रीतालाई साकार गर्दै - उद्यमीको स्थापना

प्रकाशित ७ मार्च २०२२ पढ्न लाग्ने समय 5 मिनेट

नेपालको रौतहटको व्यस्त सडकमा २२ वर्षीया युवती रिता मण्डलको कस्मेटिक्स पसल छ ।रीता आफ्ना ग्राहकहरूसँग व्यस्त छिन् । एक हातले, उनी प्याकेटहरू निकालिरहेकी छिन् भने अर्को हातले सामानहरु देखाउदै छिन् । रीताले आफ्नो पसलमा शृंगार, सौन्दर्यको सामानहरु बेच्नुका साथै ब्यूटी सैलुन सेवाहरू उपलब्ध गराउँछिन् । रीताले यो व्यवसाय ६ महिनादेखि सञ्चालन गरीरहेकी छिन् । पसल खोल्नको लागी उनी हरेक दिन बिहान ९ बजे श्रीमान्सँग घरबाट निस्कन्छिन् । घरबाट पसलमा पुग्न बाइकबाट करिब १० मिनेट लाग्छ, रीतालाई छोडेर उनी आफ्नो फर्निचर पसलमा जान्छन् ।

रीतालाई साकार गर्दै - उद्यमीको स्थापना
© Foto: सजना श्रेष्ठ

रीताले पहिलो पटक कस्मेटिक्स पसलको व्यवसाय सञ्चालन गरेकी छिन् । रीता सानै हुदा देखि नै उनको परिवारको आर्थिक अवस्था राम्रो थिएन । उनको बुबा र भाइले कमाएको दैनिक ज्यालामा परिवारको गुजारा चल्थ्यो । त्यसैले, रीताले विद्यालय छोडन बाध्य भइन् । रीता भन्छिन्, “मेरो आमाबुवाले मलाई छ कक्षासम्म पढाउनु भयो । मलाई रुचि भए पनि मैले पढाइलाई निरन्तरता दिन सकेन ।” विद्यालय छाडेपछि १२ वर्षको उमेरमा उनको विवाह भयो ।

(© Sajana Shrestha)

रीता भन्छिन्, “म सानै थिएँ र बिहेपछि म १२ सदस्य भएको परिवारमा आएँ। मलाई धेरै कुरा थाहा थिएन, तर सासु ससुराको डरले सबै कुरा छिट्टै सिके तर उहाँहरूले मलाई कहिल्यै केही नराम्रो बचन लगाएनन् । त्यसपछि, बिस्तारै मैले स्कूलमा सिकेका सबै कुरा बिर्सन थालें।" तराईमा अधिकांश किशोरीहरुको विवाह उमेर नपुगी नै हुने गरेको छ । फलस्वरूप, शिक्षा र अवसरबाट बञ्चित ती किशोरीहरुलाई आफ्नै घरमा पनि आफ्नो कुरा राख्ने र छलफल गर्न सक्ने क्षमता हुदैँन । फल स्वरुप, उनीहरुमा शुण्य वा एकदमै गौण साक्षरता, गणितीय सीपको कमी, अधिकार, समानता, यौनिकता, गर्भ निरोधक र जीवनउपयोगी सीपका बारेमा सुचना तथा जानकारीको अभाव हुन्छ।

‘गर्लस् एदुकेसन च्यालेन्ज' अन्र्तगत बेलायत सरकारको सहयोगमा, पिपुल इन नीडले आसमान नेपालसामाजिक संस्था जिल्ला समन्वय समितीको साझेदारीमा ५ वर्षे आरम्भ परियोजना संचालन गरिरहेको छ । यस परियोजनाले विद्यालय बाहिर रहेका १०–१९ वर्षका किशोरीहरुमा जीवनउपयोगी सीपको विकास, साक्षरता वृद्घि, गणितिय ज्ञान र सामाजिक रुपान्तरणका लागि सामाजिक परिचालन मार्फत जीवन स्तरमा सुधार गर्न २०१८ देखि बारा र रौतहट जिल्लामा संचालन गरिरहेको छ ।

