हानिकारक सामाजिक मान्यताहरूलाई चुनौती दिँदै नेपाली किशोरी आमाहरू

प्रकाशित १३ सेप्टेम्बर २०१९ पढ्न लाग्ने समय 4 मिनेट
हानिकारक सामाजिक मान्यताहरूलाई चुनौती दिँदै नेपाली किशोरी आमाहरू
© Foto: सजना श्रेष्ठ

महिलाहरूको एउटा समूह आफ्ना सशक्तिकरण कार्यशालाको समापन समारोहमा भाग लिन रंगीन कपडा लगाएर, आफ्ना बच्चाहरूलाई काखमा र पिठ्यूँको टोकरीमा बोकेर आइपुगे । प्रिय महिलाहरु, कृपया वरिपरि जम्मा हुनुहोस्। कार्यक्रम केही मिनेटमा सुरु हुनेछ,” महिला सामुदायिक स्वास्थ्य स्वयंसेवी पुण्यमाया गुरूङ्ले भनिन्। गाउँलेहरू उत्साहका साथ वरिपरि भेला हुन थालेका थिए भने केही सहभागीहरू उनीहरूको प्रदर्शन र भीडको बारेमा चिन्तित थिए।

यी सहभागीहरूले आफ्नो जीवनमा पहिलो पटक प्रदर्शन गरिरहेका थिए। यद्यपि यो समापन समारोहमा ती जवान आमाहरूको अनुहारमा देखिएको मुस्कान, उर्जा, आत्मविश्वास र उत्साहले कार्यशालाले जीवनप्रति उनीहरूको धारणामा अत्यन्त सकारात्मक परिवर्तन ल्याएको संकेत दिइरहेको थियो 

किशोरी आमाहरूको मानसिक र भावनात्मक स्वास्थ्य सुधार

सहभागीहरू १४-१९ वर्ष बीचका किशोरी आमाहरू थिए। उनीहरूले हेलो साथी परियोजना अन्तर्गत २४ दिने सशक्तिकरण कार्यशालामा भाग लिएका थिए । हेलो साथी एक यस्तो पहल हो जुन विश्वभरका किशोरी आमाहरूका मानसिक र भावनात्मक स्वास्थ्य, साथ साथै सशक्तिकरणलाई बढाउने लक्ष्य राख्दछ।पिपुल इन नीडले बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनको ग्रान्ड च्यालेन्जेस एक्स्प्लोरेशनबाट एक बर्षे हेलो साथी परियोजनाको लागि अनुदान प्राप्त गर्यो । स्थानीय साझेदार हाम्रो पालोको सहयोगमा नेपालका यी किशोरी आमाहरूका लागि २४ दिने सशक्तीकरण कार्यशाला आयोजना गरिएको थियो।

यस परियोजनाको उद्देश्य मानसिक स्वास्थ्य परिणामहरूको लागि दुई हस्तक्षेपहरू पठाउनु र परीक्षण गर्नु थियो :

१. एउटा एम हेल्थ (मोबाइल स्वास्थ्य) हस्तक्षेप, मानसिक स्वास्थ्य, मातृ र शिशु स्वास्थ्यमा केन्द्रित ।

२. एक व्यापक कार्यक्रम जसले लै लैङ्गिक मान्यता र उनीहरूले ग्रामीण किशोरावस्था र किशोरी आमाहरूको स्वास्थ्य, सुरक्षा र सशक्तिकरणमा कसरी असर पार्दछ भन्ने विषयहरूको दायरा सम्बोधन गर्दछ ।

मोबाइल फोन मार्फत अडियो नाटकहरू र हाजिरी जवाफहरू

एम हेल्थ (मोबाइल स्वास्थ्य जानकारी, जसमा अडियो नाटक र क्विज हुन्छन्, आधारभूत मोबाइल फोनहरू मार्फत उपलब्ध एक अन्तर्क्रियात्मक आवाज प्रतिक्रिया (IVR) प्रणाली मार्फत पु¥याईन्छ । सन्देशहरू किशोरी आमाहरूसँगै संयुक्त रूपमा निर्माण गरिएको हो र दुबै सांस्कृतिक रूपमा उपयुक्त र उमेर समूहसँग मेल खाने छ। यसमा मानसिक स्वास्थ्य प्रबर्धनको बारेमा सन्देश पठाइएको थियो ( निवारक हेरचाह र तनाव नियन्त्रण गर्ने सिप ( सरकारी सेवाहरूको प्रवर्धन, जस्तै सुरक्षित मातृत्व कार्यक्रम र महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका।

एक सहभागी, पार्वती बिशुंखेले आफ्नो लुकेको प्रतिभाद्वारा सबैलाई चकित पारिन् । उनले कार्यशालाको क्रममा प्राप्त गरेको ज्ञानबाट एउटा गीत रचना गरेकी थिईन् । उक्त गीत समुदायका अन्य किशोरी आमाहरू र महिलाहरू बीच चेतना जगाउन सहयोगी थियो।

