पिपुल इन नीड सन् १९९२ मा चेक गणतन्त्रमा स्थापना भएको एउटा गैरनाफामूखी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यो संस्था वि.स.२०७२ साल बैसाख महिनामा आएको विनाशकारी महाभूकम्पपछि मानवीय सहायताको कार्यक्रम लिएर पहिलो पटक नेपाल आएको थियो । आफ्ना शरुवाती दिन देखि नै यस संस्थाले नेपालका दुर्गम क्षेत्रमा बस्ने जनता, सीमान्तकृत जातीय समूहका साथै उमेर र लैङ्गिक कारणले सीमान्तकरणमा परेका समुदायका पक्षमा पैरवी गर्दै आएको छ । साथसाथै उनीहरुका आवश्यकताहरुको धेरथोर सम्बोधन गर्न प्रभावकारी भूमिकासमेत वहन गरिरहेको छ । पछिल्ला दिनहरुमा यस संस्थाले नेपालको विनाशकारी महाभूकम्प पछिको पुननिर्माण अभियानमा कोही पनि प्रभावित र नाजुक स्थितिमा रहेका पीडितहरु बञ्चित हन नपरोस् भन्ने मानवीय अभिप्रायलाई आत्मसाथ गर्दै काम गरिरहेको छ ।
सम्पूर्ण पाठ
कम पाठ