“मैले कार्यक्रमको बारेमा मेरी सासुलाई बताए र पढ्नको लागि मेरो रुचि देखाए। सुरुमा मेरी सासु यो विचारको विरुद्धमा हुनुहुन्थ्यो तर मैले उहाँलाई मनाउन सफल भएँ र मैले शिक्षा कार्यक्रममा भर्ना गरें।”

 पढाइलाई निरन्तरता दिने उनको रुचि छ ।

सन् २०१९ मा रीताले आफ्नो गाउँमा शिक्षा कार्यक्रमको बारेमा सुनेपछि श्रीमान् सँग पढ्ने इच्छा देखाइन् र सासुसँग अनुमति पनि मागेकी थिइन् । रीता भन्छिन्, “मैले कार्यक्रमको बारेमा मेरी सासुलाई बताए र पढ्नको लागि मेरो रुचि देखाए। सुरुमा मेरी सासु यो विचारको विरुद्धमा हुनुहुन्थ्यो तर मैले उहाँलाई मनाउन सफल भएँ र मैले शिक्षा कार्यक्रममा भर्ना गरें।” 

साक्षरता र संख्यात्मक सत्रहरू बाहेक, रीताले बाल अधिकार, यौन र प्रजनन स्वास्थ्य र अधिकार, व्यक्तिगत सुरक्षा, सामाजिक सीप, आधारभूत वित्तीय व्यवस्थापन र व्यवसाय योजना, र समुदायमा विशेष गरी संकटको समय जस्तै प्रकोप वा कोभिड–१९ महामारीको समयमा उपलब्ध अन्य सेवाहरू लगायतका कुराहरू सिकिन्। “जब मैले सामुदायिक शिक्षा केन्द्रमा नौ महिना बिताएँ, मैले बाल विवाह गर्नु हुँदैन भन्ने कुरा महसुस गरें। यदि मैले पहिले नै थाहा पाएको भए, मैले विवाह गर्ने थिएन। भविष्यमा, म बाल विवाह हुन दिन्न । मेरा बालबच्चाहरू र अरूलाई पनि म त्यस्तो गर्न अनुमति दिने छैन।”

आफ्नो स्थापनाकालदेखि नै आरम्भ परियोजनाले रीताजस्तै बारा र रौतहट जिल्लाका ६ हजार ७२१ किशोरीलाई सहयोग गरेको छ। यी अधिकांश किशोरीहरू शिक्षामा पहुँच नहुनुका साथै कि त विवाहित छन् वा कम उमेरमा विवाहको उच्च जोखिममा छन् ।

रीताको उद्यमशीलता तर्फको यात्रा

रीताको उमेर र पारिवारिक जिम्मेवारीका कारण उनी स्कुल फर्कन इच्छुक भएनन् । तसर्थ, अनौपचारिक शिक्षा पूरा गरेपछि, उनले परियोजनाको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम कार्यक्रमको एक महिना लामो ब्यूटीशियन तालिम प्राप्त गर्न रोजिन् । रीतालाई तालिममा फेसियल, मैनीक्योर, पेडीक्योर, कपाल काट्ने, तेल मसाज, मेहेन्दि र वेक्सिङ गर्ने तरिका सिकाइएको थियो।रीताले आफ्नो व्यवसाय सुरु गर्न परियोजनाबाट रु १५,०००/- प्राप्त गरीन। यसबाहेक, उनका श्रीमानले उनको व्यवसायलाई सहयोग होस् भनेर केही ऋण लिए । “सामानहरु बेचेर र सौन्दर्य सेवा उपलब्ध गराएर मैलै दैनिक ४ हजारदेखि ५ हजार रुपैयाँसम्म आम्दानी गर्छु र प्रतिदिन ५ सयदेखि ७ सय रुपैयाँसम्म नाफा कमाउँछु। यस वर्षको छठ पर्वमा मैले ९ दिनमा ५० हजार रुपैयाँ कमाएको छु । चाडपर्व र विवाहको समयमा पसलहरूले राम्रो नाफा कमाउँछ ।”


“परियोजनाको कारण मैले हिसाब किताब सिके। म खर्च र नाफाको हिसाब राख्न सक्छु। नाफासँगै, मैले पसलमा थप उत्पादनहरू थपेको छु। म अहिले एक उद्यमी भएकोमा गर्व महसुस गर्छु।”