“म जिन्दगीभर लजालु महिलाको रूपमा रहेको छु र आफ्ना समस्याहरू बताउन हिच्किचाउँथेँ । सहयोगको लागि कसलाई भेट्ने मलाई थाह थिएन र मनको कुरा खोल्न पनि डराउथेँ। तर यस कार्यक्रमले मलाई मेरो हिचकिचाहटबाट मुक्त हुन र आत्मविश्वासी बनाउन मद्दत गरेको छ। यस कार्यक्रमले मेरो जीवनमा ल्याएको सकारात्मक प्रभावबाट म अत्यन्त खुशी भएकी छु ", पार्वती भन्छिन्। उनले समुदायका अधिकांश महिलाले सामना गर्नुपर्ने घरेलु हिंसालाई प्रकाश पार्ने नाटक पनि लेखिन् । "हाम्रो समुदायमा महिलाले घरेलु हिंसा र लैंगिक भेदभावको सामना गरिरहेछन्, जसलाई निर्मूल गर्न आवश्यक छ," उनी थप्छिन् ।

सबै सहभागीहरू हाल विभिन्न प्रकारका गतिविधिहरूमा सक्रिय रूपमा सहभागी छन्, जसले कार्यशालाले ल्याएको धेरै सकरात्मक परिवर्तनहरूलाई संकेत गर्दछ। ती किशोरी सहभागीहरूका परिवारका सदस्यहरूको उपस्थितिले कार्यक्रमलाई अझ राम्रो बनायो। उनीहरु मध्ये कतिले आफ्ना श्रीमान ल्याए, अनि कोहीले आफ्ना सासू ससुरा ल्याए। केहीले दुवै ल्याए। “किशोरी आमाहरूका परिवारका सदस्यहरूबीच आयोजित पारिवारिक झुकाव सत्रले यी किशोरी आमाहरूलाई सशक्त बनाउन परिवारको समर्थन पनि उत्तिकै महत्त्वपूर्ण छ भनी महसुस गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ,” हाम्रो पालोकी यान्चेन शेर्पा भन्छिन् ।


गाँउका मानिसहरूले मोबाइल सन्देशिपछि हामीलाई आदर गर्न थाले

किशोरी आमाहरू बाहेक, यो कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकाहरूबीचमा भिन्न स्तरको ऊर्जा पनि ल्यायो। स्वयंसेवक मध्ये एक, पुण्य माया गुरूङ्का अनुसार हरेक सोमबार र बिहिबार फोनमार्फत प्रसारण गरिएको कार्यक्रमले एफसीएचभीले समुदायमा महत्वपूर्ण भूमिका खेल्छन् भनेर मानिसहरूलाई महसुस गर्न मद्दत गरेको छ। “पहिले समुदायले हाम्रो वास्ता गरेन र सोचे कि हाम्रो काम महत्त्वपूर्ण छैन। तर यस कार्यक्रमले हाम्रो महत्त्वलाई प्रकाश पार्दछ र मानिसहरूले यस कार्यशाला र मोबाइल सन्देश पछि स्वास्थ्य स्वयंसेविकाहरूको सम्मान गर्न थालेका छन्, ” उनी भन्छिन्।

स्वास्थ्य स्वयंसेविकाहरू र समुदाय सदस्यहरू लाई आधारभूत मनोवैज्ञानिक हेरचाह र समर्थनको बारेमा प्रशिक्षण साथ साथै युवतीहरूका लागि कसरी अन्तर्क्रियात्मक कार्यशालाहरूको नेतृत्व गर्ने भन्ने बारे मार्गदर्शन गरिएको थियो। त्यसपछि महिला स्वास्थ्य स्वयंसेविका र समुदायका सदस्यहरूले किशोरी आमाहरूका लागि कार्यशालाहरू सञ्चालन गर्‍यो, जसमा सम्बन्धित स्वास्थ्य मुद्दाहरू (मानसिक, मातृ शिशु स्वास्थ्य, परिवार नियोजन, महिनावारी स्वास्थ्य), सुरक्षा (घरेलु हिंसा, यौन उत्पीडन, पदार्थ दुर्व्यवहार), जीवनोपयोगी सिपहरू (समस्या समाधान, कुराकानी, विश्वास निर्माण), र आत्म-स्याहार जस्ता विषयहरू समेटीएका थिए। सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले उनिहरूलाई मातृ शिशु स्वास्थ्य, लैङ्गिक मान्यता र कसरी यि कुराहरूले स्वास्थ्य, सुरक्षा र ग्रामीण किशोरी आमाहरूको सशक्तीकरणमा असर पार्दछ भन्ने सवालमा अझ बढी सिक्न मौका दिए।

सुनिता श्रेष्ठ, अर्को सहभागीले एक मन्तव्यसँगसंगै कार्यशाला समापन गर्नुभयो: "कार्यशालाले हामीलाई समूहको मूल्य र महत्व तथा कार्यहरू सम्पन्न हुन धेरै जनाको साथ चाहिन्छ भन्ने सिकायो। साथीहरू, परिवार, छिमेकीहरू र आफन्तहरूले एकसाथ मिलेर बस्नुपर्दछ र समाजमा विकास ल्याउनको लागि शारीरिक मात्र होईन मानसिक तथा सामाजिक रूपमा सम्पर्कमा रहनुपर्दछ। म निश्चित रूपमा मेरो आफ्नै मानसिक स्वास्थ्यको हेरचाह गर्नेछु, साथै अरूलाई स्वस्थ जीवनको लागि मद्दत गर्नेछु ।"


Autor: समिता किला , परियोजना अधिकृत, पिपुल इन नीड

सम्बन्धित लेखहरू