरोध गर्नुपर्छ र शिक्षक वर्गमा परिवर्तन मागको बारेमा आफु गम्भीर भएको दर्शाउनुपर्छ ।

केही वर्ष अघि विद्यालयमा सञ्चालित “हर र्टन कार्यशाला” बाट मायाले आफ्नो अधिकारको बारेमा सोच्ने तथा हिंसाको विरुद्धमा कसरी उभिने भन्ने बारेमा समेत राम्रो अभ्यास गरेकी छिन् । त्यस्तै यस कार्यशालाको दौरान उनले हिंसाले लिन सक्ने विभिन्न रुप, उनी जस्तै बालिकामा नेपाल सरकारले निहित गरेको अधिकार तथा उनले गर्न सक्ने सहयोगको दायराको बारेमा पनि राम्रो ज्ञान हसिल गर्न सफल भइन् ।

केयर नेपालसँगको सम्झौतामा युके एडको आर्थिक सहयोगमा पिपुल इन नीड र हाम्रो पालो, पिनका कार्यान्वयन संस्थाले ‘उनको पालो कार्यशाला’ विभिन्न ग्रामीण क्षेत्रहरुमा पुर्याएको छ । यस कार्यशालाको एउटा लक्ष्य किशोरीहरुमा हिंसा विरुद्धको दृढता र आत्मविश्वास बढाउने रहेको छ जुन माया र उनको साथीहरु समेत ले आफूमा विकास गर्नु जरुरी थियो ।

कार्यशाला अन्त्य पछि ती बालिकाहरुले ‘बालिका समर्थन समितीहरु’ गठन गरे, जसबाट यी आफ्ना मुद्दाहरु पहिचान जारी राख्न सक्छन् । उक्त समितीहरुलाई एक सल्लाहकार जो यसै गाउँकै महिला जसले सुरुको तालिमको अगुवाइ गरेकी हुन्छिन् उनीद्धारा सहयोग मिल्नेछ। हड्तालकर्मी बालिकाहरुले भने कि यस्ता शारीरिक दुव्र्यवहार अनि उत्पिडन सहन हुन्न भनी हाम्रा सल्लाहकारले सिकाउनु भएको छ ।

आश्चर्यजनक कुरो त के भने जब छात्रहरुले पनि यस बारे सुने तब धेरै जसो सहभागी भए ।

१८ वर्षका कुमार (नाम परिवर्तन), भन्छन् “शिक्षक पेशा निकैनै सम्मानित पेशा हो तर उहरुबाटै यस्तो हिंस्रक काम हुनु भनेको लाज लाग्दो काम हो” । कुमार फेरी भन्छन् कि केटाहरुले थाहा पाइसके कि ती केटीहरु त्यस विरुद्ध उभिनु जायज हो र यस अभियानमा सहयोग गर्न चाहान्छन् । यती भनीराख्दा सबै केटाहरुले भने समर्थन गरेनन् । केही चिन्तित थिए कि यदि शिक्षक रुष्ट भए भने परिक्षामा उत्तीर्ण हुन सकिन्न ।

विरोध पछि, विद्यालय व्यवस्थापन समितिले विद्यालयका प्रिन्सिपल, शिक्षकहरू र बालिकाहरूको समर्थन समितिसँग धेरै बैठकहरू गरे। यी बैठकहरूले गर्दा शिक्षकले बालिकाहरूसँग माफी मागे। विरोधको केही महिना पछि, शिक्षकले थप दुर्व्यवहार गरेनन्, तर विद्यालयबाट पनि बर्खास्त गरिएको छैन, सम्भवतः उसको राजनीतिक सम्बन्धको कारण। यसले देखाउँदछ कि निकट बुनिएका गाउँहरू जस्तै कडा सामाजिक नियमहरू र पदानुक्रमले शासन गर्ने प्रणालीहरूमा प्रणालीगत दुरुपयोग सम्बोधन गर्न कत्ति गाह्रो हुन सक्छ।

दुर्भाग्यवस माया र उनकी साथीहरुको स्कुलको यथार्थ मिल्दो छ । इ.सं. २०१४ मा आइ.सि.आर.सी र प्लान इन्टरनेशनलद्वारा प्रकाशित नेपालकै कुनै एउटा जिल्लामा आयोजित अध्ययन अनुसार ४४% विद्यार्थीहरु विद्यालयमा असुरक्षित अथवा अति असुरक्षित पाइयो्, जसमध्ये १३% विद्यार्थी शिक्षकले गरेको उत्पिडनको साक्षी भएको कारण र १९% विद्यार्थी शिक्षकद्वारा यौन उत्पिडनको खत्रामा परेको उल्लेख छ । यसै अध्ययन अनुसार ६०% विद्यार्थीहरु विद्यालयमै कुनै प्रकारको शारीरिक हिंसामा परेको र ९% विद्यार्थीहरु पछिल्लो ६ महिनामा यौन हिंसाको सिकार बने । १५–१७ वर्ष उमेर समूहका केटा र केटी विद्यार्थीहरु त्यही स्तरका दूव्र्यवहारको सिकार भए । तर साना नानीहरु (१२–१४) मा भने उच्च दरले केटाहरु दुव्र्यवहारमा परेको उल्लेख छ ।

विद्यालयमा सुरक्षित वातावरण निर्माणको लागि आउन सक्ने चुनौतीहरुको उदाहरणको रुपमा माया र उनका साथीहरुको अवस्थालाई लिन सकिन्छ, जहाँ शिक्षकवर्ग छात्र र छात्राहरुको अवश्यकताप्रति सम्बेदनशील छन् र असफलताप्रति उत्तरदयी हुन्छन् । यसले यो पनि देखाउँछ कि कसरी नेपाल जस्तो देश, जहाँ पदानुक्रममा आधारित परम्परागत मान्यता र कडा अनुशासन छ, यसको कारण बालबालिकाहरु न्यायको पहुँचमा पुग्न कठिन भएको अवस्था छ । बालबालिकाहरुको आफूभन्दा ठूलाका विरुद्धमा बोली खासै अपेक्षा राखिन्न जब उनीहरुले सामाजिक पदानुक्रममा अवरोध पु¥याउँछन्, यसका विरुद्धमा प्रतिकारहरु हुन सक्छन्।

तर मायाको कथाले सिद्ध गर्छ कि महिलाहरु शक्तिशाली नेतृत्व तथ परिवर्तनका प्रतिनीधि पात्र बन्न सक्छन् । “हड्तालको दौरान हामीमा आत्मविश्वास थियो कि हामीले गरेको कार्यप्रति हामी गौरान्वित छौं,” महिला समर्थन समितीका एक सदस्यले हड्तालको समय सम्झदै भनिन । “हामीले पाइला चाल्यौं विद्यालयमा हरेक महिला तथा साना बहिनीहरुको सुरक्षाको निम्ति ।” 


Autor: अलेक्सान्ड्रा पर्क्जेन्स्का

सम्बन्धित लेखहरू