GEC UKaid_12012022_Bara_Sajana Shrestha.jpg - TVET, Cosmetic, Shop, Beauty Parlor, Beautician, PIN, GECRita from Bara, Nepal is a out-of-school girl who enrolled in GEC Ukaid funded Aarambha project's nine month information education. After that joined 1 months beautician TVET training within the project and has opened a cosmetic/beauty parlor with NPR 15,000/- seed fund. (© Sajana Shrestha)

सौन्दर्यको सामान बेच्ने र पार्लर एक्लै चलाउनुका साथै उनी आफ्नो पसलका लागि सामानहरू किन्न भारत पनि जान्छिन् । रीताले आफ्नो खर्चको विस्तृत हिसाब राख्छिन् र व्यवसाय सुरु गर्न लिएको ऋणको आधा रकम पनि तिरिसकेकी छिन्। “परियोजनाको कारण मैले हिसाब किताब सिके। म खर्च र नाफाको हिसाब राख्न सक्छु। नाफासँगै, मैले पसलमा थप उत्पादनहरू थपेको छु। म अहिले एक उद्यमी भएकोमा गर्व महसुस गर्छु।”


(© Sajana Shrestha)

सामान्यतया, तराईमा किशोरीहरू र युवतीहरूलाई आफ्नो घरबाट बाहिर निस्कन वा बजार जान निषेध गरिएको हुन्छ र घरको काम गर्न बाध्य छन्। सानै उमेरदेखि किशोरीहरूले आफ्ना साना भाइ बहिनीहरूको हेरचाह गर्नुपर्छ, आमालाई भान्सामा सघाउनुपर्छ, गाईवस्तु चराउन लैजानुपर्छ र पानी ल्याउनुपर्छ। रीताको उपलब्धिले उनको समुदायमा शिक्षा र सीप दिएमा किशोरीहरूलाई आत्मनिर्भर र सफल बन्न् सक्छन् भन्ने सकारात्मक उदाहरण दिएको छ ।

आरम्भ परियोजनामा रीताको संलग्नताले उनलाई आधारभूत शिक्षा, व्यावहारिक सीप र लघु उद्यमशीलताका अवसरहरू मार्फत जीविकोपार्जनमा सहयोग प्रदान गरेको मात्र होइन। यस परियोजनाले भविष्यका सम्भावनाहरूको ढोका पनि खोलेको छ जहाँ रीताले स्वतन्त्र रूपमा आफ्नो व्यवसाय चलाउन र आफ्नो जीवनको निर्णयहरू आफैले गर्न सक्छिन्।

ब्यूटीशियन तालिम बाहेक परियोजनामा संलग्न किशोरीहरुलाई सिलाई, कढाई, पशुपालन, चुरा उत्पादन, धूप उत्पादन, पोतेको माला बनाउने, साबुन र सरफ पाउडर उत्पादन र आफ्नै व्यवसाय सुरु गर्ने वा सुधार गर्ने तालिम दिइरहेका छन्। हालसम्म १०८१ किशोरीहरुले तालिम पूरा गरी आफ्नै व्यवसाय सुरु गरिसकेका छन् भने ४७४ किशोरीहरु विभिन्न तालिममा भर्ना भएका छन् ।

आरम्भ परियोजनामा भर्ना भएका रीता र अन्य किशोरीहरुको सफलता ‘गर्लस् एदुकेसन च्यालेन्ज' जुन बेलायत सरकारको  सहयोगका कारण सम्भव भएको हो । ‘गर्लस् एदुकेसन च्यालेन्ज' विश्वको सबैभन्दा ठूलो कोष हो जुन बालिका शिक्षाका लागि समर्पित छ, केही गरीब देशहरुको दश लाखौ सिमान्तक्रित बालिकाहरु, अपाङ्गता भएका बालिका र जोखिममा परेका वा पछाडि परेका बालिकाहरुलाई शिक्षा र सिकाईको पहुँच बढाई सहयोग गर्दछ ।


Author: धर्मेन्द्र चौरसिया, आसमान नेपाल र सजना श्रेष्ठ, पिपुल इन नीड

सम्बन्धित लेखहरू